2026-09-18 03:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघको कार्यसमिति भंग, कात्तिकभित्र अधिवेशन गर्न निर्देशन

जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघको राम राजा गौतम नेतृत्वको निवर्तमान कार्यसमिति भंग गरी टुनकाजी पौडेलको संयोजकत्वमा नौ सदस्यीय तदर्थ समिति बनाउन निर्देशन दिएको छ ।

साउन १९, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघको राम राजा गौतम नेतृत्वको निवर्तमान कार्यसमिति भंग गरी टुनकाजी पौडेलको संयोजकत्वमा नौ सदस्यीय तदर्थ समिति बनाउन निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालयको संस्था दर्ता शाखाले सोमबार महासंघलाई पत्र पठाउँदै नयाँ कार्यसमिति चयन नहुँदासम्म तदर्थ समितिले महासंघको सम्पूर्ण कामकारबाही सञ्चालन गर्न निर्देशन दिएको हो ।

महासंघको २०७८ असोज २० गते गठित कार्यसमितिको विधानअनुसारको दुई वर्षे कार्यकाल २०८० असोज २० गते नै समाप्त भएको थियो । कार्यकाल समाप्त भएपछि विभिन्न मितिमा साधारणसभाका लागि सूचना जारी गरिए पनि गणपूरक संख्या पुग्न नसक्दा नयाँ कार्यसमिति चयन हुन सकेको थिएन ।

समयमै नयाँ नेतृत्व चयन तथा जिम्मेवारी हस्तान्तरण हुन नसक्दा महासंघभित्र संस्थागत विवाद बढेको र उद्देश्यअनुसार काम गर्नसमेत असहज भएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले विवाद समाधानका लागि साउन १२ गते कार्यालयमा दुवै पक्षसँग छलफल गरिएको थियो।

त्यसपछि संस्था दर्ता ऐन, २०३४ को दफा ११ अनुसार साउन १८ गते राम राजा गौतम नेतृत्वको कार्यसमिति भंग गरी तदर्थ समिति गठन गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ ।

जिप्रका काठमाडौँको निर्देशन अनुसार तदर्थ समितिको संयोजकमा महासंघका निवर्तमान उपाध्यक्ष दुनकाजी पौडेल रहेका छन् । सदस्यहरूमा निवर्तमान अध्यक्ष राम राजा गौतम, पूर्वअध्यक्ष पूर्णबहादुर मल्ल, पूर्वउपाध्यक्ष कल्पना पाण्डे, पूर्वउपाध्यक्ष विष्णु गोपाल गड्तौला, निवर्तमान महासचिव लक्ष्मीप्रसाद लामिछाने, निवर्तमान कोषाध्यक्ष नारायणप्रसाद अधिकारी, निवर्तमान कार्यसमिति सदस्य बाबुराम खड्का र पूर्वकार्यसमिति सदस्य जयप्रकाश यादव रहेका छन् ।

जिल्ला प्रशासनले निवर्तमान कार्यसमितिलाई तीन दिनभित्र संस्थाको सम्पूर्ण जिम्मेवारी नयाँ तदर्थ समितिलाई हस्तान्तरण गर्न समेत निर्देशन दिएको छ ।

तदर्थ समितिलाई महासंघको विधान र प्रचलित कानुन पालना गर्दै अनुमति प्राप्त, महासंघमा आबद्ध तथा आबद्ध हुन चाहने अभिमुखीकरण संस्थाहरूलाई बिनारोकावट सदस्यता तथा नवीकरणको सुविधा उपलब्ध गराउन समेत भनिएको छ ।

यसका साथै जिल्ला प्रशासन कार्यालयले तदर्थ समितिलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र लोकतान्त्रिक प्रक्रिया अपनाएर २०८३ साल कात्तिक मसान्तभित्र महासंघको नयाँ कार्यसमिति चयन गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया रसुवा बाढीले पुरिएका संरचना उत्खननको योजना बनाउन सांसद श्रेष्ठको माग जनताका समस्या किन समाधान हुँदैनन् ? : सांसद बराल परिवार पाल्न विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ : सभामुख अर्याल