तिलकबहादुर कुमाल | हालै विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ । सन् २००२ अगस्त १२ देखि संयुक्त राष्ट्र सङ्घको आयोजनामा यो दिवस मनाउने गरिएको छ । बाल र वृद्धावस्था"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... तिलकबहादुर कुमाल | हालै विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ । सन् २००२ अगस्त १२ देखि संयुक्त राष्ट्र सङ्घको आयोजनामा यो दिवस मनाउने गरिएको छ । बाल र वृद्धावस्था"/>
2026-10-15 01:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवालाई किन विदेश पलायन हुन दिने ?

तिलकबहादुर कुमाल | हालै विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ । सन् २००२ अगस्त १२ देखि संयुक्त राष्ट्र सङ्घको आयोजनामा यो दिवस मनाउने गरिएको छ । बाल र वृद्धावस्थाको तुलनामा युवावस्थामा स्मृति, चिन्तन, तर्क, व्याख्या, विश्लेषण र समालोचना आदि पक्षको तीव्र विकास र परिपक्वतातर्फ उन्मुख हुने गर्छ । मुलुकको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको संवाहक एवं जनसङ्ख्याको सर्वाधिक सक्रिय, ऊर्जावान एवं गतिशील समूह भएकोले युवाको सङ्ख्यात्मक र गुणात्मक विकास र दक्षताबाट विकसित देश र्ननिर्माण ग सकिन्छ भन्नेमा दुई मत नहोला ।

युवा अवस्थालाई विभिन्न मुलुकले विभिन्न तरिकाले परिभाषित गरेको पाइन्छ । अधिकांश मुलुकमा १५ देखि ३५ वर्षको उमेर समूहलाई युवा मानिएको पाइन्छ भने संयुक्त राष्ट्रसङ्घ र विश्व बैङ्कजस्ता अन्तर्राष्ट्रिय संस्थाले १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मानेको छ । नेपालमा राजनीतिक पार्टी र सामाजिक सङ्घ संस्थाले आआफ्नो अनुकूलतामा युवालाई परिभाषित गरेको पाइन्छ । राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्ष उमेर समूह निर्धारण गरेको छ । नेपालको जनगणना २०६८ अनुसार कुल जनसङ्ख्याको ४०.३५ प्रतिशत युवाको रहेको छ ।

देशका जनशक्ति, पविर्तनका संवाहक र उत्प्रेरक युवा जमात हुन् यो यथार्थ हो । युवालाई दक्ष र आत्मनिर्भर बनाउन राज्यको योजना र भूमिका के हुने भन्ने प्रश्न गहन छ । राष्ट्रप्रति युवाको दायित्व के हुने ? संसारका मुलुकले युवाको अन्तरनिहित प्रतिभालाई पहिचान गरी प्रस्फुटन गराई सीप, प्रविधि र व्यवसायमूलक शिक्षा नीति लागू गरेकै कारण विकसित मुलुक बन्नसके । नेपाल जलस्रोत, संस्कृति र प्रकृतिका अनुपम सम्पदाको भण्डार भइकन पनि किन पछाडि प¥यौँ ? हो युवामा इच्छाशक्ति, साहस र अवसरको कमी भएकै हो भने सोको अभाव परिपूर्ति गरी अवसर सिर्जना गर्ने राज्यको दायित्व हो । देशको विकास निर्माणमा युवाको परिचालन गर्न, गराउन राज्यबाट समुचित पहलकदमी प्रभावकारी हुन नसकेको यथार्थलाई नकार्न सकिँदैन ।

सीपमूलक, प्राविधिक, वैज्ञानिक शिक्षा प्रणाली अवलम्बन नभएकै कारण किताबी र सैद्धान्तिक ज्ञानको किरामात्र भएर देश सुहाउँदो शिक्षा पाप्त हुँदैन र व्यावहारिक र व्यावसायिक शिक्षा प्रणालीबाट मात्र सिर्जनशील र उद्यमी युवा उत्पादन हुन्छन् भन्ने पाठ सिकेका छौँ ।

स्वदेशमा स्वरोजगार र आत्मनिर्भर हुन नसक्नु मुलुकको वर्तमान र भविष्यको दुर्भाग्यपूर्ण विषय हो । बेरोजगारी र गरिबीको चपेटामा वैदेशिक रोजगारीमा पलायन भएका दक्ष, अर्धदक्ष, अदक्ष तथा शिक्षित युवालाई स्वदेशमा फर्काएर विदेशको प्रविधि, सीप शैलीलाई नेपालको विकासमा उपयोग गर्नुपर्छ । यो असम्भव कार्य होइन केवल राज्य र युवाको इच्छाशक्ति र योजनाको सफल कार्यान्वयनको मात्र खाँचो छ । स्वदेशमा कामको अवसर र वातावरण नहुनु, उद्यम वा व्यवसाय सञ्चालनमा जोखिम र कठिनाइको भय भई लगानी गर्नसमेत पाटा र बाटाको अभावमा बाध्य भएर विभिन्न बहानामा लाखौँ युवा विदेशिदा गाउँ बस्तीमा भइपरी, मलामी, मर्दापर्दा र मलिलो भूमि बाँझिएको अवस्था कटु यथार्थ हो । यतिमात्र होइन विदेशिएको युवा सकुशल स्वदेश फिर्ने नफिर्ने कुनै टुङ्गो छैन दैनिक विमानस्थलमा लाश भित्रिने क्रम बढ्दो छ ।

दिगो विकासका निम्ति कृषिको आधुनिकीकरण, पशुपालन, प्राकृतिक सम्पदा र कच्चा पदार्थको संरक्षण र सदुपयोग, संस्कृति र सांस्कृतिक सम्पदाको संरक्षण, प्रचार र विकास गरी पर्यटन व्यवसायको स्थापना, विकास र विस्तार गर्ने र खानी उत्खनन र अनुसन्धान एवं जडीबुटी सङ्कलन र प्रशोधन उद्यम र व्यवसाय सञ्चालन देशको भूगोल, जलविद्युत्को उत्पादन एवं सिँचाइको पर्याप्तता, स्थानीय परिवेशमा उपलब्ध कच्चा पदार्थ र युवाको सीपको मूल्याङ्कन गरि उद्योग र कलकारखानाको स्थापना र स्वदेशी वस्तुको उत्पादन र उपभोग बढाउन सके युवा शक्तिले विदेशिनु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनेथियो ।

मुलुकमा स्थानीय तहको निर्वाचन सम्पन्न हुने प्रक्रिया अन्तिम चरणमा छ । युवालाई सक्षम, स्वस्थ, अनुशासित र गतिशील बनाउन खेलकुदलाई व्यवस्थित र सामाजिकीकरण गर्दै उचित साधनस्रोतबाट अन्तर्राष्ट्रिय जगत्मा प्रतिस्पर्धी र सक्षम बनाउने र वृत्ति विकासमा योजनागत नीतिको कार्यान्वयन सम्बन्धित निकायले गर्नु उत्तम हुन्छ । साथै लागूऔषध र दूव्र्यसनबाट मुक्त समाजका लागि मुलुकमा स्थिर सरकार, सुशासन र रोजगारको क्षेत्रमा राज्यलगायत राजनीतिक दल नेता र समाजको सक्रिय योगदान तीव्र विकास हुनेमा शङ्का छैन ।  गोरखापत्र बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित