2026-10-15 01:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रमिक आप्रवासका विषयमा साझा धारणा बनाउँदै एशियाका १२ राष्ट्र

भदौ २८, ललितपुर । सुरक्षित, व्यवस्थित र नियमित आप्रवासका लागि विश्वव्यापी सहकार्य (जिसिएम)को खाकाको सम्बन्धमा ‘कोलम्बो प्रोसेस’मा आबद्ध एसियाका १२ राष्ट्रको साझा धारणा तयार गर्ने विषयमा केन्द्रित रही ती देशका प्रतिनिधि सहितको परामर्श बैठक आजदेखि यहाँ शुरु भएको छ । 

कोलम्बो प्रोसेसमा नेपालसहित भारत, चीन, कम्बोडिया, इन्डोनेसिया, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड, भियतनाम र अफगानिस्तान सदस्य रहेका छन् । भोलिसम्म चल्ने बैठकमा प्रोसेसमा आबद्ध १२ राष्ट्रमध्ये अफगानिस्तान बाहेकका देशको प्रतिनिधि सहभागी छन् । 

श्रम तथा रोजगार मन्त्रालयको आयोजना तथा अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम) र विकास तथा सहायताका लागि स्विस एजेन्सी (एसडिसी)को सहयोगमा शुरु बैठकको श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले आज उद्घाटन गर्नुभयो । 

सन् २००३ मा स्थापना भएको कोलोम्बो प्रोसेसको हाल नेपाल अध्यक्ष राष्ट्र रहेको छ भने अर्को संस्था ‘अवुधावी डाइलग’मा पनि नेपाल सक्रिय सहभागी छ । यी मुलुकबाट वर्षेनी २५ लाखको हाराहारीमा रोजगारीका लागि विदेशिने गरेका छन् । 

संयुक्त राष्ट्र सङ्घको सन् २०१६ को महासभाले आप्रवास र शरणार्थीको सम्बन्धमा अन्तर्राष्ट्रिय साझेदारीको खाका तयार गर्ने प्रतिबद्धता पारित गरेको थियो । राष्ट्रसङ्घको सन् २०१८ मा हुने ७३औँ महासभामा अन्तर्राष्ट्रिय साझेदारीको सो खाकालाई पारित गर्ने लक्ष्य राखिएको छ । 

सोही अनुसार विश्वभरका मुलुक र क्षेत्रीय संगठनले आ–आफ्नो अनुकूलताको अवधारणापत्र तयार पारी राष्ट्र सङ्घमा छलफलका लागि पठाउँदैछन् । एशियाका १२ राष्ट्र सम्मिलित कोलम्बो प्रोसेसले पनि विशेषत श्रमिक आप्रवासमा झेल्दै आएका समस्या र समाधानमा केन्द्रित रहेर छलफल गरिरहेका छन् । 

कार्यक्रममा श्रम तथा रोजगार राज्यमन्त्री चौधरीले बैठकमा सहभागी १२ राष्ट्रको आप्रवासको समान समस्या रहेको र समाधानका लागि सहकार्य आवश्यक रहेको बताउनुभयो । कामदार पठाउने यी मुलुकबीच सहकार्य हुन सकेमा गन्तव्य मुलुकसँग सामूहिक सौदाबाजी गर्नसमेत सहज हुने उहाँको भनाइ छ । अवैधानिक आप्रवास, कामदारको मानवअधिकारलगायतका विषयमा प्रोसेसमा आबद्ध राष्ट्रले गम्भीर छलफल गर्न आवश्यक रहेकामा उहाँले जोड दिनुभयो । 

मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले आफ्ना मुद्दालाई बलियो रुपमा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने गरी दस्तावेज तयार पार्न बैठकको आयोजना गरिएको बताउनुभयो । 

परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौडेलले विश्वभर २४ करोड आप्रवासी रहेको तथ्याङ्क प्रस्तुत गर्दै वैदेशिक रोजगारको राम्रो पक्षलाई बढावा दिने र नकारात्मक पक्षलाई घटाउने विषयमा बैठकले निष्कर्ष निकाल्ने विश्वास व्यक्त गर्नुभयो । 

संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि दीपक धितालले आप्रवासी कामदारले पठाएको विप्रेषणले पु¥याएको आर्थिक, सामाजिक योगदानअनुरुप उनीहरुको हकअधिकारको विषयमा पनि संवेदनशील हुनुपर्ने बताउनुभयो । 

नेपालका लागि स्विजरल्याण्डका राजदूत जर्ग फ्राइडेनले कामदारको कानुनी भर्ती प्रक्रिया, सुरक्षा, दक्षता वृद्धि, काम गर्ने वातावरणको निर्माण, स्वतन्त्रतापूर्वक हिँड्डुल गर्ने अधिकारजस्ता विषयमा सदस्य राष्ट्रले बैठकबाट समान धारणा तय गर्ने आशा व्यक्त गर्नुभयो । किरण भट्टराई/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित