2026-06-19 02:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेताले देखाएका सपनाले पेट भरिन्न, भारत नआएर के गर्नु ?

– कल्पना पौडेल | पुस ४, नयाँदिल्ली (रासस) | “नेताले देखाएका सपनाले पेट नभरिने रैछ, त्यसैले परदेशमा आउनुपर्यो ।” अछामका रामबहादुर विष्टको यो गुनासो हो । 

नयाँदिल्लीको कनार्टप्लेसमा भेटिनुभएका उहाँ भन्नुहुन्छ, “धेरै पटक चुनाव भयो, जान पाइएन, गएको भए पनि नेता जितेर जहाज चढेर काठमाडौँ जान्थे, हामी चाँही फेरी झोला बोकेर परदेशिनु पर्थ्यो ।” 

खेल्ने उमेरमै बुबाको हात समातेर कमाउन भारत आउनुभएका विष्ट उमेरको पचासौँ दशकमा पनि पहिलेकै स्थितिमा हुनुहुन्छ । काम गर्न बचपनमा भारत पसेका धेरैको बुढ्यौली पनि भारतमा काम गर्दागर्दै बित्छ । 

“कहिले मुम्बई, कहिले दिल्ली, कहिले राजकोट गर्दै आधा जीवन बित्यो, बाल्यकाल यही गयो, जवानी पनि आए गएको पत्तै भएन तर आफ्ना देशमा कहिले काम गरेर दुई छाक खान पुग्ने दिन आउला ।” 

घरमा दुई पैसा कमाउने कोही नभएपछि छिमेकीको पछि लागेर भारत आउनुभएका बझाङका तप्त शाहीले भन्नुभयो, “मेरा बाआमाले यही काम गरेर जीवन बिताउनुभयो, अब उहाँहरु बिरामी भएर काम गर्न नसक्ने भएपछि म आएँ, खासै कमाइ हुन्न, केही बचत भए अर्को देश जान्थेँ अलि पैसा हुन्थ्यो होला ।” 

स्वदेशमा आम्दानीको स्रोत नभएपछि धेरै नेपाली भारतका विभिन्न ठाउँमा कामका लागि आएका छन् । भारतीय सेनादेखि होटलका भाँडा सफा गर्ने अनि सरकारी कार्यालयका महत्वपूर्ण पदमा काम गर्ने पनि नेपाली भेटिन्छन् दिल्लीमा तर भारत पसेकाको ठूलो संख्या भने सानोतिनो काममै अल्झेका छन् । 

“कति श्रम शोषणमा पर्छन्, कतिलाई अन्याय पर्छ कति लुटिन्छन्, कुटिन्छन् त्यसको हिसाब कसैसँग छैन, अर्काको देश हो, सहनुको अर्को विकल्प हुन्न”, भन्नुहुन्छ पर्वतका विष्णु भट्टराई । 

कुराकानीका क्रममा भेटिनुभएका उहाँहरू नयाँदिल्लीका विभिन्न होटलमा काम गर्नुहुन्छ । 

तनहुँका जितबहादुर थापा बताउनुहुन्छ, “मैले भारतको आयुर्वेदिक औषधि उत्पादन गर्ने कम्पनी एमिलमा काम गरेको २८ वर्ष भयो । दाइले यहाँ लगाइदिनुभएको थियो, मलाई निकै राम्रो छ ।” 

एमिलका उपाध्यक्ष नरेश शर्मा जितबहादुर कम्पनीका एक विश्वास पात्र हुनुहुन्छ प्राय नेपालीहरु काममा इमान्दर, अनुशासित र मेहनती भएको आफूले पाएको बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “जितबहादुर हाम्रा विश्वास पात्र हुनुहुन्छ उहाँको लगनशीलताले नै लामो समयसम्म पनि उहाँ सबैको प्रिय व्यक्तिरुपमा चिनिनुभएको छ ।” 

पहिलेजस्तो पछिल्लो समयमा भारतमा रोजगारीका लागि आउने युवाको संख्या घटेको जितबहादुरको अनुभव छ । उहाँ भन्नुहुन्छ, “आजकल भिसा लगाएर धेरै खाडी मुलुक जान्छन्, यहाँ आउने त उही पहिलेदेखि उमेर पुगेका, विदेश जान पर्याप्त पैसा नभएका व्यक्ति मात्र छन् ।” 

आफ्ना सन्तानलाई भने अर्काको देशमा काम नगराउने चाहना नभएको भन्दै उहाँले १८ र १६ वर्षका छोरा र श्रीमतीलाई नेपालमै राख्नुभएको छ । जितबहादुरले काम गर्ने एमिलको नयाँदिल्ली कार्यालयमा अन्य आठजना नेपाली कार्यरत छन् । 

नयाँदिल्लीमै स्थायी घरवासको व्यवस्था गरिसक्नुभएका दाङ लमहिका दुर्गा कुमाल भन्नुहुन्छ, “देशका सबै युवा बाहिर भएपछि कसरी विकास हुन्छ, नेपालमै राम्रो रोजगारीको विकास गर्न सके त देशमै घरपरिवार छाडेर को विदेश पस्छ होला ? 

कामका सिलसिलामा मुम्बई जाने शिलशिलामा दिल्लीमा आफन्त भेट्न पस्नुभएका अछामका बज्जिसिंह राउत अहिले नेपालमा बसेर घर व्यवहार चलाउन कठिन भएकाले बिदेशिनु बाध्य हुनुपरेको पिडा पोख्नुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “चार छोराछोरी छन्, छोरोलाई जसोतसो सिएमए पढाएँ तर जागिर मिलेको छैन, उसलाई काम गर्न भारत आउन नपरोस् भनेर दुःखले पढाएँ, छोरीको बिहे भयो, ३५ वर्ष भयो भारत आउन जान थाल्या अझै कति वर्ष यतै बित्ने हो ?” 

आफ्नो देशमा साँझ बिहानको छाक टार्न समस्या भएपछि धेरै नेपाली कामका लागि भारत जाने आउने गर्छन् । कोही लामो समय उतै बसेर कहिलेकाहीँ आउँछन् भने कोही छ महिना भारत छ महिना नेपाल गर्छन् । 

देशमा स्थानीय, प्रदेश र संघको निर्वाचन भइसकेको अवस्थामा देशभित्रै विकास भई रोजगारी सिर्जना हुन सकेमा भारत र तेस्रो मुलुकमा पसिना बगाउन नपर्ने उहाँहरुको चाहना छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो