2026-10-15 02:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारमा जानेहरुलाई खुशीको खबर ! यूएईले पठायो यस्तो श्रम सम्झौताको मस्यौदा

कात्तिक २२, काठमाडौं । युएईले द्विपक्षीय श्रम सम्झौताका लागि नेपाललाई औपचारिक रुपमा प्रस्ताव पठाएको छ । नेपालले हालै मात्र जोर्डनसँग श्रम सम्झौता गरे लगतै युएईले पनि चासो देखाउँदै मस्यौदा पठाएको हो ।

श्रम तथा रोजगार मन्त्रालयले पछिल्लो पटक घरेलु कामदारको लागि एमओयू गर्न प्रस्ताव गरेको थियो । तर यूएईले एक कदम अघि बढेर श्रम सम्झौताका लागि छलफल गर्न आग्रह गर्दै मस्यौदा पठाएको छ ।

यसअघिका छलफलमा असहमति जनाएका विषयमा पनि यूएई सकारात्मक देखिएको छ । श्रम मन्त्रालयका उपसचिव शिवराम पोखरेलले भन्छन्, ‘थप छलफल गरेर हाम्रा मुख्य चासोहरु सम्बोधन गराउन प्रयत्न गरिनेछ ।’

मन्त्रालयले युएईको प्रस्तावलाई ‘प्रोग्रेसिभ’ भनेको छ । यसका आधारमा छलफल गर्दा छिट्टै युएईसँग सम्झौता गर्न सकिनेमा अधिकारीहरु बताउँछन् । प्रस्तावित मस्यौदामा कामदारको तलब, सुविधा, बिमा लगायत कामदारसँग रोजगारदाताले गर्ने सम्झौतामा आधारमा दिलाउने उल्लेख छ । रबिन्द्र घिमिरेले अनलाइनखबरमा यो समाचार लेखेका छन् ।

त्यही सम्झौतालाई सरकारले आधिकारिक मान्ने र रोजगारदाताले त्यसको पालना नगरे सरकारले जिम्मेवारी लिने उल्लेख छ । साथै समस्यामा परेका कामदारलाई रोजगारदाता परिवर्तन गर्न अनुमति दिन युएई तयार भएको छ ।

अहिले धेरै नेपाली कामदार आफ्नो कम्पनी वा रोजगारदाताबाट अधिक श्रम शोषण पर्दा पनि अवैधानिक हुने डरले कम्पनी परिवर्तन गर्न सक्दैनन् । त्यसरी परिवर्तन गरेका कामदारहरु पनि गैरकानुनी कामदारका रुपमा रुपमा लुकेर काम गरिरहेका छन् भने कयौं अलपत्र परेका छन् ।

अहिले युएईले रोजगारदाता परिवर्तनको एजेण्डामा सहमति जनाएर मस्यौदा पठाएको मन्त्रालय स्रोतले बतायो । यसले नेपाली कामदारका सुरक्षा चासोलाई पनि सम्बोधन गर्न सकिने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

युएई नेपाली कामदार धेरै जाने मुलुकको सूचीमा तेस्रो नम्बरमा छ । यो आर्थिक वर्षको पहिलो ३ महिनामा १४ हजार नेपाली त्यहाँ पुगेका छन् । तर, त्यहाँ कार्यरत नेपालीको संख्या भने यकिन छैन । युएई नेपाली कामदारको लागि औसत कमाइ हुने देशका रुपमा पनि चिनिन्छ ।

२४ घण्टे बिमा सुविधा पनि कामदारसँग हुने सम्झौतामा उल्लेख गर्ने गरी अघि बढ्ने मन्त्रालयले बताएको छ । मलेसियासहित अन्य खाडी मुलुकहरुले कार्यस्थल बीमा उपलब्ध गराउन आनाकानी गरिरहेका छन् ।

कामदारको आते-जाते टिकट र भिसावापतको शुल्क रोजगारदाता कम्पनीले नै बेहोर्ने विषयमा युएई केही बोलेको छैन । ‘यस विषयमा युएईसँग थप छलफल हुन्छ’, पोखरेलले भने, ‘यो पनि हाम्रो धेरै चासोको विषय हो ।’

नेपालले यसअघि सन् २००५ मा पहिलोपटक नेपालले कतारसँग श्रम सम्झौता गरेको थियो । वर्षमा चारदेखि पाँच लाख कामदार विदेश पठाइरहेको नेपालले कामदार धेरै जाने मुलुकहरुसँग सम्झौता गर्न सकेको छैन ।

इजरायल र कोरियासँग जीटुजी गरेको सरकारले संयुक्त अरब इमिरेट्स र बहराइनसँग श्रम समझदारी -एमओयु) गरेको थियो । जापानसँग पत्र आदानप्रदान सम्झौता (एलओयु) मात्र भएको छ ।

तर, मलेसिया, साउदी अरेबिया, कुवेत, ओमान, लेबनानलगायत देशसँग श्रमसम्वन्धी समझदारी वा सम्झौता हुन सकेको छैन । युएईसँग एमओयू त भएको छ तर, नेपाली कामदारको समस्या सम्बोधन गर्न सकेको छैन ।

जबकी नेपालबाट एक सय १० मुलुक वैदेशिक रोजगारीका लागि खुला छन् । श्रम सम्झौता कामदार सुरक्षाको प्रमुख आधार भएकाले सरकारले चासोका साथ यसलाई अघि बढाउनुपर्ने वैदेशिक रोजगार विज्ञ पण्डित बताउँछन् ।

सम्झौता नभएका मुलुकमा नेपाली कामदार न्यूनतम पारिश्रमिक, औषधि उपचार, बीमा, सुरक्षासहितका कानूनी सुरक्षाबाट विमुख छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता