भदौ १८, काठमाडौं । बैदेशिक रोजगारीमा जाने व्यक्तिसँग तोकिएभन्दा बढी शुल्क उठाउँदै गर्दा सिनामंगलस्थित सिद्धग्लोबल म्यानपावरका कर्मचारी भीष्म अधिकारी वैदेशिक रोजग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, काठमाडौं । बैदेशिक रोजगारीमा जाने व्यक्तिसँग तोकिएभन्दा बढी शुल्क उठाउँदै गर्दा सिनामंगलस्थित सिद्धग्लोबल म्यानपावरका कर्मचारी भीष्म अधिकारी वैदेशिक रोजग"/>
2026-10-15 01:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया जान लागेका कामदारसँग चर्को रकम उठाउदै गर्दा बिभागको छापा

भदौ १८, काठमाडौं । बैदेशिक रोजगारीमा जाने व्यक्तिसँग तोकिएभन्दा बढी शुल्क उठाउँदै गर्दा सिनामंगलस्थित सिद्धग्लोबल म्यानपावरका कर्मचारी भीष्म अधिकारी वैदेशिक रोजगार विभागको फन्दामा परेका छन् । 

बैदेशिक रोजगार विभागले सिद्धग्लोबल म्यानपावरमा छापा मार्ने क्रममा त्यहाँका कर्मचारी भीष्म अधिकारीले मलेसिया जान लागेका दुई जना कामदारसँग १ लाख ६० हजार रुपैयाँ उठाउँदै गरेको रंगेहात फेला पारेपछी पक्राउ गरिएको हो । पक्राउ परेका अधिकारीले दुई जना नेपाली कामदारसँग प्रतिव्यक्ति ८० हजार रुपैयाँ लिँदै गर्दा रंगेहात समातिएका हुन् । मलेसिया जान लागेका ती कामदारले यसअघि पनि म्यानपावरलाई २०/२० हजार बुझाइसकेको बताएका छन् । 

बढी पैसा अशुलेको रंगेहात फेला परेपछि बिभागले तत्काल उक्त म्यानपावरको सम्पूर्ण कारोबार रोक्का समेत गरेको छ ।

के भन्छन् संचालक ? 

रंगेहात पक्राउ परेका भीष्म अधिकारीले म्यानपावर कार्यालय भित्रैबाट कामदारसँग १ लाख ६० हजार रकम अशुल गरेका थिए | तर यस बिषयमा साझा सबाल डट कमले म्यानपावरका संचालक शंकर प्रसाद आचार्यसँग कुरा गर्दा उनले पक्राउ परेका अधिकारीले २ महिना अघिनै कार्यलय छाडेको बताएका छन् । ‘कार्यालय छाडेको व्यक्तिले कसरी कार्यालयबाटै पैसा अशुल्न सक्छ ?’ भन्ने हाम्रो प्रश्नमा संचालक आचार्यले अगाडीकै लेनदेन भएको भन्दै आफ्नो म्यानपावरलाई चोख्याउने प्रयास समेत गरेका छन् । 

यसरी बैदेशिक रोजगार बिभागको सक्रियतामा भएको अप्रेसनको घटना औंलामा गनिन सक्नेजति नै छ । बैदेशिक रोजगार बिभागको फन्दामा परेको सिद्धग्लोबल मात्र नभई अधिकांश म्यानपावरले कामदारसँग सरकारी नीतिभन्दा बढी पैसा अशुल्छ भन्ने बिभागकै अधिकारीहरु स्वीकार गर्छन् । तर जब म्यानपावरमा गएर कुनै घटना ठोक्किन्छ तब बिभिन्न बहाना गर्दै म्यानपावरले पैसाको बलमा घटना सामसुम बनाउने गरिएको छ ।

सरकारले ६ खाडी मुलुक सहित मलेसियामा नि:शुल्क भिषा तथा टिकटको ब्यबस्था गरेपनि अधिकांश म्यानपावर कम्पनीले चर्को रकम अशुली गर्दै आएको छर्लंग छ । त्यसो त अधिकांश म्यानपावरले सेक्युरिटी गार्ड पदमा सबैभन्दा बढी रकम अशुल गर्दै आएको छ । सेक्युरिटी गार्डमा तलब अनुसार २ लाख देखि ८ लाखसम्म लिने गरिएको छ भने अन्य पदमा जाने नेपालीहरुलाई समेत तलब हेरी पैसा अशुल्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित