2026-10-15 03:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश जाने तयारीमा हुनुहुन्छ ? एक दिनमै पाइन्छ पासपोर्ट, कति लाग्छ ?

माघ ८, काठमाडौँ | विदेश जाने तयारीमा हुनुहुन्छ भने तपाइँले द्रुत सेवामा पासपोर्ट बनाउन पनि सक्नु हुन्छ । राहदानी विभागले राहदानी लिन अहिले कुनै झन्झट नरहेको जनाएको छ । विभागका अनुसार अहिले आवश्कयताअनुसार एक दिनमै पासपोर्ट लिन सकिन्छ । द्रुत सेवाअन्तर्गत आवेदन फारम बुझाउँदा समयअनुसार लाग्ने शुल्क निर्धारण गरिएको छ । 

राहदानी नयाँ लिन तथा नवीकरणका लागि तीन दिनमा लिनका लागि १० हजार, दुई दिनमा लिन १२ हजार र एक दिनमा लिन १५ हजार रुपैयाँ लाग्नेछ । त्यस्तै आवेदकको गल्तीले बिग्रिएर एक वर्षभित्र पुनः राहदानी बनाउँदा तीन दिनमा बनाउनु परे ५ हजार, २ दिनमा बनाउनु परे ७ हजार हजार र एक दिनमा बनाउनु परेमा १० हजार रुपैयाँ शुल्क लाग्नेछ । तर, विभाग आफ्नै गल्तीले बिग्रिएर एक वर्षभित्र पुनः बनाउनु परेमा भने कुनै शुल्क नलाग्ने विभागले स्पष्ट पारेको छ । 

त्यस्तै हराएको, बिग्रिएको वा च्यातिएको एक वर्ष नाघेर बनाउनु परेको खण्डमा लाग्ने मूल्यसूची भने फरक छ । त्यस्तो अवस्थामा तीन दिनमा राहदानी लिनका लागि १५ हजार, दुई दिनमा लिन १७ हजार तथा एक दिनमा लिन २० हजार रुपैयाँ लाग्छ ।

५० लाखभन्दा बढी नेपालीले लिए मेसिन रिडेबल पासपोर्ट 

राहदानी बिभागका अनुसार सात वर्षमा ५० लाखभन्दा बढी नेपालीले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लिएका छन् । सन् २०१० डिसेम्बरदेखि २०१७ डिसेम्बरसम्ममा एमआरपी लिनेको संख्या ५१ लाख ५७ हजार ८३६ पुगेको छ । यस अवधिमा कूटनीतिक राहदानी ३ हजार ८१०, विशेष राहदानी १४ हजार ४१८, साधारण राहदानी ५१ लाख ३८ हजार २४८ तथा यात्रा अनुमतिपत्र १३ सय ६० वटा वितरण भएको तथ्यांक छ । 

२०१० डिसेम्बर २६ देखि एमआरपी लागू भए पनि यसको अनिवार्य प्रयोग तथा हस्तलिखित राहदानीको खारेज भने २४ नोभेम्बर २०१५ बाटमात्रै भएको थियो । 

राहदानी विभागबाट प्रत्यक्षबाहेक जिल्ला तथा विदेशस्थित दूतावास वा कूटनीतिक नियोगमार्फत पनि राहदानी लिन सकिने व्यवस्था छ । २०१७ सम्ममा विभागमार्फत् २० लाख ४६ हजार ५७१, जिल्लामार्फत २४ लाख ३९ हजार २५६ र विदेशी नियोगमार्फत् ६ लाख ७२ हजार ९ वटा राहदानी वितरण भएको छ । राहदानी लिने महिलाको संख्या भन्दा पुरुषको संख्या ५ गुणा बढी छ । सात वर्षमा राहदानी लिने महिलाको संख्या ८ लाख ९१ हजार ८८८ रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन