2026-10-15 01:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब बैदेसिक रोजगारीमा गएको व्यक्तिले मेडिकल फेल भएमा यस्तो सुबिधा पाउने

भदौ ३, काठमाडौँ | बैदेशिक रोजगारीको संसोधित नियम अनुसार अब स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराई वैदेशिक रोजगारमा गएको कामदार स्वास्थ्यको कारणबाट अयोग्य भई स्वदेश फर्कनु परेमा नियम बमोजिमका कागजातहरु सहित वैदेशिक रोजगारमा जाँदा र आउँदा लागेको खर्च फिर्ता पाउनेछ ।

त्यसरी फिर्ता लिनको लागि स्वदेश फिर्ता भएको मितिले ३५ दिन भित्र मन्त्रालयमा (बैदेशिक रोजगार प्रवद्र्धन बोर्ड मार्फत) निवेदन दिनु पर्नेछ । गन्तव्य देशमा गरेको स्वास्थ्य परीक्षण नेपालमा सूचिकृत स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गरेको ९० दिनभित्र गराएको हुनुपर्नेछ ।  

नियम बमोजिम परेको निवेदन जाँचबुझ गर्दा कुनै स्वास्थ्य संस्थाले गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिएको ठहरेमा विशेषज्ञ समितिले सो व्यहोराको सिफारिस मन्त्रालयमा पठाउने छ । प्राप्त सिफारिस अनुसार मन्त्रालयले सम्वन्धित कामदारको वैदेशिक रोजगारमा जाँदा र फिर्ता आँउदा लागेको खर्च १५ दिन भित्र उपलब्ध गराउन सम्वन्धित स्वास्थ्य संस्थालाई निर्देशन दिनेछ ।

जाँदा र आउँदाको खर्च भन्नाले स्वास्थ्य परीक्षण शुल्क, भिसा शुल्क, विदेश जाँदा र विदेशबाट फर्किंदाको हवाइ टिकट वापतको रकम, निःशुल्क भिसा र टिकट लागुभएको मुलुकको हकमा नेपाल सरकारले तोकेको सेवा शुल्क र निःशुल्क भिसा र टिकट लागू नभएको मुलुकको हकमा नेपाल सरकारले तोके बमोजिमको हदसम्म कामदारले तिरेको रकम हो ।

मन्त्रालयबाट लेखी आएमा स्वास्थ्य संस्थाले १५ दिन भित्र त्यस्तो खर्च रकम उपलब्ध गराउनुपर्छ । यदि उपलब्ध नगराएमा कामदारले पूनः मन्त्रालयमा निवेदन दिन सक्नेछन् । निवेदन जाँचबुझ गर्दा मनासिव देखिएमा मन्त्रालयले सो स्वास्थ्य संस्थाले जम्मा गरेको धरौटीबाट वैदेशिक रोजगारमा गएको कामदारलाई त्यस्तो खर्च भराइदिन बैदेशिक रोजगार विभागमा निर्देशन दिनेछ । यसरी खर्च भराइदिन विभागमा लेखी आएमा विभागले सम्वन्धीत स्वास्थ्य संस्थाको धरौटीबाट पीडितलाई रकम उपलब्ध गराउनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित