2026-10-15 04:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा आफुले काम गरेको तलब माग्दा एक वर्षदेखि जेलमा छन् बलबहादुर !

खकेन्द्र केसी | माघ १४, सल्यान । बिनाकारण सल्यानका एक व्यक्ती एक वर्षदेखि साउदीको जेलमा परेका छन् ।

रोजगारको सिलसिलामा २ बर्ष अघि साउदी अरब पुगेका सल्यान कुमाख गाउँपालिका वडा नम्बर १ साधान्मुडाका  बल बहादुर बस्नेत विनाकारण एक वर्षदेखि साउदीको जेलमा परेका हुन् । धापासी काठमाडौँमा रहेको एसओयस. म्यानपावर सर्भिस प्रा. लि. बाट रोजगारको लागी साउदी पुगेका वस्नेत बिरामी परेर एक दिन डिउटी नजादा मालिकले मनपरि ढङगले जेल पठाएका हुन् ।

वस्नेतले काम सुरुको १० महिना पुगेको समय २०७३ कार्तिक २७ गते  (Date 13/7/2016) को दिन उक्त कम्पनीमा कार्यरत नेपाली कामदारहरुले मालिक सङ्ग श्रम गरेबापतको तलब मागेका थिए । तर मालिकले उनिहरुलार्इ हस्तक्षेप गर्न खोजेपछि केहि विवाद हुन पुगेको थियो । त्यहि समयमा वस्नेत कारणबस बिरामी परेका थिए । बिरामीको कारणले गर्दा उनि १ एक दिन डिउटी जान नसकेर आफ्नै कम्पनीको कोठामा सुतेका थिए । कोठामा सुतेको समयमा उनको कम्पनीको मालिकले साउदी अरबियको पुलिस प्रशासन लगाएर एक्कासी जेल घरमा लगिएको हो । 

केही समय पछी उनको पिडादाएक खबर घरपरिवारले थाहा पाएपछि वस्नेतलार्इ छुटाउन धेरै पहल गरेपनि कतैबाट कुनै हात नलागेको परिवाले बताएको छ । उनलार्इ बिदेश पठाउने दलाल धनबिर बि.क. ले मोबाइल अफ गरेर अहिले अत्तोपत्तो छैन् । सुरुमा म पहल गर्छु भनेका बिक काठमाडौँ जानलार्इ परिवारको पैसा लिएर कोहलपुरबाट फरार भएका थिए ।

पिडितलार्इ छुटाउन उनका साथिभार्इ र आफन्तजनहरुले म्यानपावर, राजदुतावास लगाएतका विभिन्न ठाउँहरुमा जानकारी गराउदा पनि कसैले केहि पहल नगरेको पिडितका जेठान देवेन्द्र राणाले बताएका छन् । अहिले राणा न्याय पाउँ भन्दै कुमाख गाउँपालीकाको कार्यालयमा पुगेका छन् । रानाले आफ्ना ज्वार्इ वस्नेतलार्इ साउदी सरकारको जेलबाट छुटाउन सबैलार्इ पहल गरिदिन आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन