2026-10-15 03:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहले सहमति नदिँदा बैदेशिक रोजगारीबाट फर्किएकाहरुको डिजिटल रेकर्ड अन्योलमा !

मनोज पराजुली | माघ १४,  काठमाडौँ । श्रम तथा रोजगार मन्त्रालयले बैदेशिक रोजगारीमा गएर फर्किएकाहरुको डिजिटल रेकर्ड राख्ने तयारी गरेपनि गृह मन्त्रालयले अन्तिम स्वीकृति नदिंदा काम नै रोकिएको छ । श्रम तथा रोजगार मन्त्रालयले ३ महिना अगाडि अध्यागमन विभागको सफ्टवेयरसँग मिलाउने गरी काम अगाडि बढाउन गृह मन्त्रालयसँग सहमति माग गरेको थियो । 

श्रम मन्त्रालयको पत्र गृह मन्त्रालयले राय माग गर्दै अध्यागमन विभागलाई पठाएको थियो । श्रम मन्त्रालयको पत्र अनुसार बैदेशिक रोजगारमा जाने तथा फर्किनेहरुको रेकर्ड खोजेपनि अध्यागमन विभागले  एयरपोर्टबाट आउने जाने सबैको जानकारी हुने भन्दै विभागले खोजेजस्तो सुविधा हालको सफ्टवेयरमा नरहेको अध्यागमन विभागका निर्देशक राजुप्रसाद पौडेल बताउँछन् । यसबारे अध्ययन गर्न अध्यागमन विभागको अगुवाईमा राहदानी विभाग, श्रम विभागका कम्युटर अधिकृतहरु रहेको एक समिति मार्फत राय सहितको प्राविधिक प्रतिवेदन तयार गरी श्रम मन्त्रालयमा समेत पेश गरिएको पौडेलले बताए । गृहले अनुमति दिएमा अध्यागमन विभागले प्रयोग गदै आाएको हालको सफ्टवेयर विकास गरी बैदेशिक रोजगारीमा जाने तथा फर्किनेहरुको पनि रेकर्ड राख्न सकिने अध्यागमन विभागकी कम्यूटर अधिकृत सरिता गुरुङ बताउँछिन् । तर अध्यागमन विभागले राय सहितको पत्र गृह मन्त्रालयमा फिर्ता भएपनि त्यसबारे कुनै निर्णय नभएको गृह सचिव मोहनकृष्ण सापकोटा बताए ।

श्रम स्वीकृति लिएर विदेश जाने तथा फर्किनेहरुको वास्तविक तथ्याङ्क नभएपछि श्रम तथा रोजगार मन्त्रालयले अनलाइन मार्फत डाटा संकलन गन तयारीमा जुटेको थियो । श्रम तथा रोजगार मन्त्रालयलको डाटालाई अध्यागमन कार्यलयसँग जोड्ने कार्य गृह मन्त्रालयको सहमति प्रश्चात लागू गर्न सकिने भएपनि गृहको सहमति नदिँदा काम शुरु नभएको श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता भुवन आचार्य बताउँछन् । 

बैदेशिक रोजगारमा कति छन्, विभागसँगै छैन रेकर्ड

हाल श्रम स्वीकृति लिएर १८ लाखको हाराहारी नेपालीहरु विदेशमा रहेको बैदेशिक रोजगार विभागका निर्देशक मोहन अधिकारी बताउँछन् ।  खाडी मूलुकमा २ वर्ष र मलेशियामा ३ वर्षको लागि भिषा अवधि रहने साथै सो अवधि प्रश्चात पनि कामदारहरु रिइन्ट्री मार्फत जानेहरुको संङ्ख्या वार्षिक ५/६ लाख रहेको उनको भनाई छ । श्रम स्वीकृति लिएर विदेश जानेहरुको रेकर्ड राख्ने गरिएपनि  बिदेश गएर फर्किएकोहरुको रेकर्ड राख्ने नगएिकोले वास्तविक रुपमा विदेशमा कति नेपालीहरु छन् यकिन जानकारी नभएको निर्देशक अधिकारी बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन