2026-10-15 12:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इपीएस भीषा नीतिमा कडाई गर्ने कोरियाको तयारी, नेपाली कामदार प्रभावित हुने


साउन १९, दक्षिण कोरिया । कोरिया  कोरिया सरकारले रोजगार अनुमति प्रणाली (इपीएस)को भीषामा कडा पार्ने तयारी गरेको छ।

 विदेशी कामदार कटौती गर्ने रणनीति अनुरुप सरकारले नयाँ नीति र नियममार्फत भीषामा कडाई गर्न लागेको हो । नयाँ नियम अनुसार गैरव्यावसायिक अर्थात कामदारको भीषा अवधि एक पटक भन्दा बढी थप हुने छैन्। चार वर्ष दश महिनाको भीषा अवधि पछि इ नाईन भीषाका विदेशी कामदारले एक पटक भीषा थप्न पाउने नियम रहेको छ।

कानुन मन्त्रालयले रोजगार मन्त्रालय र मजदुर युनियनसँग समन्वय र छलफल गरेर नयाँ नियम ल्याउने तयारी गरेको यहाँका स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।

अहिलेको नियम अनुसार इ नाईन भीषामा आएका विदेशी कामदार कोरियामा चार वर्ष दश महिना बसेर काम गदै आएका छन्। भीषा अवधि सकिएपछि उनीहरु स्वदेश फिर्ता वा अर्को भाषा परीक्षा दिनुपर्ने हुन्छ।

कोरियन क्षमता परिक्षा उत्तिर्ण भएमा फेरि चार वर्ष दश महिनाको भीषा नविकरण हुन्छ। नयाँ नीतिले दुई पटक भन्दा बढि कोरिया वसाई र कोरियामा रोजगारी गर्ने विदेशीको चाहनालाई बन्देज गर्ने छ।

कोरियामा इपीएस भीषा प्राप्त गर्न कोरिया भाषा परीक्षा लगायत विभिन्न परीक्षणमा सफल भएमा सकिने प्रावधान छ। जस अन्तर्गत उमेर हदबन्दी भन्दा कम उमेरका विदेशी कामदार एक पटकको भीषा अवधि सकिएपछि पनि भाषा परीक्षा उत्तिर्ण गरेर पटक पटक कोरियामा काम गर्न आउन सक्ने प्रावधान रहेको छ।

यसैगरी अधिकारीहरुले उमेर हदबन्दी ननाघेका इपिएस कामदार पुनः कामका लागि कोरिया आउन रोक्ने नीतिले मानव अधिकार उल्लंघन हुन सक्छ कि भनेर त्यसबारे पनि आन्तरिक छलफल र परामर्शमा जुटेका छन्।

नयाँ नीतिले विदेशीलाई नौ वर्ष आठ महिना भन्दा बढि बसाईमा बन्देज गर्ने छ। सो अवधि भन्दा बढि बसेमा अवैधानिक हुने छ। नयाँ नीति जारी भएपछि नौ वर्ष आठ महिना भन्दा बढि कोरिया बसेर काम गरिरहेका विदेशी कामदार प्रभावित हुने छन्।

नीति जारीपछि ति कामदार स्वतः स्वदेश फिर्ता हुनुपर्ने छ या इ नाइन भीषा बाहेकका अन्य भीषाका लागि आवेदन दिनुपर्ने हुन्छ। 

नयाँ नीति जारी भएपछि इपिएस भाषा परिक्षा दिएर कोरियामा काम गरी फर्केर पुनः सिबिटि दिएर आएका सयौ नेपाली कामदार प्रभावित हुने छ । उमेर ३९ वर्ष ननाघेका तथा कम्पनीले उत्कृष्ट कामदारका रुपमा लिएर पुनः कामका लागि बोलाउन सक्ने सयौ नेपाली कामदार पुनः कोरिया आउनबाट बन्चित हुने छन् । 

सिविटि दिएर वा पिबीटी दिएर नौ वर्ष आठ महिना अवधि पुरा गरेका सयौ नेपाली अहिले पनि कोरियामा कार्यरत छन् । नियम कार्यन्वन आएपछि स्वतः उनीहरु स्वदेश फिर्ता हुनुपर्ने छ । कोरियामा सन् दुइ हजार आठमा इपिएस लागू भएयता पैतालीस हजार भन्दा बढि नेपाली यहाँ आइसकेका छन् । -अन्नपूर्ण अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित