2026-10-15 02:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीको लागि म्यानपावर धाउनेहरु सावधान ! म्यानपावरले यसरी फसाउला

कात्तिक २, काठमाडौं | बैदेशिक रोजगारीको क्रममा म्यानपावर धाउनेहरुलाई म्यानपावरले अब नयाँ तरिकाले ठग्ने उपाय रचेका छन् । विदेश जान चाहने कामदारहरुलाई कानुनी रूपमा वैदेशिक रोजगारीमा पठाउने अनुमति पाएका म्यानपावर सञ्चालकहरुले नै भिजिट भिसाको धन्दा चलाउने गरिएको पाईएको छ । 

पछिल्लो समय बिदेशिक रोजगारी भन्दा भिजिट भिसामा कामदार पठाउने काम फाइदा हुने देखेपछी म्यानपावर संचालकहरु यस्तो धन्दामा लागेका हुन् । संचालकहरुले बैदेशिक रोजगारीका लागि आएका व्यक्तिहरुलाई बिभिन्न प्रलोभन देखाई  खाडी मुलुक पठाउने र उनीहरूबाट ठूलो रकम असुली गर्ने धन्दा संचालन गरेको भेटिएको हो । यसै अभियोगमा प्रहरीले पान्डोरा टिम कर्पोरेसनका सञ्चालक ईश्वर भण्डारीलाई पक्राउ गरेपछि भिजिट भिसा चलाइरहेको गिरोहबारेको तथ्य खुलेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरोले बागलुङको हटिया घर भई पान्डोरा टिम कर्पोरेसन मेनपावर सञ्चालन गरिहेका भण्डारीसहित सोही मेनपावरका लागि एजेन्टको काम गरिरहेका विर्घमान गुरुङ, राजु घले र भानु ढकाललाई पनि पक्राउ गरेको हो । उनीहरु मध्ये भानु ढकाल भने ट्राभल सञ्चालक हुन् । उनीहरुलाई १६ जनालाई भिजिट भिसामा संयुक्त अरब इमिरेट्स पठाएर अलपत्र पारेको अभियोग लागेको थियो । म्यानपावरले राम्रो पारिश्रमिकको लोभ देखाई भिजिट भिसामा संयुक्त अरब इमिरेट्स पठाएको थियो । तर त्यहाँ लागेपछी नत रोजगारी दियो नत यता म्यानपावरले भनेजस्तो नै भयो  । यसैक्रममा उनीहरू अलपत्र परेपछि अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) र एनआरएनए युएई शाखाको सहयोगमा नेपाल फर्काइएको थियो ।

म्यानपावर संचालन गर्ने तर डिमाण्ड झार्न नसके पछी यस्तो गिरोहमा लागेका म्यानपावरहरु नेपालमा प्रसस्त रहेको बताइएको छ  । भिजिट भिसामा पठाइएका केहि व्यक्तिहरु भने त्यहाँ पुगेपछि बिभिन्न कम्पनीमा अन्तर्वार्ता दिएर पास हुने र आवश्यक कागजात बनाएर बैध रुपमा काम गर्न सक्छन तर धेरैजसोलाई भने समस्या हुन्छ । रोजगारदाता देशमा पेसा तथा राम्रो भाषाको ज्ञान नभएकाहरुले रोजगारी पाउन गाह्रो हुने हुँदा अलपत्र पर्ने गरेका छन् ।

अबैध कामदारको अलावा म्यानपावरहरुमा डलर र एक म्यानपावरको डिमाण्डमा अर्कोले कमिसन खाएर समेत पठाउने गरिएको छ । यसरी कमिसन माथि कमिसन खुवाउनु पर्दा निशुल्क भिषा तथा टिकटको ब्यबस्था समेत लागु हुन सकेको छैन । 

भिजिट भिषामा शिक्षितहरु फस्ने गरेका छन् । म्यानावरले बढी कमाउने आशा देखाई रकम अशुली गरेर भिजिट भिषामा विदेश पठाउने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता