2026-10-15 01:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेत पुगेकी छोरी पाँच वर्षदेखि सम्पर्कविहीन, आमा फोटो देखाउँदै धुरुधुरु रुन्छिन

भदौ २१, काठमाडौँ । रोजगारीको सिलसिलामा ६ वर्षअघि कुवेत पुगेकी सिन्धुपाल्चोककी एक युवती पाँच वर्षदेखि सम्पर्कविहीन भएकी छिन् ।

चौतारा साँगाचोकगढी नगरपालिका कुभिण्डेकी डोल्मा तामाङलाई २०६८ सालमा दलालले राम्रो काम र पैसा पाउने प्रलोभन देखाउँदै कुवेत पुर्‍याएका थिए । गएको एक वर्षसम्म परिवारको सम्पर्कमा रहेकी उनी पाँच वर्षदेखि कुनै सम्पर्कमा छैनन् । डोल्माकी आमा छेकु तामाङले भन्नुभयो, “गएको एक वर्षसम्म सम्पर्कमै थिई, गएपछि तीन/चारचोटि फोन गरेकी थिई । एक्कासि पाँच वर्षअघि देखि फोन गर्न छोडी ।”

फोन गर्दा डोल्माले कुवेतमा आफूले घरको काम गर्ने र काम राम्रै रहेको परिवारका सदस्यलाई बताएकी थिइन् । छोरीले विदेशबाट कमाएर पठाउली भन्ने आशामा आमाबुबाले कलिलै उमेरमा उनलाई विदेश पठाएका थिए । डोल्मा जाँदा १७ वर्षकी मात्रै भए पनि नागरिकतामा उमेर बढाएर घरका सदस्यले पठाएका थिए ।

त्यसबेला ४५ हजार खर्च गरेर छोरीलाई पठाएको आमा छेकुले जानकारी दिनुभयो । छोरी गएको तीन महिनापछि १५ हजार पठाएको तर त्यसपछि कुनै रकम पनि नपठाएको उहाँले बताउनुभयो ।

सिन्धुपाल्चोक, पाँचखर्कको कर्मा लामा र बतासेका प्रकाश लामाले डोल्मालाई कुवेत पठाउन भूमिका खेलेका थिए । अहिले डोल्माबारे सोध्दा उनीहरुले आफूलाई थाहा नभएको भन्दै टार्ने गरेका छन् । आमा छेकुले भन्नुभयो, “शुरुशुरुमा चुप लागेर बस आइहाल्छे भने, त्यसपछि एक महिना कुर, दुई महिना कुर भन्दै पाँच वर्ष बिताइसकेँ ।”

यसबारे आरोपी कर्मा लामासँग प्रश्न गर्दा उहाँले डोल्मालाई कुवेत पठाएको स्वीकार गरे । आफूले घरमा काम गर्न पठाएको कुवेतको सो घरबाट डोल्मा भागेर अन्तै गएकाले उनीबारे अहिले कुनै जानकारी नभएको कर्माको भनाइ छ । कर्माले मेनपावरबाट नभई व्यक्तिगत रुपमा डोल्मालाई कुवेत पठाएको बताए ।

छेकुका एक छोरी डोल्मा र दुई छोरा छन् । दुई छोरामध्ये एकजना कक्षा १० र अर्को कक्षा ८ मा पढ्दै छन् । बेखबर रहेकी डोल्माले कक्षा ६ सम्म मात्रै अध्ययन गर्नुभएको छ ।

छोरी सम्पर्कविहीन भएपछि छेकुका धेरै दिन रुँदारुँदै बितेका छन् । हातमा पासपोर्ट साइजको छोरीको तस्बिर देखाउँदै आँखाबाट आँसु झार्दै उहाँले भन्नुभयो, “मेरो छोरी कहाँ छे खोज्दिनुपर्‍यो हजुर, कहाँ जाने खोज्न मलाई केही थाहा छैन ।” छोरी बेखबर भएको बारे अहिलेसम्म पनि प्रहरीमा उजुरी नगरेको उहाँले जानकारी दिनुभयो ।

श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको सामी परियोजना, सिन्धुपाल्चोककी प्रतिनिधि रीना श्रेष्ठले सिन्धुपाल्चोकबाट वैदेशिक रोजगारीमा गएका सम्पर्कविहीन हुनेको सङ्ख्या पछिल्लो वर्षमा बढ्दै गएको जानकारी दिनुभयो । 

उहाँले गत आव २०७३/७४ मा मात्रै आफूहरुले सञ्चालन गरेको सूचना केन्द्रमा चारजना सम्पर्कविहीन भएको भनी उनीहरुको परिवारका सदस्यले निवेदन दिएको जानकारी दिनुभयो । यसरी सम्पर्कविहीन हुनेमा दुई महिला र दुई पुरुष रहेका छन् । किरण भट्टराई/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित