2026-11-25 01:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालीहरु साउदीमा सावधान ! भुलेर पनि यस्ता ८ काम नगर्नुहोला

अन्तराष्ट्रिय डेस्क (सास) | साऊदी अरबमा काम गर्न जाने नेपालीहरुलाई यो जानकारी महत्वपूर्ण हुनसक्छ । साउदीमा सार्वजनिक रुपमा सार्वजनिक स्विमिंगपुल तथा समुन्द्र किनारमा फोटो खिच्न समेत पाइंदैन | 

यहाँ आज हामी साऊदी अरबको केहि महत्वपूर्ण नियमको बारेमा बताउछौं | 

१. फोन वा ल्यापटपमा पोर्न राख्न खतरनाक (यदी राखेको थाहा पाएमा डिभाइसनै जफत हुनसक्छ) 

२. सरकारी भवन तथा सार्वजनिक स्थानको तश्विर खिच्नु अपराध 


(साउदी अरबमा यदी तपाइँले कुनै सरकारी भवन वा सार्वजनिक स्थानको फोटो खिच्नु अघि सोच्नुपर्ने हुन्छ किनकी सरकारी भवन, देशको सेनासँग जोडिएको कुरा फोटोमा कैद गर्न पाइंदैन । साथै सार्वजनिक स्थानमा महिलाहरु तर्फ क्यामेरा गल्तीले पनि घुमाउनु हुँदैन । यसो गर्दा साउदीमा साइबर क्राइम लाग्छ । यदी गल्ति भईहालेमा एक बर्षको जेल सजायसम्म हुन सक्छ वा करोड भन्दा बढीसम्म जरिवाना तिर्नुपर्ने हुन्छ ।

३. रमजानको बेला सार्वजनिक रुपमा खाना खान पाइंदैन 

४. भ्यालेनटाइन डेमा यस्तो नगर्नुस >> साऊदी अरबमा भ्यालेनटाइन डेमा रातो रंग कुनै खतराको प्रतिक मानिन्छ । यहाँ फूलको पसल देखि गिफ्ट शपसम्म रातो रङ्गको गुलाब र हर्ट शेपको गिफ्टहरु बेच्न पाइंदैन । 

५. सार्वजनिक स्थानमा जाँदा ध्यान राख्नुस 

सार्वजनिक स्थानमा धेरैजसो स्थानमा दुई सेक्शन हुन्छ । साऊदीको धेरैजसो मलमा जाँदा पारिवारिक व्यक्ति मात्र जान पाउँछ । सिंगल पुरुष मात्र मलमा छिर्न पाउंदैन । साथै यहाँका होटलमा समेत दुई सेक्शन हुन्छ । एक पारीवारको लागि अनि अर्को सेक्शन सिंगल मानिसहरुको लागि । यहाँ म्याकडोनाल्ड जस्तो फूडस्टोरमा महिला-पुरुषहरुको लाइन समेत अलग-अलग लाग्ने गर्छ । 

६. सार्वजनिक स्थानमा गैर-मुस्लिमहरुले प्रार्थना गर्न पाउंदैनन् 

यसको साथै धार्मिक किताब, सामान र संकेतको पनि प्रचार गर्न पाइन्न । साऊदीमा त्यसो गरिनु इस्लामको लागि खतरा मानिन्छ । त्यसैले साउदीमा धर्म परिवर्तन गर्नु खतरा मानिन्छ ।

७. साउदी हुँदै कतै जाँदा वा साउदीमै जाँदा प्लेनमा समेत रक्सि वा बियर खान पाइन्न 

८. फिल्म हेर्नको लागि थिएटर हुँदैन 

1970 को दशकमा साऊदी अरबमा धेरै मूवी थिएटर थिए । तर 1980 मा साऊदी सरकारले इस्लामको बढ्दो प्रभावको कारण सबै सिनेमाघर र थिएटर बन्द गराए । त्यसैले पनि साउदीका धेरै मानिस छुट्टीको बेला छिमेकी देश बहाराइनसम्म जान्छन,  फिल्म हेर्छन ड्रिंक गर्छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता देउवालाई गगनको सुझाव : राजनीतिक अभिव्यक्तिको सीमा र मर्यादा कायम राख्नुस् स्थानीय तहमा राम्रो नतिजा आए देश फेरि क्रान्तितिर जान्छ : प्रचण्ड पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू, खाली हात जान्नँ : गगन थापा सभापति भएपछि केपी ओलीसँग पाँच पटक भेटिसकेको छु : गगन थापा एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थपियो, मंसिर २५ सम्म समय भेरी नदीमा भिडियो बनाउने क्रममा बगे नेपालगञ्जका दुई युवा, खोजी कार्य जारी बाँकेको मेलामा दुई पक्षबीच झडप, प्रहरीद्वारा ८ राउण्ड हवाई फायर; एक जना पक्राउ दुई मन्त्रीसँगको तस्बिर सेयर गर्दै बालेनले लेखे– ‘देश उँभो लाउने टोली’ धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु पाल्पामा दाउरा प्रहार गरी एक जनाको हत्या, आरोपित एक महिनापछि पक्राउ रूपान्तरणका नाममा एमाले विभाजित हुनु हुँदैन : महासचिव पोखरेल डिसेम्बर १६ मा बंगलादेश फर्किने शेख हसिनाको तयारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, सभापति गगन थापाले विशेष सम्बोधन गर्ने सुन र चाँदी दुवैको मूल्य बढ्यो, सुन दुई दिनमै ५ हजार ३०० रुपैयाँ महँगियो दिल्लीको होटलमा बन्धक बनाइएका तीन नेपालीको उद्धार भारत भ्रमण सकेर स्वदेश फर्किँदै प्रधानमन्त्री बालेन शाह बालेनको भारत भ्रमणप्रति राजेन्द्र लिङ्देनको टिप्पणी : ‘परम्परागत भ्रमणभन्दा फरक देखिएन’ भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री बालेनको शिष्टाचार भेटवार्ता बालेनको भारत भ्रमणप्रति झलनाथ खनालको टिप्पणी : नयाँ उपलब्धि केही छैन, सामान्य भ्रमण मात्रै