2026-09-03 10:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मृत्युदण्डको मुखमा पुगेर नेपाल फर्किए भिमबहादुर, विदेश जानेहरुलाई दिए यस्तो सन्देश

पुस ७, मलेशिया । झन्डै मृत्युदण्डको मुखमा पुगिसकेकामा भिम बहादुर नेपाल फर्किएका छन् । इलामको साविकको एकतप्पा गाविस-७ घर भएका भिमबहादुर दियाली मृत्यु दण्डको सजाय हुनबाट जोगिएर नेपाल फर्किएका हुन् ।

सेक्युरिटी कम्पनीमा कार्यरत दियालीलाई रोजगारी सकेर घर र्फकन लागेको अवस्थामा लागु पदार्थ झोलामा बोकेको भन्दै फसाउन खोजिएको थियो । 

नेपाल पुगे पश्चात आफूलाई सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिएका छन् । साथै भनेका छन्,’ अन्जानमा कसैको पनि केही सामानहरु नबोक्नुहोला ।’

गत वर्ष फेव्रुवरी १८ तारिखमा दियाली मलेसियामा पक्राउ परेका थिए । उनि पक्राउ परेपछि मलेसिया स्थित नेपाली दुतावासको पहलमा वकिलको ब्यवस्था गरेको थियो ।

वकिलको सहयोगमासेप्टेम्बर १५ तारिखका दिन दियाली मलेसियास्थित अदालतबाट निर्दोष सावित भई सफाइ पाएका थिए । उनि छुट्नुमा मलेसिया स्थित नेपाली दुतावास र पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको विशेष पहल रहेको थियो ।

जेल परेका उनि मलेसियाको सुगाईवुलो जेलमा करिव डेढ वर्ष र क्याम्पमा तीन महिना बिताएका थिए ।

उनि अहिले नेपाल फर्किसकेका छन् । उनले विदेश जाने नेपालीहरुलाई विदेश जाने वा विदेशबाट फर्कने क्रममा आफ्नो झोला आफैले प्याक गर्न र नचिनेका मानिसले दिएको झोला नबोक्न आग्रह गरेका छन् साथै आफुलाई सहयोग गर्नेहरु सबैलाई धन्यवाद दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ