2026-10-15 03:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारमा ठगि: धनबहादुर भन्छन् – ‘मलाई ठग्ने एजेन्ट कहाँ छन् ?’

मनोज पराजुली | माघ ९, काठमाडौँ | लम्जुङका क्व्होलासोथार गाउँपालिका स्थाई घर भएका धनबहादुर सार्कीले बैदेशिक रोजगारीमा ठगिएको भन्दै न्याय दिलाईदिन आग्रह गरेका छन् । उनलाई ठगि गर्ने एजेन्ट रामसरण बोगटी इगल हन्टर ओभरसीजका एजेन्ट हुन् । उनको भिजिटिङ्ग कार्डलाई आधार मान्ने हो भने उनि एसी टुर्स एण्ड ट्राभल्सका संचालक हुन् ।

बैदेशिक रोजगार बिभागमा भेटिएका पिडित सार्कीलाई दुई महिना अघि बोगटीले दुबई पठाईदिने भन्दै अग्रिम ४४ हजार रकम लिएका थिए । तर विदेश पठाईदिने भनेर रकम लिएपनि बैदेशिक रोजगारीमा पठाउन नसकेपछि पीडित सार्कीको नाममा बोगटीले ४४ हजारको चेक काटे तर उनले ब्ल्यांक चेक दिएका रहेछन् । पटक-पटक चेक साट्ने प्रयास गरे, पैसा पाउने आशामा चेक सातिने आशामा लम्जुङदेखि पोखरासम्म पनि पुगे तर चेक साटीएन । तब उनले महशुस गरे ‘म ठगिएकै रहेछु ।’ तर बोगटीबाट ठगिएका सार्कीलाई अहिले त्यहि ब्ल्यांक चेक निकै सहयोगी बनेको छ । उनि चेकनै बोकेर उजुरी गर्न बैदेशिक रोजगार विभागमा पुगेका छन् । तर बिभागले भने उनलाई थप प्रमाण जुटाउन भनेपछि उनी  समस्यामा परेको गुनासो गर्छन । 

माथिको तश्विरमा: पिडित सार्की ।

सयकडा २ का दरले साहुसँग ऋण लिएको सुनाउँदै रकम फिर्ता गर्न साहुले दबाब दिँदा खाना खाने रकम समेत नभएको उनको गुनाशो छ । एजेन्ट बोगटीले ४ हजार रकम दिएर झुलाएपछि पटक-पटक काठमाडौँ आउँदा-जाँदा खर्च बढेको भन्दै रकम फिर्ता गरिदिन विभागमा उजुरी गर्न आएको उनले साझा सबाल अनलाईनलाई बताए । 

यस विषयमा हामीले इगल हन्टर म्यानपावरका संचालकसँग बुझ्दा संचालकले ठगि आरोप लागेका बोगटी आफ्नो एजेन्ट भएको तर पैसाको कारोवार एजेन्ट आफैले गरेको बताएको छ । म्यानपावरले एजेन्ट बोगटीलाई सार्कीको रकम फिर्ता गर्न आग्रह गर्ने समेत बताएको छ । सार्कीलाई ठगेको बिषयमा एजेन्ट वोगटीलाईनै पटक-पटक सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् । 

माथिको तश्विरमा: सार्कीलाई प्राप्त भएको ब्ल्यांक चेक | 

बैदेशिक रोजगारीमा जानको लागि मलेसिया सहित खाडीका ७ मुलुक जानको लागि सेवा शुल्क १० हजार  लिन पाउने भएपनि एजेन्ट र म्यानपावर व्यवसायीले कामदारसँग चर्को शुल्क लिँदै आएका छन् ।

तपाइँको पनि यस्तै पीडा वा समस्या छ भने हामीलाई फेसबुक मार्फत आफ्नो समस्या राख्न सक्नुहुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन