2026-10-15 12:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

विदेशमा मृत्यु भएकाका छोराछोरीले छात्रवृत्ति पाउने

साउन २०, रुकुम । वैदेशिक रोजगारीका क्रममा विदेशमै ज्यान गुमाएका व्यक्तिका छोराछोरीले छात्रवृत्ति पाउने भएका छन् । श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयले त्यस्ता बालबालिकाका लागि छात्रबृत्ति रकम पठाएको छ । 

यहाँका १४ जना छात्रछात्रालाई छात्रवृत्तिबापत रु एक लाख १६ हजारको चेक जिल्ला शिक्षा कार्यालयमा आएको सूचना अधिकारी लालबहादुर घर्तीले बताउनुभयो । एकजना उच्च माध्यमिकमा पढ्ने र १३ जना १ देखि १० कक्षासम्म पढ्ने छात्रछात्रालई उक्त छात्रवृत्ति प्रदान गरिने उहाँले बताउनुभयो । 

सूचना अधिकारी घर्तीका अनुसार उच्च शिक्षा पढ्नेले रु १२ हजार नगद छात्रवृत्ति पाउनेछन् भने अरू १३ जनाले रु आठ हजारका दरले छात्रवृत्ति पाउनेछन् । छात्रवृत्ति पाउनेमा १० छात्रा छन् भने चार छात्र रहेको बताइएको छ । 

छात्रवृत्ति पाउने सबै रोजगारीका क्रममा विदेश गएर उतै मृत्यु भएकाका छोराछोरी हुन् । छात्रवृत्ति पाउने विद्यार्थीको नाम संकलन लगायतका निर्णय भइसकेकाले अबको केही दिनमा छात्रवृत्ति प्रदान गरिने शिक्षा कार्यालयले बताएको छ । 

यसरी वैदेशिक रोजगारीको सिलसिलामा तेस्रो मुलकमा गएर मृत्यु भएकाका छोराछोरीलाई छात्रवृत्ति आएको यो पहिलो पटक भएको घर्तीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित