2026-10-15 03:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमनमा अलपत्र २० नेपालीमध्य ११ जना बन्धक

माघ १९,काठमाडौँ । वैदेशिक रोजगारीका लागि ओमन पुगि लामो समय देखि अलपत्र परेका २० नेपालीको अबस्था चिन्ताजनक बनेको छ । 

अलपत्र पर्नेहरुमा यम बहादुर चौहान, द्वारिका प्रसाद चौधरी, रबिन्द्र कुमार चौधरी, रामु गिरी, शङ्खर मिजार, राम ललित कुमार यादव, वसन्त गिरी, थके बुढा, खिमबहादुर थापा, रत्ना जंग राई, गोकर्ण त्रिपाठी, बिक्रम राई, राजेन्द्र गिरी, ज्ञान् बहादुर थापा, कुमार चौहान छेत्री, राजकुमार तामाङ, देव बहादुर बिक, शिर बहादुर खत्री, तेजेन्द्र राना र रेशम कुमार चौधरी रहेका छन जसमध्य ११ जनाको अवस्था निक्कै नाजुक बनेको छ ।

काठमाडौको होनेस्टी ओभरसिज प्रालिबाट ओमनको मुवाराद वादी मोर्डन ट्रेड कम्पनीमा स्काफफोल्डिङको काम गर्न भनी गत नोबेम्बर २६ मा गएका २० जना मध्य ११ जनालाइ अहिले ओमनको राजधानी मस्कटबाट झन्डै १ सय २० किलोमिटर टाढा बर्का भन्ने ठाउँमा बन्धक बनाइ राखिएको स्रोतले बताएको छ ।

सुरुमा २० जनालाई सँगै राखिएको भएपनि केहि दिन अघि २० जनामध्ये ९ जनालाई कम्पनी होस्टेलमा र ११ जनालाइ ठाउँ परिवर्तन गरि टाढा राखिदिएपछि उनीहरु झनै समस्यामा परेको जानकारी जन प्रगतिशील मन्च ओमनका प्रमुख संरक्षक मुन्नाबाबु परियारले खबरडबलीलार्इ जानकारी दिएका छन । 

एक्कासि ठाउँ परिवर्तन गरि मोटरबाटोबाट झन्डै ३ किमि भित्र एकान्त ठाउँमा राखेको रहेछ मोबाइल चलाउन पनि समस्या ,पीडितले दूतावासलाई निवेदन दिएको पनि तीन हप्ता बित्यो तर कुनै पहल भएन हामीले बारम्बार भनेका छौ सुन्दैनन अब कसरी उद्दार गर्न परियारको भनाइ छ ।

‘मेनपावरले पनि झुक्याउने काम मात्रै गर्यो यता नेपाली हरु अलपत्र छन उता मेनपावर संचालक फारुक खानले परिवारलाई पुरै तलब दिएको छ भनी भ्रम छर्दै रहेछ’ उनले भने ‘यहाँ साथीहरूको ज्यान जाला भन्ने पीर छ ।’ 

कम्पनी मालिकले बन्धक बनाइएको छ धम्काउने तर्साउने गर्छ पुलिस बोलाउछु जेल हाल्छु भन्दै पीडितलाई झनै पीडा दिएको रहेछ दूतावासले यस्तो अबस्थामा पनि चासो नदिएको भन्दै परियारले आक्रोश व्यक्त गरेका छन ।

यता ओमनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले केहि दिन अघि नै समस्या समाधान हुने बताएपनि हालसम्म समस्या समाधान गर्न कुनै पहल नगरेको पीडितको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु