2026-10-15 02:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीमा बेथिति आउनुमा मुख्य दोषी को हो ?

अभिषेक राना | म्यानपावर ब्यावसायीहरूनै मुख्य दोषी हुन्, तर यसो भन्दै गर्दा सरकारले बिभिन्न बहाना बनाएर मेनपावरलाइ कारवाही गर्न मिल्दैन र कार्वाही गरेर मात्र समस्या समाधान हुन सक्दैन, किन हुदैन यसका बुँदा तल प्रश्तुत गरेको छु ।

१. तात्कालीन श्रम राज्य मन्त्री टेक बहादुर गरुङले सुन्य लागत भनेर हचुवाको भरमा एकतर्फी रुपमा लागु भएको घोषणा मात्रै गरेनन् उनले बदनियतपुर्ण तरिकाले बायोमेट्रिक, भिएलएन जस्ता कामदारलाई प्रत्यक्ष भार पर्ने संस्था भित्र्याउने काम समेत गरे ।

२. चलखेल र दबाब कै बिचमा सयौं नया मेनपावरलाइ लाइसेन्स दिने काम भयो, जसले गर्दा मागको लागी अस्वस्थ प्रतिस्प्रधा भइरहेको छ, भएका संस्थालाइ त अनुशासित गर्न नसकेको अवस्थामा नयाँ लाइसेन्स दिनु भनेको सरकारको ठूलो कमजोरी हो ।

३. बिचौलिया संस्थाहरु जस्तै VLN, OSC, ISC, BIOMETIRC, MIGRAMS जस्ता अनावश्यक संस्थाहरूले प्रतिकामदार १८ हजार र यि सबै प्रक्रिया पुरा गर्दा लाग्ने यातायात, खान/बस्न न्युनतम १५ हजार भन्दा धेरै खर्च हुने गरेको छ, उक्त रकम म्यानपावर ब्यावसायीको हातमा नपरेपनि कामदारको नजरमा ब्यावसायीले नै लिएको भन्ने धारणा छ । 

४. सरकारलाइ यदी मेनपावर ब्यावसायीहरुले कामदारहरूबाट चर्को मुल्य लिएको जानकारी छ भने एउटा दुइटा संस्थालाइ कार्वाही गरेर जनताको नजरमा राम्रो गरेको देखाउनु भन्दा केहि समयको लागी पुरै कामदार नै पठाउन रोक लगाएर आवश्यक गृहकार्य गर्नुको सट्टा ब्यावसायीलाइ त्रसित बनाउने काम मात्रै गरेको छ ।

५. हरेक क्षेत्रमा राम्रा र नराम्रा ब्यावसायी हुन्छन् नै, तर यस क्षेत्रमा सबै ब्यावसायीलाई चोर देख्ने परिपाटिले झन समस्या जटिल बन्दै गइरहेको छ ।

मानौं या नमानौ अहिले बैदेशिक रोजगार ब्यावसाय नभई देश चल्ने अवस्था छैन, त्यसैले यो ब्यावसायमा भएका कमजोरीहरु, ब्यावसायीले जानेर या नजानेर गरेका गल्तिहरुको जडसम्म पुगेर त्यसलाइ समाधान गर्नु जरुरी छ । जसको लागी ब्यावसायीहरु पनि इमानदार भएर अगाडी बढ्नु जरुरी छ । त्यस्तै नचाहिदा बिचौलियाहरुको बिगबगि हटाउने काम पनी सरकारले गर्नु अति आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता