2026-10-15 01:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हजार सपना बोकेर मलेसिया पुगेका मानसिङको मानसिक सन्तुलन गुमेपछि…

भदौ १७, जुम्ला । यसअघि पैसा कमाउन उनी भारतमै जान्थे । गरिब परिवारको जीवनलाई त्यहाँको कमाइले कहिल्यै पुगेन ।

कठिन संघर्षका साथ १२ कक्षामा पढ्दै गरेका मानसिङ सुनारको थोरै पैसा भए पनि स्वदेशमै रोजगारी गर्ने इच्छा थियो तर त्यस्तो नोकरी कतै मिलेन । बेरोजगार बसेर घर नचल्ने भएकाले उनलाई पुनः विदेशिनुको विकल्प थिएन ।

 सधैं भारत जाँदा प्रगति नभएकाले खाडी मुलुकमा गएका साथीहरुले केही पैसा जोहो गरेको प्रति उनको मोह बढ्यो । उनले स्थलमार्गको यात्रा गरेर भारतका गल्लीमा पसिना चुहाउनुभन्दा हवाई मार्गको यात्रासँगै दुःख गरेर भए पनि खाडी मुलुकमा जाने र केही कमाउने सपना बुने । कसैको काम गरेर सामान्य आम्दानी गर्ने उनीसँग भने विदेश जाने मोटो रकम थिएन ।

यसअघि घरमा उनकी श्रीमती सपनाको मानसिक सन्तुलन गुमेको थियो । उनलाई ठीक ठाउँमा ल्याउन ऋणको जोहो गर्नुपर्यो । झण्डै रु एक लाख २५ हजार खर्च गरेर श्रीमतीलाई निको पारेका उनले ऋणको साँवा र ब्याज चुक्ता गर्न विदेश जानुपर्ने नै थियो ।

खेतबारीको उत्पादनले तीन महिना जीवन निर्वाह गर्न धौधौ हुने उनको परिवारका लागि राहदानी बनाउनदेखि काठमाडौँ भएर विदेश जानु पहाड ढाल्नु जत्तिकै थियो । 

तथापि निकै हारगुहार गरी दुई महिना लगाएर सयकडा रु चार–पाँच ब्याज दिनेगरी रु एक लाख ५० हजार ऋण प्राप्त गरी जस्मिन ओभरसिज प्रालि वसुन्धरा काठमाडौंमार्फत गत साउन १७ गते उडान भरेका उनी १८ गते मलेसिया पुगे । दुर्भाग्य, पुगेको पाँच दिनपछि नै उनको मानसिक सन्तुलन गुम्यो ।

झण्डै एक महिनादेखि मानसिक रोगका बिरामी सुनार तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँ निवासी हुन् । उनी बेसहारा अवस्थामा रहेको उनीसँगै मलेसिया पुगेका छिमेकी दाइ अमृत सुनारले जानकारी दिए । ‘एक्कासि दिमागले काम नगरेपछि कम्पनीले उसलाई उपचारका लागि लगेको थियो । त्यसपछि कहाँ के भएको छ भन्ने मलाई थाहा छैन’, उनले भने ।

पहिलो पटक आएको र भाषाको पनि ज्ञान नभएकाले आफूलाई पनि निकै गाह्रो भएको उनको भनाइ छ । सुनारको स्वास्थ्य अवस्थाका विषयमा घरपरिवारका सदस्य अहिले गम्भीर चिन्तामा छन् । 

सुनारलाई फिर्ता गर्न भनेर काडमाडौँमा पुगेका उनका दाइ तुल्बिर तनावमा भौँतारिरहेका छन् । निरक्षर भएकाले कहाँ के गर्ने भन्ने कुनै कुरा उनलाई थाहा छैन । उनी ऋण काढेर विदेश पठाइएका भाइलाई स्वदेश फिर्ता गर्ने ऋण पाउन गाह्रो भएको दुःख पोख्छन् ।

‘भाइलाई म्यानपावरले फिर्ता गरिदिने भनेपछि काठमाडौं आइयो तर भाइ आउने अत्तोपत्तो छैन’, उनले भने । म्यानपावरका अनुसार दुई पटक ल्याउन भनेर टिकट पठाइएको तर भाइ आउन नमानेको उनको भनाइ छ । 

भाइ नेपाल आउँछ कि भन्ने आशामा आइतबारसम्म काठमाडौंमा बस्ने उनले बताएका छन् । जस्मिन ओभरसिज प्रालिका प्रमुख नवराज भट्टले फोनमा कुरा गर्दै मलेसियाको रोयका इलोक्ट्रोनिक्स कम्पनीसँग तीन वर्षको सम्झौतामा मानसिङ र अमृत सुनारलाई पठाइएको जनाए । ‘पठाएको दिनबाटै मानसिङको सन्तुलन गुम्यो र कम्पनीले १५ दिनजति उपचार गर्दा १० हजार रिंगेट (करिब नेपाली रु तीन लाख) खर्च भएको छ’, उनले भने ।

सुनारका दाइ तुल्बिरले भाइलाई नेपाल फर्काइदिन गरेको आग्रहमा पहिलो पटक रु २५ हजार ८०० र दोस्रो पटक रु २४ हजार टिकट पठाउँदा पनि प्लेन चढाउन नसकिएकाले उनलाई नेपाल ल्याउन नसकिएको सो कम्पनीका प्रमुख भट्टले बताए ।

उनले अहिलेसम्म सुनारका लागि रु तीन लाख ५० हजार खर्च भइसकेको र अब केही गर्न नसक्ने बताएका छन् ।

पीडित परिवारले भने सुनारलाई नेपाल ल्याइदिन र उनको जीवन बचाइदिन भन्दै सरकारसँग सहयोग याचनाका लागि सञ्चारमाध्यमलाई आवाज बन्दिन अनुरोध गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित