2026-10-05 03:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

श्रम स्वीकृति दिने नाममा नेपालमै फेरि अनधिकृत भाषा परीक्षा दिन बाध्य किन पारिदै छ : सांसद गौतम

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले परीक्षा पास गरिसकेका विद्यार्थीहरूलाई अनधिकृत भाषा परीक्षा दिन बाध्य पारिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद गौतमले जापान जाने विद्यार्थीले भिसा पाइसकेको अवस्थामा पनि परीक्षा दिन लगाइएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएकी हुन्।

‘म आज जापानको भिसा पाइसकेका नेपाली प्रशिक्षार्थी कामदारहरूलाई श्रम स्वीकृति दिने नाममा नेपालमै फेरि अनधिकृत भाषा परीक्षा दिन बाध्य पारिने घटनासँग जोडिएको सिन्डिकेट बारेमा ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनिन्, ‘जान नामक संस्थामार्फत विगत १५ वर्षदेखि चलिरहेको सिन्डिकेटको विभिन्न तथ्य उजागर भएको छ। यो विषयमा पटक–पटक वैदेशिक रोजगार व्यवसायीहरू, उपभोक्ता अधिकारवादी र मिडियाका तर्फबाट सरकारको ध्यानाकर्षण गराइए पनि सुनुवाइ सुधार केही भएन।’

अधिकारवादीहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरिसकेको बताउँदै उनले नेपाली विद्यार्थीमाथि गरिएको ठगी नियन्त्रण सरकारले गर्नुपर्ने बताइन्।

 

‘हाम्रा युवा भिसा लिएर पनि विदेश जान पाएका छैनन्। ठूलो लगानी गरेर भाषा पास गरेका, सीओई पाएका, तर फेरि नेपालमै रोकिएर अनावश्यक परीक्षा दिन बाध्य ती युवाहरू अहिले हतास, निराश र आक्रोशित छन्,’ उनले थपिन्, ‘उनीहरूको आत्मबल कमजोर बनाइएको छ, भविष्यमाथि प्रश्न उठाइएको छ। हजारौँ युवाको रोजगार सपनासँग जोडिएको यो विषयमा सरकार टुलटुल हेरेर चुप रहन मिल्दैन।/’

उनले यो अनधिकृत सिन्डकेट तुरुन्तै खारेज गर्न र यसमा संलग्नहरूमाथि कारबाही गर्न माग गरेकी छन्। सांसद गौतमले वैदेशिक रोजगार प्रक्रिया पारदर्शी, प्रभावकारी र युवामैत्री बनाउन पनि माग गरिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ