2026-10-15 12:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुवईमा ट्रक चालकका लागि कडा ट्राफिक नियम लागु

भदौ २, काठमाडौँ ।  दुवईमा ट्रक चालकका लागि नयाँ ट्राफिक नियम लागु भएको छ । 

गत असार १७ गतेबाट ट्रक चलाकका लागि कडा ट्रफिक नियम लागु भएको हो । ट्रक दुर्घनाका कारण वर्षेनी धेरैको ज्यान गएको भन्दै कडा कारवाहीको नियम ल्याइएको दुवई प्रहरीले जनाएको छ । गएको वर्ष दुवईमा ट्रकका कारण भएको दुर्घटनामा ४६ जनाको ज्यान गएको थियो । 

दुवईको संघीय ट्राफिक परिषदका अनुसार नयाँ ट्राफिक नियमले ट्रक चालकका लागि पहिलेको कारवाहीमा पाँच वटा कारवाही थपेको अन्तराष्ट्रिय संचारमध्यमले जनाएका छन् । 

१. हेभी गाडीका कारण नागरिकको जनजीवनमा प्रभाव पारेमा वा उनीहरुको सम्पत्तिको नोक्सान भएमा ट्रक चालकलाई तीन हजार दिर्हाम अर्थात झण्डै ८४ हजार रुपैयाँ जरिवाना र एक वर्षसम्म सवारी चालक अनुमती पत्र निलम्बन हुने छ ।

२. सडक बत्तिले गरेको संकेत पालना नगरेमा तीन हजार दिर्हाम अर्थात झण्डै ८४ हजार रुपैयाँ जरिवाना र एक वर्षसम्म सवारी चालक अनुमती पत्र निलम्बन हुने छ ।

३. ‘ओभरटेक’ गरेमा तीन हजार दिर्हाम अर्थात झण्डै ८४ हजार रुपैयाँ जरिवाना र एक वर्ष वर्षसम्म सवारी चालक अनुमती पत्र निलम्बन हुने छ ।

४. सडक लेनको पालना नगरेमा १५ सय दिर्हाम अर्थात झण्डै ४२ हजार रुपैयाँ जरिवाना र सवारी चालक अनुमती पत्रमा १२ वटा कालो दाग लगाइने छ ।

५. क्षमता भन्दा बढी सामान बोकेका ट्रक चलाएमा वा त्यसका कारण अरुलाई असर परेमा दुई हजार दिर्हाम अर्थात झण्डै ५६ हजार रुपैयाँ जरिवाना र छ वटा दाग लगाइने छ ।

त्यस्तै, एक राज्यमा ट्राफिक नियम उल्लङ्घ गरे अर्को राज्यको प्रहरीले पनि कारवाही गर्न सक्ने कानुन लागु भएको गल्फ न्युजले उल्लेख गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित