2026-09-24 02:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा जानेहरुको सानो कमजोरीले समस्या बिकराल बन्दै

किरण भट्टराई/माघ २५, सप्तरी । जिल्लाबाट वैदेशिक रोजगारीमा जाने अधिकांश कामदारले मेनपावरसँग सोझै आर्थिक कारोबार नगरी स्थानीय ‘एजेण्ट’सँग गर्ने गरेको पाइएको छ । 

वैदेशिक रोजगारीको क्रममा पीडित भएका र जाने तयारीमा रहेका अधिकांशले आफूले मेनपावरलाई नभई जिल्लाकै एजेण्टलाई पैसा बुझाएको बताएका छन् । 

डाक्नेश्वरी नगरपालिकाका कुशेश्वर मुखियाले मलेसियामा राम्रो काम र तलबको अवसर आएको भन्दै प्रलोभनमा पारेपछि खड्कपुर नगरपालिकाका दिलीपकुमार दासले उनलाई दुई वर्षअघि रु एक लाख ५० हजार दिनुभयो । 

विदेश जाने भन्दै पटक/पटक काठामाडौँ पनि पुग्नुभयो । स्वास्थ्य परीक्षणलगायत प्रक्रिया पूरा गरेपनि उहाँको विदेश जाने मेलो भने मिलेन । पछि एजेण्टले मलेसियाको भएन, कतार पठाइदिन्छु भन्दै उहाँलाई झुलाइरह्यो । पछिल्लो डेढ वर्षदेखि एजेण्ट मुखिया सम्पर्कमा आउन छोडेको दास बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “डेढ वर्षदेखि उसको फोन पनि लाग्दैन, भेट पनि भएको छैन । उसको श्रीमतीले समेत दुई वर्षदेखि श्रीमान्सँग भेट भएको छैन भन्छिन् ।” उहाँजस्तै सुन्दर दाससँग पनि उनै मुखियाले मलेसिया पठाउने भन्दै रु एक लाख ५० हजार लिएका छन् । 

विदेश जानका लागि काठमाडौँमा आएर स्वास्थ्य परीक्षण गर्दा दास अनुतीर्ण हुनुभयो । एक महिना औषधि खाएर अर्को पटक जाँच गर्दा उत्तीर्ण होइन्छ भन्दै एजेण्ट मुखियाले उहाँलाई गाउँमा पठाए । 

त्यसपछि औषधि खाएर स्वास्थ्य परीक्षण गर्न खोज्दा पनि एजेण्ट मुखियासँग भेट हुन सकेको छैन । नत उहाँले रु डेढ लाख रकम फिर्ता पाउन सक्नुभएको छ । 

रुपनी गाउँपालिका– ६ वनपोखरीका अनिल यादव र उहाँका भाइ राम दयाल यादवलाई स्थानीय खेरबबानाका एजेण्ट मोहम्मद उस्मान मियाले रु एक लाख ४५ हजारका दरले रु दुई लाख ९० हजार लिएर मलेसिया पठाए । 

उहाँलाई अल्मुनियमको झ्याल ढोका बनाउने काम भनिए पनि मलेसिया पुगिसकेपछि फलाम काट्ने काममा लगाइयो । वैशाख २८ गते मलेसिया गएका उहाँहरु भनेअनुसारको काम नपाएपछि जेठ २९ गते नेपाल फर्किनुभयो । फर्कदा थप रु एक लाखभन्दा बढी रकम तिर्नुप¥यो । 

आफूहरुलाई पठाउने कलंकीस्थित खोजी मेनपावरमा गएर कुरा गर्दा पैसा जसलाई दिएको हो त्यहीसँग माग्नु भन्दै उहाँहरुलाई फिर्ता पठाइयो । एजेण्ट मियालाई भेट्दा अर्को ठाउँमा पठाइदिन्छु थप रु ५० हजारका दरले रकम तिर्नुपर्ने भने । उहाँहरुले विदेश नजाने भन्दै पहिले जाँदा लागेको रकम फिर्ता दिन आग्रह गर्नुभयो । 

एजेण्ट मियाले त्यसपछि उहाँहरुको फोन उठाउनै छाडे । अहिले सम्पर्ककमै छैनन् । सय कडा तीन ब्याज तिर्ने गरी ऋण लिएका उहाँहरुले ब्याज र साँवाले चेप्दै लगेको छ । 

यस्तै रुपनीकै जीतेन्द्र यादवले विदेश जाने भन्दै गत वैशाखमा रु एक लाख ५० हजार उस्मान मिया र आनन्द चौधरीलाई दिनुभयो । पछि घरायसी कारणले उहाँले नजाने बताएपछि रु ४९ हजार फिर्ता पाउनुभयो भने बाँकी रु एक लाख एक हजार अझै फिर्ता पाउनुभएको छैन । 

यी त भए प्रतिनिधि घटनामात्रै । जिल्लाबाट जाने प्रायः सबैले काठमाडौँ आउनु अघि नै एजेण्टलाई रकम दिने गरेका छन् । यसरी रकम दिँदा उनीहरुले कुनै कानूनी कागज गर्ने गरेका छैनन् । 

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ विशेष गरी मधेशी समुदायका व्यक्तिले विदेश जाँदा मेनपावरलाई भन्दा स्थानीय एजेण्टलाई बढी विश्वास मान्ने गरेको बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “भाषाका कारण पनि होला, उनीहरुले गाउँघरतिरकै एजेण्टलाई पत्याउँछन् । हामीले पैसा माग्दा दिँदैनन्, एजेण्टलाइनै दिन्छु भन्छन् ।” 

नचिनेको मेनपावरका मान्छेभन्दा केही भइहालेमा स्थानीय एजेण्टसँग रकम उठाउन सजिलो हुन्छ भन्ने मनोविज्ञानले पनि काम गरिरहेको उहाँको भनाइ छ । सुरक्षित आप्रवास परियोजना (सामी)का जिल्ला संयोजक रामप्रवेश मण्डलले एजेण्ट गाउँघरकै हुने र पुरानो चिनजान हुने भएकाले विश्वासका कारण उसैलाई रकम दिने गरेको पाइएको बताउनुभयो । 

एजेण्टले पनि शुरुदेखि नै रकम आफैँलाई दिनुपर्छ भन्दै कामदारलाई फकाउने गरेको भेटिएको मण्डल बताउनुहुन्छ । यसरी विचौलियकासँग आर्थिक कारोबार गर्दा कानूनीरुपमा कामदार कमजोर बनिरहेको हुन्छ । कानूनीरुपमा कागज नगरेकै कारण उसले आफूले दिएको रकम फिर्ता पाउने सम्भावना न्यून रहन्छ । 

आफूले बुझाएको रकमको कागज गरेर मात्रै कामदारले मेनपावरलाई रकम बुझाउनुपर्ने सन्देश प्रवाहलाई सशक्तरुपमा पु¥याउन आवश्यक छ । सो व्यवहार कार्यान्वयनमा आउनसकेमा वैदेशिक रोजगारीसम्बन्धी ठगीका आधाभन्दा बढी समसया समाधान हुन सक्छन । 

कामदारलाई भोलि कुनै समस्या परेमा सहजै क्षतिपूर्ति र उद्धार हुनसक्ने सरोकारवाला बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ