2026-10-15 01:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब म्यानपावरको धरौटी १ करोड ! आधाभन्दा बढी म्यानपावर बन्द हुनसक्ने

भदौ २७, काठमाडौँ । अब विदेशमा कामदार पठाउने म्यानपावरले धरौटी मात्र एक करोड तिर्नुपर्ने भएपछी म्यानपावर व्यवसायीमा हङ्गामा मच्चिएको छ ।

म्यानपावरको धरौटी रकम १ करोड रुपैयाँ पुर्याउने गरी वैदेशिक रोजगार ऐन २०६४ संशोधन मस्यौदा तयार पारिएपछी अधिकांश साना म्यानपावरहरु बन्द हुने स्थिति आउने भन्दैबिरोधमा उत्रिएका छन् । अब उक्त कुरा पारित भएमा सबै म्यानपावरले १ करोड धरौटी तिर्नुपर्नेछ । ‘धरौटी राख्न नसके म्यानपावर बन्द हुन्छ ।’ एक व्यवसायीले बताए ।

श्रम मन्त्रालयले बनाएको समितिले सोमबार श्रममन्त्री फरमुल्लाह मन्सुरलाई यस सम्बन्धि मस्यौदा समेत बुझाएको छ । मन्त्री मन्सुले संशोधन छिटो पारित गराउन पहल थाल्ने बताएका छन् । तर यता १ करोडको धरौटीको बिषयलाई लिएर म्यानपावरहरुले भने आन्दोलन चर्काउने भएका छन् ।

काठमाडौँका एक व्यावसायीका अनुसार हरेक म्यानपावरले १/१ करोड धरौटी राख्नुपर्ने तथा म्यानपावरको आफ्नै घर हुनुपर्ने लगायत नीति आउंदैछ । यसैको बिरोधका लागि म्यानपावर व्यवसायीहरुले आज बिरोध पर्दर्शन गर्ने भएका छन् । ति व्यवसायीले यस्तो खाले नीति ल्याउन तयारी हुनुमा ठुला म्यानपावरकै हात भएको आरोप लगाएका छन् ।

उनले भने – ‘बैदेशिक रोजगारीमा पठाउँदा कामदारसँग सकेसम्म पैसा नलिन भन्दै म्यानपावरलाई भने १० करोडको प्रोप्रटी हुनुपर्ने बाध्यता बनाउनु कति व्यवहारिक हुन्छ ?’ उनले कम लागतमा बिदेस पठाउनको लागि म्यानपावरलाई सहुलियत दिनुको साटो ठूलो चलखेल गर्न लागिएको बताए । उनले यस्तो नीति आएमा बैदेशिक रोजगारीमा जाने कामदारले अहिले भन्दा अझै दोब्बर लागत तिर्नुपर्ने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित