२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

गाउका ८० प्रतिशत युवा वैदेशिक रोजगारीमा

२०७४, ३ फाल्गुन बिहीबार ११:२६

फागुन ३, बारा | मुलुकमा बढ्दो बेरोजगारीको कारण बाराको सिंगो गाउँको ८० प्रतिशत युवा वैदेशिक रोजगारीमा गएका छन् । 

जितपुर सिमरा उपमहानगरपालिका–२४ हरपुर गाउँका ८० प्रतिशत युवा वैदेशिक रोजगारीमा गएका छन् । 

यादव र मुस्लिमको बसोबास रहेको हरपुरका युवा वैदेशिक रोजगारीमा छन् । उनीहरु वैदेशिक रोजगारीको शिलशिलामा मलेशिया, कतार, दुबई, ओमान, साउदी अरबलगायत मुलुकमा रोजगारीमा रहेका छन् । 

सामान्य लेखपढ गरी कमाउँदै आएको रकमबाट घर खर्चसमेत चलाउन धौधौ परिरहेको बेला गाँउका युवा विस्तारै विदेशिने क्रम बढेको छ । यहाँको कमाइले छाक टार्न धौधौ पर्न थालेपछि युवा विदेशिने क्रम बढेको हो । दुई दशक पहिला बसोबास गर्नेको अवस्था निकै दयनीय थियो । गाउँमा स–साना कच्ची घरमात्र थिए । 

“पहिलापहिला गउँमा एउटा÷दुईवटा पक्की घर थिए, अहिले गाउँमा पक्की नै पक्की घर देख्न पाइन्छ,” स्थानीयवासी गीता थापाले भन्नुभयो । चार सय ७० घरधुरी रहेको हरपुरका युवा विदेशमा श्रमगरी पर्याप्त कमाइ गर्न थालेपछि गाउँको मुहारै फेरिन थालेको छ । गाउँको प्रत्येक घरमा एक जनादेखि पाँच जनासम्म विदेशमा गई श्रम गरिरहेका छन् । 

विदेशको कमाइबाट गाउँका युवाले साना तथा ठूला सवारीका साधन समेत जोडिसकेका छन् । विदेशको कमाइले स्थानीयवासीले जग्गा जमिन जोड्दै छोराछोरीलाई महँगो शुल्क तिरेर निजी विद्यालयमा पढाउन थालेका छन् । 

“छ वटा छोरामध्ये चार छोरा विदेशमा श्रम गरिरहेका छन्,” स्थानीयवासी करिसन खातुनले भन्नुभयो । 

गाउँको ६०० भन्दा बढी युवा विदेशमा गई श्रम गरेपछि मासिक रु ५० लाखभन्दा बढी रकम भित्रिने गरेको वडा नं २४ वडाध्यक्ष इलियास अन्सारीले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने