2026-10-15 01:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वीडेनमा नेपाली कामदार १० हजारमा पठाऊ भन्ने मन्त्रीको दिमाग चेक गर्नुपर्छ…

भदौ २, काठमाडौँ | बैदेशिक रोजगार ब्यबसायी संघका नव निर्वाचित अध्यक्ष रोहन गुरुङ्गले सामाजिक संजालमा श्रम मन्त्री फर्मुल्लाह मन्सुरलाई इंगित गर्दै चर्को अलोचना गरेका छन् ।

गुरुङले पछिल्लो स्टाटसमा मन्त्री मन्सुरप्रति इंगित गर्दै लेखेका छन – ‘स्वीडेनमा दश हजार लिएर कामदार पठाऊ भन्ने निर्णय गर्ने मन्त्रिको दिमाग चेक गर्नु पर्छ।’

हेर्नुहोस् गुरुङको स्टाटस जस्ताको तस्तै : 

युरोपेली मुलुकमा नेपाली कामदारलाई पठाउन म्यानपावर कम्पनीहरूले अधिकतम् सेवा शुल्क १० हजार मात्र लिन पाउने श्रम तथा रोजगार मन्त्री फर्मुल्लाह मन्सुरले बताएका थिए । मन्त्री मन्सुरले १० हजार मात्र तोकिसकेकाले यदि कोही म्यानपावर कम्पनीलाई त्यसरी काम गर्दा घाटा लाग्छ भने म्यानपावर व्यवसाय नै छाड्न सुझाव दिएका थिए । 

मन्त्री मन्सुरले तोकिएको मुलुकमा अधिकतम् १० हजार रूपैयाँभन्दा बढी रकम असुलेर वैदेशिक रोजगारीमा पठाएको प्रमाण भटिए जो सुकैलाई पनि आफूले कारबाही गरिछाड्ने बताएका थिए । संघका अध्यक्ष गुरुङको पछिल्लो स्टाटस मन्त्रीको सोहि अभिव्यक्तिसँग लक्षित छ । गुरुङले मासिक २ लाख १३ हजार तलब दिने प्रतिबद्धतासहित नेपाली कामदारको माग आए पनि सेवा शुल्कको नाममा सरकारले अड्काएर राखेको आरोप लगाएका छन  अध्यक्ष गुरुङले निजी लगानीमा बजार प्रबद्र्धन, कार्यालय भाडा, कर्मचारी तलब भत्तालगायत खर्च गरी माग पत्र प्राप्त गर्ने हुँदा १० हजार रूपैयाँ सेवा शुल्क अपर्याप्त भएको बताउँदै आएका छन् । 

गुरुङले मन्त्री भएर जिम्मेबार नभएको भन्दै १० हजारमा स्वीडेन पठाउँदा ब्यावसायिलाई फाईदा छैन भने स्वीडेन नपठाए हुन्छ भन्नु गैरजिम्मेवारपूर्ण भएको बताए । उनले मन्त्री मन्सुरलाई प्रश्न गरेका छन् – ‘कुनै जिम्मेबारी छैन, बेरोजगार नागरिक र ब्यवसायी प्रति ?? सिमा नाघेपछि संयमता टुढ्दै जाने रहेछ।’ 

माथिको तश्विरमा: बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित