By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    20 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    21 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    1 day ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    2 days ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य घट्यो
    2 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बैदेशिक रोजगारीमा राम्रो म्यानपावर कुन ? लागत खर्च बढ्ने कारण- एजेन्टदेखि युवतीसम्म
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > बैदेशिक रोजगारीमा राम्रो म्यानपावर कुन ? लागत खर्च बढ्ने कारण- एजेन्टदेखि युवतीसम्म
काठमाडौँ - KTMबैदेशिक रोजगार

बैदेशिक रोजगारीमा राम्रो म्यानपावर कुन ? लागत खर्च बढ्ने कारण- एजेन्टदेखि युवतीसम्म

साझासवाल
Last updated: January 31, 2018 5:22 am
साझासवाल
12 Min Read
Share

माघ १७, काठमाडौँ | ‘नेपालमा सबैभन्दा भरपर्दो म्यानपावर कुन ?’ भन्ने बिषयमा साझा सबाल अनलाइनले मागेको प्रतिकृयामा हजारौं प्रतिक्रियाहरु प्राप्त भएका छन् । यस बिषयमा अधिकांश नेपालीहरुले म्यानपावरहरुप्रति आक्रोश पोखेका छन् । म्यानपावरहरु कामदारप्रति सेवामुखी भन्दा पनि बढी ब्यबसायमुखी ब्यबहार देखाउने हुँदा बदनाम बन्दै गएको सर्वसाधारणको प्रतिकृया छ । यसै बिषयमा म्यानपावरसँगका अधिकारीहरुको भने आफ्नै प्रतिक्रिया छ । म्यानपावर व्यवसायीहरु सरकारी निकायदेखि सरोकारवाला निकायहरुनै कामदारप्रति उत्तरदायी बन्न नसकेको आरोप लगाउँछन् । 

Contents
  • कार्यालय/कर्मचारी/शाखा कार्यालय संचालन खर्च 
  • एजेन्टको खर्च 
  • बिज्ञापन खर्च 
  • पार्टीलाई खर्च 
  • कागज मिलाउने तथा ढिलासुस्ती खर्च 
  • अस्वस्थ प्रतिष्पर्धा 
  • नियमन निकाय मौन 

कतिपय म्यानपावरहरुले श्रम प्रकृयामा मोटो रकम खर्च गर्नुपरेको, विदेशमा कामदारको कोटा ल्याउनको लागि एजेन्ट तथा कम्पनीका मालिकहरुलाई समेत छुट्टै खर्च छुट्याउनुपरेको, नेपालमा कार्यालय संचालन तथा जनसम्पर्कको लागि खर्च गर्नु परेको जस्ता कारणले म्यानपावर मार्फत बैदेशिक रोजगारीमा जाने कामदारहरुको खर्च बढेको बताउँदै आएका छन् । तर यसो हुनु म्यानपावरकै अस्वस्थ प्रतिष्पर्धाको कारण हो भन्नेमा म्यानपावर संचालकहरु स्वीकार गर्छन । लागत बढ्ने बिषयमा अधिकांश म्यानपावरहरुको धारणा मिल्न जान्छ । विदेशमा एजेन्टहरु मौलाउनुको कारण म्यानपावर नै हुन् । एक र अर्को म्यानपावरबीच विदेश स्थित डिमाण्ड मिलाउने एजेन्ट वा स्वयम् कम्पनीसँग बार्गेनिंग हुनु पनि कामदारको लागत बढ्ने मुख्य कारण मानिन्छ । त्यसो त कतिपय कम्पनी जसले सिधा नेपाली म्यानपावरलाई डिमाण्ड दिन्छन् यस्तो अवस्थामा लागत खर्च कसरी बढ्छ ? भन्ने प्रश्न धेरैको मनमा उब्जिने प्रश्न हो । 

नेपालमा राम्रो म्यानपावर कुन हो ?, भन्ने बिषयमा फेसबुकमा आरजी बिरही लेख्छन् -‘मान्छे बेचबिखन गर्ने एनजीओलाई नेपाली सहज उच्चारण होस् भनेर मेनपावर भनिएको हो । यसलाई कसरी राम्रो भन्न सकिन्छ र ? कुनै पनि मेनपावरले सकेसम्म कम सेलरीमा मान्छे बेचिरहेको हुन्छ, आजसम्म कुनै मेनपावरले हाम्रा मजदुर यस्तो न्युनतम सेलरीमा पठाउदैनौ भनेको रेकर्ड छ ? कुनै राम्रो कम्पनीको डिमान्ड आयो भने आफन्त वा नातागोता पुर्‍याउछन, त्यसपछि पनि कोटा बचेको खण्डमा लाखौं-लाख असुलेर अन्य ब्याक्तीलाई पठाउछन । यस्तो अवस्थामा कुन मेनपावरलाई कसरी राम्रो र नराम्रो भनेर नामकरण गर्नु ?’ 

राम्रो र भरपर्दो म्यानपावरको बिषयमा रेशम मगर भन्छन् – ‘केहि म्यानपावर राम्रो पनि छन् तर लागतको हिसाव गर्ने हो भने राम्रो मान्न सकिने म्यानपावरले समेत लाखौँ अशुल्छन्, त्यसैले यही म्यानपावर राम्रो भनेर तोक्ने स्थिति छैन ।’ हामीले कुनै म्यानपावर राम्रो छन् कि भन्ने प्रश्नमा केहि म्यानपावरहरुको नाम राम्रो लिष्टमा पनि नआएका होइनन् । व्यक्तिगत हिसावले नाइल ओभरसिस, अजित ग्लोबल, द गोरखा, जब्स ग्लोबल, एसओएस, स्काई, ब्लुस्काई, सिम्रिक, भिजन एण्ड भ्यालु, फ्लोरिड लगायत म्यानपावर राम्रो भनेर प्रतिक्रिया आएका छन् । यसको मतलव यी बाहेक अरु म्यानपावर राम्रो छैन भन्ने होइन तर हामीले भेटेको सर्वसाधारणबाट आएका प्रतिक्रिया हुन् यी । यसरी प्रतिक्रिया दिने छिटफुट मात्र छन् अन्यथा म्यानपावरप्रति ९५% भन्दा बढी नकारात्मकनै प्रतिक्रिया आउने गरेका छन् । 

कुन राम्रो म्यानपावर राम्रो भन्ने प्रश्नमा यस्तासम्म उत्तर पनि आउँछ जसले देशको अवस्थालाई इंगित गर्छ । यसै बिषयमा एकजना सर्वसाधारण नारायण अधिकारी भन्छन – ‘सबै म्यानपावर राम्रै लाग्छ, आफ्नो देशमा बेरोजगार युवालाई रोजगार पाउने बाटो बैदेशिक रोजगारी माध्यम बनेको छ । अलिकति लागतको कुरा हो, म्यानपावरलाई सरकारले नियन्त्रण गर्न नसकेकै हो । जबर्जस्ति फ्री भिषा-टिकट भनेपनि धेरै कम्पनीले कामदारलाई उक्त सुबिधा दिंदैन, यदी यही बहानामा बैदेशिक रोजगारीको डिमाण्ड नल्याउने हो भने बेरोजगार युवाहरुकै बिचल्ली हुन्छ । जाने बेलामा जति तिरेर पनि जान्छु भन्ने अनि विदेश गएर फेसबुकमा चिच्याउने धेरै छन् ।’ 

यसरी जसले जस्तो प्रतिक्रिया जनाए पनि बैदेशिक रोजगारीमा लागत बढ्ने आफ्नै समस्या छ । एजेन्ट तथा म्यानपावरहरुले कोटा पुर्ति वा पैसाकै लागि कम्पनी र सेवा-सुविधाबारे मनगढन्ते कुराहरुको आश्वासन देखाउने गरेका छन् जसको कारण नेपालबाट विदेश जाँदा यथार्थता अर्कै भईदिन्छ । इन्डोर काम भनेर पठाइएको आउटडोर हुनु, राम्रो तलबको आशामा जाँदा भनेजति तलब नदिनु जस्ता कारणले अधिकांश म्यानपावरबाट आफु झुक्किएको सर्वसाधारणको गुनाशो छ । त्यसो त कतिपय अवस्थामा म्यानपावरको मात्र पनि गति नभई कामदार स्वयमको पनि गल्ति हुन्छ, बिना सिप, बिना भाषाको ज्ञान, बिना अनुभव बैदेशिक रोजगारीको तयारीमा बैदेशिक रोजगारीमा जाँदा समस्या पर्छ । 

जे होस्, अधिकांश सर्वसाधारणको मुख्य गुनाशो र बैदेशिक रोजगारीको समस्याकै जड भनेकै चर्को रकम अशुली नै हो भन्न सकिन्छ । चर्को लागतमा बैदेशिक रोजगारीमा जानुपर्ने अनि चर्को लागतकै कारण महिनौं सोहि रकम चुक्ता गर्न बिदेशी भूमिमा आफ्नो परिसरम खर्च गर्नुपर्दा बैदेशिक रोजगारीमा गएकाहरु आक्रोशित हुने गरेका छन् । सरकारले ‘०’ कष्ट भने पनि के कारण बैदेशिक रोजगारीमा लागत बढ्छ त भन्ने बिषयमा केहि म्यानपावर संचालकहरुसँग हामीले बुझ्दा हामीलाई सारमा तलका निम्न कुराहरुमा ब्याख्या गर्न उचित ठान्यौं । 

कार्यालय/कर्मचारी/शाखा कार्यालय संचालन खर्च 

बिभिन्न म्यानपावरको बिभिन्न जिल्ला तथा व्यापारिक केन्द्रमा साखा कार्यालयहरु खुलेका छन् । साखा कार्यालय संचालन गर्ने खर्च केन्द्रीय कार्यालय वा साखा संचालन गर्ने व्यक्तिले व्यहोर्नुपर्ने हुन्छ । खर्च व्यहोर्नकै लागि पनि कम लागत पर्ने डिमाण्डमा पनि खर्च र केहि नाफा जोडेर उठाउँदा लागत बढ्न जान्छ । उदाहरण को लागि काठमाडौँमा मुख्य कार्यालय भएको म्यानपावरमा आएको डिमाण्डमा कामदार परिपूर्ति गर्न साखा कार्यालयले सहयोगी भूमिका खेल्न सक्छ तर साखा म्यानपावर संचालन सहित काठमाडौँको म्यानपावरसम्मको कार्यालय खर्च जोडेर लागत उठाउँदा बैदेशिक रोजगारीमा जाने कामदारको कष्ट बढ्न जान्छ ।   

एजेन्टको खर्च 

बैदेशिक रोजगारीको मुख्य रोगनै एजेन्ट मानिन्छ । एजेन्टले एक जना कामदार मिलाए बापत न्युनतम १० हजार अशुली गर्छन । त्यसमा पनि तलब हेरेर १० हजार भन्दा माथि ५० हजारसम्म अशुली एजेन्टहरुबाटै हुन्छ । अधिकांश म्यानपावर संचालहरुकै आफन्तहरु प्राय एजेन्टको रुपमा सक्रिय हुँदा पनि मनपरी अशुली हुन्छ । अर्को कुरा चर्को रकम अशुलिने डिमाण्डहरुमा म्यानपावरलाई एजेन्ट सबैभन्दा भरपर्दो लाग्छन् । उदाहरणओ लागि कुनै म्यानपावरले बैदेशिक रोजगारीको लागि ४ लाख अशुल्दैछ भने एजेन्ट मार्फत सो पैसाको अशुली सहज ठान्छ । अर्को कुरा एजेन्टले ल्याएको कामदारसँग म्यानपावरको सिधा सम्बन्ध नहुने हुँदा एजेन्टकै जिम्मेवारीमा कामदारहरु पाइने हुँदा केहि म्यानपावरहरु सिधा भन्दा एजेन्ट मार्फत आउने कामदारलाई प्राथमिकता दिएका हुन्छन् ।   

बिज्ञापन खर्च 

बैदेशिक रोजगारीमा जाने कामदारको लागत बढ्नुको अर्को कारण बिज्ञापन पनि हो । राम्रो डिमाण्डमा सहजै कामदार परिपूर्ति गर्न सकिने अवस्था हुने भएपनि साधारण डिमाण्डमा कामदारको कोटा पुरा गर्न म्यानपावरहरुलाई हम्मे-हम्मे पर्छ । यस्तो अवस्थामा म्यानपावरहरुले बिभिन्न स्रोत प्रयोग गर्छन् । जसमा बिज्ञापन मुख्य स्रोत हो । रेडियो तथा पत्र-पत्रिकामा बिज्ञापन दिनुपर्दा खर्च बढ्न जान्छ । त्यसमा पनि पत्रिकामा डिमाण्ड प्रकाशन गर्नु अनिवार्य हुन्छ । २ जनाकै लागि भने पनि बिज्ञापन दिनुपर्ने हुन्छ । 

पार्टीलाई खर्च 

पार्टी भन्ने बित्तिकै यहाँ फरक दुई प्रसंग जोडिन्छ । एउटा विदेशबाट कामदार छनोटमा आउने पार्टी र अर्को राजनीतिक पार्टी । वास्तवमा नेपाली म्यानपावरले दुबई किसिमका पार्टीलाई खर्च व्यहोर्नुपर्ने बाध्यता छ । बिभिन्न बहानामा राजनीतिक पार्टीलाई दिने चन्दा पनि कामदारकै थाप्लोमा पर्छन । एकजना म्यानपावर संचालकले आफ्नो नाम नखुलाउने सर्तमा आफुले बार्षिक कम्तिमा ३/४ लाखसम्म राजनीतिक दललाई चन्दा/सहयोग स्वरूप दिने गरेको बताए । त्यसो त बैदेशिक रोजगारीको क्रममा कामदार छनोटको लागि नेपाल आउने पार्टीलाई समेत म्यानपावरले खर्च गर्नुपर्ने हुन्छ । विदेशबाट आएको गेष्टलाई ५ तारे होटलमा राख्नेदेखि घुमाउनेसम्मको खर्च गराउनुपर्ने हुन्छ । कतिपय म्यानपावरका गेष्टले त अझ युवतीसँग रात बिताउनेसम्मको इच्छा प्रकट गर्छन् । यस्तो प्रस्ताव आएमा म्यानपावरले नै त्यसको जोहो गरिदिनुपर्ने हुन्छ । एक म्यानपावरका संचालकले यस बिषयमा खुलाशा गर्दै बिदेशी गेष्ट फकाउन ठमेलदेखि सम्पर्कमा रहेका होटल संचालकदेखि यौन धन्दामा लागेकासम्मलाई आफ्नो सम्पर्कमा राख्नुपर्ने बाध्यता रहेको बताए । उनले भने अनुसार गेष्टले खोजे अनुसारका युवतीहरु मिलाउनसम्म तयार हुनुपर्छ । जसको खर्च समेत कामदारकै थाप्लोमा आउँछ । अर्को कुरा विदेशबाट अन्तर्वार्ताको लागि आउने एचआर वा सम्बन्धित व्यक्तिलाई कसरी हुन्छ रिझाएर पठाउनुपर्ने पोलिसी नेपाली म्यानपावरहरुले प्रयोग गर्छन । एक पटक आफ्नो म्यानपावरमा आएको डिमाण्ड अर्कोमा नजाओस भन्ने उदेश्यले कामदारको अन्तर्वार्ताको लागि आउने गेष्टलाई हदैसम्मको खुसि बनाएर पठाउनुपर्ने हुन्छ । 

कागज मिलाउने तथा ढिलासुस्ती खर्च 

सरकारले ‘०’ कष्ट तोके पनि ब्यबहारमा म्यानपावरलाई सहज छैन । विदेशबाट डिमाण्ड आउने पक्का-पक्कि भएपछी एम्बेसीदेखिनै पैसाको चलखेल सुरु हुन्छ । म्यानपावरहरु एम्बेसीले छाप हान्दादेखिनै पैसा खुवाउनु[पर्ने बाध्यता रहेको गुनाशो गर्छन । उनीहरुले सरकारी निकाय पिच्छे बिभिन्न बहानामा पैसा खुवाउनुपर्ने बाध्यता रहेको गुनाशो गर्छन । जसको कारण प्रति कामदार ५ देखि १० हजारसम्म लागत खर्च बढ्ने गरेको छ । यो कागज मिलेन र त्यो मिलेन भन्ने बहानामा अशुली हुन्छ, कागज नमिलेको अवस्थामा पैसा खुवाए मिल्ने गरेको कारण पनि म्यानपावरहरुले कागज पेस गर्नुभन्दा पैसा खुवाउन नै सहज ठान्छन । त्यति मात्र हैन । ढिला सुस्तीको कारण पनि म्यानपावरले पैसा खर्च गर्छन । पैसा खुवाए काम छिटो बन्ने नत्र घन्टौं कुर्नुपर्नेसम्मको बाध्यता हुने हुँदा पैसाको चलखेल हुन्छ, जुन कामदारकै थाप्लामा पर्ने पैसा हो । 

अस्वस्थ प्रतिष्पर्धा 

कामदारलाई बैदेशिक रोजगारीमा जानको लागि कष्ट बढ्ने सबैभन्दा मुख्य कारण म्यानपावरहरु बीचकै अस्वस्थ प्रतिष्पर्धा हो । एउटा म्यानपावरमा आएको डिमाण्ड अर्कोले तान्न हदैसम्मको चलखेल हुने गरेका छन् यस्तो अवस्थामा आफ्नो क्लाइन्ट जोगाउने धुनमा वा अर्को आफ्नो म्यानपावरमा तान्ने धुनमा हदैसम्ममा प्रयास हुन्छन । एक पटक एउटा म्यानपावरमा आएको डिमाण्ड अर्को पटक अर्कै म्यानपावरमा जानु त्यसैको उदाहरण मान्न सकिन्छ । डिमाण्ड आफ्नो म्यानपावरमा तान्नकै लागि विदेशमा रहेको कम्पनीको मालिक वा एच.आर म्यानेजरसम्मलाई आफ्नो पक्षमा तान्ने कसरत हुन्छ । त्यसको लागि कमिसन वा बिभिन्न अफरहरु दिने गरिन्छ यस्तो अवस्थामा यतिसम्मको सम्झौता हुन्छ जसले बैदेशिक रोजगारीको लागि जाने कामदारको थाप्लोमा उक्त आर्थिक भार जोडिने गर्छन । पछिल्लो समय सबैभन्दा धेरै आर्थिक भार यसै कारण पनि थपिएको म्यानपावरहरु स्विकारछन् । उदाहरणको लागि: यस अघि निशुल्क भिषा टिकट दिएको कम्पनीलाई आफ्नो पक्षमा ल्याउन भिषा टिकट कम्पनीले दिनु नपर्ने कामदारबाटै उठाएर पठाउने अफर गर्दा विदेशको कम्पनीलाई फाइदा हुन्छ, अर्को कुरा यदी कम्पनीसम्म यस बिषय लागु नभएपनि सम्बन्धित एचआर म्यानेजरलाई कामदारबाट उठाएको पैसाको हिस्सा दिनेगरि सम्झौता भएको खण्डमा नेपालबाट उक्त कम्पनीमा जाने कामदारले उसलाई दिएको आर्थिक भारसमेत लागत खर्चको नाममा व्यहोर्नुपर्ने हुन्छ ।  

नियमन निकाय मौन 

बैदेशिक रोजगारीमा अस्वस्थता र मनपरी हुनुमा सबैभन्दा बढी जिम्मेवार नियमन निकाय पनि हुन् । नियमन निकायले बेला बखत नियमन गर्न खोजेजस्तो मिडियाबाजी गरे पनि उनीहरुले वास्तवमा काम भने गरेका छैनन् । म्यानपावरहरु जिम्मेवार निकायको नियन्त्रण बाहिर रहेको कुरा सबैमाझ छर्लंग हुँदा पनि त्यस्ता निकाय मौन छन् । नीतिमा जिरो कष्ट भएपनि लाखौँ अशुली हुँदा जिम्मेवार निकाय मौन बस्नु आफैमा संकास्पद छ । अर्को कुरा स्वयम् जिम्मेवार निकायहरुनै कामदारको लागत बढाउनमा उद्दत रहेको म्यानपावर संचालकहरुकै आरोप छ । हुने काम पनि कागज मिलेन, यसो भएन र उसो भएन भन्दै घुष माग्नेसम्मका काम भएका छन् । राजनीतिक दलहरुले समेत चन्दा माग्ने थलोको रुपमा म्यानपावरलाई पहिलो स्थानमा राखेका छन् । बैदेशिक रोजगारीमा ठगिमा परेपछी उजुरीका लागि आएका कामदारहरुलाई समेत मेलमिलापको बहानामा बिभिन्न समस्या देखाई जबरजस्ती कम खर्च दिएरै मिलाउने काम हुने गरेको छ । यसरी मेलमिलाप गराउँदा म्यानपावर र सम्बन्धित निकायकै केहि जिम्मेवार कर्मचारीकै मिलिमतो हुने आरोप पनि चर्चामा छन् । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article महोत्तरीमा पोखरीमा डुबेर एक महिलाको मृत्यु
Next Article महोत्तरीमा पोखरीमा डुबेर महिलाको मृत्यु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारराजनीति

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

1 year ago
काठमाडौँ - KTMराजनीति

सभामुखले बोलाएको सर्वदलीय बैठक सिंदरबारमा सुरु, के मा हुदै छलफल ?

57 years ago
खोटाङ्ग - KTGबैदेशिक रोजगार

पोल्याण्ड पठाईदिने भनि सयौं युवा ठग्ने ‘शरन’ दुवईमा मोजमस्ती गर्दै

57 years ago
काठमाडौँ - KTMसूचना प्रबिधि

क्यान इन्फोटेक २०१९ माघ १५ देखि २० सम्म, नयाँ–नयाँ प्रविधिको अवलोकन सँगै जागिरको अवसर पनि

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?