2026-10-15 04:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार विभागका महानिर्देशक भन्छन- ‘व्यवसायीको दबाबमा झुकेर निर्णय गर्दिन’

मनोज पराजुली/माघ ११, काठमाडौँ । बैदेशिक रोजगार विभागका महानिर्देशक राजकुमार श्रेष्ठले बैदेशिक रोजगार व्यवसायी उजुरी उपर छानविन गर्दा अनेपेक्षित रुपमा बैदेशिक रोजगार व्यवसायीले दवाब दिने गरेको खुलासा गरेका छन् । 

कुनै पनि व्यवसायीले बैदेशिक रोजगार विभागमा परेका उजुरी उपर आफ्ना पक्षमा निर्णय गरिदिन व्यवसायी लाग्ने गरेको उनले बताएका हुन । व्यवसायीले कामदारलाई ठगेका उजुरी विभागमा दर्ता हुने क्रम बढेकोले त्यसलाई तत्काल समाधान गर्न विभागलाई चुनौती रहेको उनले बताए । सझासबालसंग कुराकानी गर्दै उनले भने- ‘पीडितको गुनासो सम्बोधन गर्नु विभागको दायित्व भएर पनि समयमा गर्न सकिएको छैन ।’ 

विभागले उजुरी उपर छानविन गरि पीडितलाई न्याय दिलाउन हप्तामा एक दिन बुधबार मेलमिलाप समिति मार्फत पीडितका समस्या समाधान गर्ने प्रयास गरिएपनि त्यो प्रयाप्त हुन नसकेको उनले बताए । 

विभागमा दर्ता हुने कतिपय उजुरीहरु मेलमिलाप समितिमार्फत समाधान गर्दा कानुनी प्रक्रिया नपुग्ने भएकोले बैदेशिक रोजगार न्यायधिकरण मार्फत समाधान गर्दा उजुरी सुनुवाई हुन समय लाग्ने गरेको उनले जनाए ।

बैदेशिक रोजगार विभागले सुरु गरेको अनलाइन श्रम स्वीकृति लिने कामलाई पनि थप सुधार गर्न गृहकार्य सुरु गरिएको जानकारी दिँदै उनले भने- ‘अहिले भइरहेको अनलाइन श्रम स्वीकृति लिने काममा पनि सबै सेवाग्राही एकैचोटी सेवा लिन जाँदा समस्या उत्पन्न भई सेवा छिटो प्रवाह हुन सकेको छैन ।’

सेवा छिटो प्रवाह गर्न सेवाग्राहीलाई निश्चित समय तोकेर काम गर्नेको लागि छुट्टै सफ्टवेयर विकास गर्ने योजनामा विभाग लागि परेको बताए । 

बैदेशिक रोजगार विभाग, मुद्रण विभाग र ताहाचल श्रम स्वीकृति शाखा विच समन्वय गरि काम गर्न अनौपचारिक गृहकार्य सुरु गरिएकाले त्यस पश्चात सेवा लिन सहज हुने उनको भनाई छ ।

व्यवसायी र कामदार विच उजुरी मिलाउन शुरुमा तत्पर नहुने र विभागको कानुनी प्रक्रियाम गएपछि बाद्य हुने गरेको उनले सुनाए । 

व्यवसायी र कामदार विच उजुरी सहमतिमै सम्बोधन गर्न सकिने भएपनि व्यवसायीले अटेर गर्दा कामदार र विभागले उजुरीको छिनोफानो गर्न लामो समय व्यतित गर्नु परेकोले बैदेशिक रोजगार व्यावासयीले बुझेर पनि बुझ पचाउने प्रवृति हटाउनुपर्ने सुझावसमेत दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन