2026-10-15 05:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरब, ओमन र बहराइन जाने कामदारलाई थपियो आर्थिक भार

फागुन १८, काठमाडौं । साउदी अरब, ओमन र बहराइन जाने कामदारलाई मेडिकलका नाममा थप सास्ती सिर्जना गरिएको छ । 

अब यी देश जाने कामदारले मेडिकलका लागि अनलाइन आवेदन भरेर क्रेडिट वा मास्टर कार्डमार्फत शुल्क भुक्तानी गर्नुपर्नेछ ।

गल्फ कोअपरेसन काउन्सिल (जीसीसी)ले नयाँ नियम लागू गर्दै गाम्का नेपाल बन्द गराएको छ । नेपालसिहत इन्डोनेसिया र श्रीलंकाको गाम्का संस्था खारेज गरेको हो ।

अब साउदी अरब, ओमन र बहराइन जाने कामदारले अनलाइनमा आवेदन भरेर त्यसैका आधारमा तोकिएका मेडिकलमा गएर स्वास्थ्य परीक्षण गराउनुपर्नेछ ।

अब कामदारले स्वास्थ्य परीक्षणका लागि अनलाइनको ‘बुक योर एपोन्टमेन्ट’ मेनुमा विवरण भरेर जीसीसी स्लिप जेनरेट गर्नुपर्छ । त्यसबाटै आफूलाई पायक पर्ने मेडिकलमा एपोन्मेन्ट लिनुपर्नेछ । कतिपय अवस्थामा सिस्टमले नै मेडिकल छान्नेछ ।

यो एपोन्टमेन्ट लिन अनलाइनबाटै जीसीसीलाई रजिष्ट्रेशनका बापत १० डलर भुक्तानी गर्नुपर्छ । यसले काकदारलाई थप आर्थिक भार थप्नेछ । अहिले गाम्का अन्तरगत ११ वटा मेडिकल छन् । यि मेडिकलमा कामदारले ५५ सय रुपैयाँ तिरिरहेका छन् ।

गाम्काले झण्डै १८ महिनाअघि देखिनै थप १० डलर उठाउन खोजेको थियो ।  तर, सरकारले कामदारलाई आर्थिक भार सिर्जना गर्ने गरी थप १० डलर लिन गाम्कालाई अनुमति दिएको थिएन । राष्ट्र बैंकले यसरी संकलित रकम विदेश लैजान नदिने भनेपछि जीसीसीले अनलाइनबाटै रकम बुझ्ने व्यवस्था लागू गरेको हो ।

म्यानपावर व्यवसायीले भने सरकारको स्वीकृति बेगर यस्तो व्यवस्था लागू गर्दा कामदार मर्कामा पर्ने बताएको छ । अहिले विदेशिने कामदारले डेबिट/क्रेडिट कार्डमार्फत भुक्तानी गर्न सक्ने अवस्था छैन । कमाउन जान लागेका कामदारलाई जीसीसीले अनावश्यक झन्झट सिर्जना गरिदिएको छ ।

यि तीनदेशमा जाने नेपालीको संख्या ठूलो छ । मेडिकलमा नाममा अहिले विदेशिने कामदारलाई अनावश्यक आर्थिक भार सिर्जना गर्न रोजगारदता देश अग्रसर भएका छन् ।

युएईले स्वास्थ्थ परीक्षणका नाममा ४ हजारभन्दा बढी रजिष्ट्रेसन शुल्क उठाउँछ भने अब कतारले पनि यस्तै रकम उठाउने संस्था स्थापना गर्न लागेको छ । अनलाइनखबरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो