2026-10-15 01:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट घर फर्किँदा कति इन्चको टिभी ल्याउँदा कति तिर्नुपर्छ ? अरु के-के सामानमा भन्सार लाग्दैन ?

काठमाडौँ | बैदेशिक रोजगारीमा गई घर फर्कँदा विदेशबाट टिभी ल्याउन सस्तो पर्छ । त्यसमा पनि खुसिको कुरा ३२ इन्चसम्मको टिभी ल्याउँदा सरकारले भन्सारमा समेत छुट दिएको छ । 

यदी तपाइँ पनि विदेशबाट नेपाल फर्किँदा टेलिभिजन ल्याउने सोचमा हुनुहुन्छ भने इन्च अनुसार टिभीमा लाग्ने भन्सार महसुलबारे थाहा पाउनु राम्रो हुन्छ ।  सरकारले एलसिडी, एलइडी वा प्लाज्मा टेलिभिजनको छुट्टाछुट्टै भन्सार दर कायम गरेको कुरा पनि तपाइँलाई थाहा हुनु जरुरी छ । 

बैदेशिक रोजगारीमा गई एक बर्षपछि फर्कनेहरुले ३२ इन्चसम्मको टिभी विनाभन्सार ल्याउन पाउछन् । तर विदेश पढ्न वा घुम्न गएकाहरुको हकमा यो लागु हुँदैन । रोजगारीको लागि गएकाहरुलाई मात्र यो छुट दिईएको हो । ३२ इन्च भन्दा माथिको टिभी ल्याउँदा भने प्रति इन्च तोकिए अनुसारको भन्सार कर तिर्नु पर्ने हुन्छ  । 

बैदेशिक रोजगारीमा जानेहरुले ६५ इञ्चसम्मको टिभी ल्याउने गरेका छन् । विदेसबाट ल्याउँदा सस्तो पर्ने हुँदा बैदेशिक रोजगारीमा जानेहरुले टिभी ल्याउन इच्छुक हुन्छन । 

त्यस्तै ३२ इन्चभन्दा माथि ३९ इन्चसम्मको टीभी ल्याउँदा प्रति इञ्च ५०० रुपैयाँको दरले भन्सार बुझाउनुपर्छ । त्यस्तै ४० इन्चदेखि ४९ इन्चसम्मको टिभीमा प्रति इन्च ५५० रुपयाँ लाग्छ । त्यस्तै ५० इन्च भन्दा माथिको टिभी ल्याउँदा १२०० का दरले तिर्नुपर्ने हुन्छ । 

अझै स्पष्ट हुनुस् 

मानौँ तपाईँ एक बर्ष भन्दा बढी समय बैदेशिक रोजगारीमा गई नेपाल फर्कंदा ३२ इञ्चको टिभी ल्याउदै हुनुहुन्छ भने तपाइँले भन्सार तिर्नु पर्दैन । तर ३३ इन्चको टिभी ल्याउनु भएको खण्डमा भने ३३x५००=१६५०० भन्सार लाग्छ । यदी तपाइले ४२ इन्चको टिभी ल्याउनु भएको छ भने तपाइँले ४२x५५०=२३,१०० भन्सार तिर्नुपर्छ | यदी तपाइले ६५ इन्चकै टिभी ल्याउनुहुन्छ भने भन्सारमा ६५x१२००= ७८,००० तिर्नुपर्ने हुन्छ ।

नोट: माथिको रकममा थप ५६५/- भने भन्सार सेवा वापत तिर्नु पर्ने नियममा छ ।

अरु के-के सामानमा भन्सार लाग्दैन ? 

नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कंदा व्यक्तिगत प्रयोजनका लागि ल्याउने मालसामानमा भन्सार छुटको व्यस्था रहेको भन्सार कार्यालयले जनाएको छ । त्यसो त भन्सार ऐन २०६४ को दफा ९ को उपदफा ३ मा उल्लेख भए बमोजिम नेपालमा बसोबास गरेका नेपाली नागरिकले व्यक्तिगत प्रयोजनका लागि ल्याएका सामानहरुमा पूर्णरुपमा भन्सार छुटको व्यवस्था गरेको छ ।

व्यक्तिगत प्रयोगका लागि चाहिने लुगाफाटा, बिछ्यौना, घर गृहस्थीका पुराना सामानमा पूर्ण रुपमा भन्सार छुटको व्यस्था छ । त्यस्तै औषधि उपचारका लागि विदेश गएका नागरिकले आफ्नै प्रयोजनका लागि ल्याउने औषधी र शारीरिक रुपमा अशक्तहरुको सहाराको लागि ल्याइने ह्वील चियर लगायतका अन्य सामानमा पनि भन्सार लाग्दैन ।

सुन तथा सुनका गहना ५० ग्रामसम्म र चाँदीको गरगहना पाँचसय ग्रामसम्म तथा एक लाख नेपाली रुपैयाँ मूल्यसम्मको जहारत जडित गरगहनामा कुनै भन्सार शुल्क तिर्नु पर्दैन । 

यस्तै ट्यावलेट, ल्यापटप वा कम्प्यूटर, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर, मोबाइल फोन र पेन ड्राइभ १/१ थान ल्याउँदा कुनै भन्सार तिर्नु पर्दैन । त्यस्तै बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल १/१ थान ल्याउँदा पनि भन्सार तिर्नु पर्दैन ।

विदेशमा विभिन्न पेशा गर्ने व्यक्ति स्वदेश फर्कंदा ल्याएका व्यवसायिक सामानको पनि कुनै भन्सार शुल्क लाग्दैन । जस्तो कि डाक्टरका लागि ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद सम्बन्धी सामान फुटबल, भलिबल, ब्याडमिन्टन सेट, गायककारहरुका लागि बाजा, गितार, हार्मोनियम, तबला, जस्ता सामानहरु ल्याउँदा पनि भन्सार शुल्क लाग्दैन ।

यसैगरी सात किलोग्राम सम्मका नेपाल सरकारले कुनै अवैधानिक नठानेका खाद्यान्न ल्याउदा भन्सार लाग्दैन । मदिराको हकमा १.१५ लिटरसम्मको एक बोतल ल्याउन छुट हुन्छ ।  त्यसैले विदेशबाट नेपाल आउनु अघि आफुले ल्याउने सामानमा भन्सार लाग्ने नलाग्ने निश्चित भएर मात्र सामान खरिद गर्नुपर्छ नत्र नेपाल एअर्पोर्टमा आएर भन्सार तिर्नु पर्दा कतिपय समानको मूल्य नेपालमा भन्दा महँगो पर्न पनि सक्छ | साथै के सामान छिराउन पाइन्छ, के पाइन्न भन्ने बिषयमा पनि जानकारी लिदा राम्रो हुन्छ | कतिपय सामानहरु ब्याण्ड गरिएको पनि हुन सक्छ, त्यस्ता सामान नेपालमा मात्र नभई ट्रान्जिट पर्न सक्ने ठाउँमा समेत समातिन सक्ने हुन्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित