2026-10-15 04:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चको अध्यक्षका लागि चार जना आकांक्षी !

मनोज पराजुली | माघ १८, काठमाडौं | प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको शुक्रबार हुने अधिवेशनका लागि चार जना व्यवसायीहरु अध्यक्षका लागि दावेदारीमा देखिएका  छन् । 

मञ्चको आगामी अध्यक्षका लागि कार्यवाहक अध्यक्ष हरिबहादुर पाण्डे क्षेत्री, वरिष्ठ उपाध्यक्ष भिष्मराज शर्मा शिवाकोटी, महासचिव राजेन्द्र भण्डारी र सल्लाहकार चित्रगुप्त साँवा लिम्बू आकांक्षी देखिएका हुन्  । 

माथिको तश्विरमा: मञ्चको कार्यवाहक अध्यक्ष हरिबहादुर पाण्डे क्षेत्री ।

मञ्चको अध्यक्षका लागि सहमतिको  प्रयास जारी रहेको भन्दै आफ्नो पक्षमा सहमति हुन नसके लोकतान्त्रिक पद्धती अनुसार निर्वाचनमा जाने  कार्यवाहक अध्यक्ष हरिबहादुर पाण्डेले साझा सबाललाई बताए । कुनै पार्टी र व्यक्तिको दवाबमा कोहि व्यक्तिलाई संगठनको पेवा बनाइए त्यसलाई स्वीकार गर्ने कुरा रहन्न उनले भने “सम्भव भएसम्म सहमति गरेर वरिष्ठताको आधारमा नेतृत्व चयन हुनुपर्छ ।’’

मञ्चका तत्कालीन अध्यक्ष नरेश गेलाल राजिनामा गरेर नेपाल वैदेशिक रोजगार व्यवसायी संघको महासचिवमा उम्मेदवार बनेपछि पाण्डे कार्यवाहक अध्यक्ष, शर्मा वरिष्ठ उपाध्यक्ष, भण्डारी महासचिव र लिम्बू सल्लाहकारको जिम्मेवारीमा रहँदै आएका छन् ।

त्यस्तै प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चको महासचिवका लागि डिकबहादुर खत्री कुमार, सुरजकुमार घुण्डे गुरुङ आकांक्षी देखिएका छन् । 

विधान संशोधनसंगै कार्यसमिति ३१ सदस्यीय हुने 

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको आगामी कार्यसमिति ३१ सदस्यीय हुने भएको छ । मञ्चको बैठकले हालको विधान संशोधन गरी  अध्यक्ष,वरिष्ठ उपाध्यक्ष, महासचिव, दुई जना उप–महासचिव र  ७ प्रदेशवाट ७ जना  सचिव गरी ३१ सदस्यीय कार्यसमिति बनाउने निर्णय गरेको कार्यवाहक अध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीले जानकारी दिए । 

मञ्चको अधिवेशन भोलि राजधानीको नयाँ बानेश्वरस्थित अल्फाबिटा हाउसमा हुँदैछ  ।

साझासबाल अनलाइनको बैदेशिक रोजगार संस्करण हेर्न यहाँ क्लिक गर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन