2026-10-15 04:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जताततै सिण्डिकेट राखेर म्यानपावरलाई मात्र किन दोष ?’ – गेलान

मनोज पराजुली | चैत्र ५, काठमाडौँ । नेपाल बैदेशिक रोजगार व्यवसायी संघले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई सहयोग गर्न तत्पर रहेको जनाएको छ ।  गोकर्ण विष्टले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा जिम्मेवारी लिएसंगै बिभिन्न निर्देशन आउन थालेपछि संघले आफ्नो धारणा सार्वजनिक गरेको हो । 

‘गलत गर्नेलाई कारवाही हुनुपर्यो, त्यो भन्दा अगाडी सिण्डिकेटहरु खारेज गर्नुपर्यो, त्यसपछि म्यानपावर भित्र पनि केहि कमि कमजोरी छन् भने सुधार गर्न व्यवसायी तयार हुनुपर्छ’ नेपाल बैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलानले भने ”व्यवसायीलाई दु:ख दिने भन्दा पनि गलत गर्नेलाई कारवाही गर्छु भनेका हुन् भने श्रम मन्त्रीलाई व्यवसायीको पूर्ण सहयोग हुन्छ ।”

महासचिव गेलानले भने  ‘नेपाली कामदार कुनै देश जान पाउने, नपाउने तथा उसको प्रमाणपत्र कुनै एक निजि सस्थाले  दिने कुरा हुन सक्दैन, त्यसमा पनि ३ हजार २ सय शुल्क लिने काम बन्द गर्नुपर्छ’ । उनले भने ‘मेडिकलको नाममा देखिएको सिण्डिकेट खारेज हुनुपर्छ।’

साउदीले  पछिल्लो समय लिंदै आएको थप १० डलर शुल्क लगायत  युएइले कामदारको प्रमाणपत्रमा छाप हान्ने नाममा लिंदै आएको शुल्क समेत खारेज गरेपछि मात्र म्यानपावर व्यवसायी भित्र कुनै कमी कमजोरी छन् भने सच्चिन समेत तयार रहने  महासचिव गेलानले जिकिर गरे । ‘तर सबै सिण्डिकेट यथावत रहने, बदमासी गर्नेले बदमासी गरिरहने अनि खालि म्यानपावरले मात्र यो गर्यो र त्यो गर्यो भनेर अनावश्यक प्रचारवाजी गर्नु त भएन नि ?’ उनले प्रति प्रश्न गरे ।  गलत गर्नेलाई कारवाही  गर्ने कुरामा व्यवसायी चिन्तित छैनन् भन्दै उनले थपे ”मन्त्रीको निर्देशनले व्यवसायी चिन्तित नभई गलत ढंगले व्यवसाय गर्ने र बैदेशिक रोजगारका नाममा ठगि गर्नेहरु मात्र आतंकित भएका हुन्।”  

यस अघि केपीशर्मा ओली सरकारमा नयाँ मन्त्रीहरुले जिम्मेवारी लिएसंगै सुरुवातबाटै कडा निर्देशन दिन थालेपछि बैदेशिक रोजगारको नाममा ठगि गर्नेहरु शसंकित बन्दै आएका छन् । बिहिबार मात्र श्रम मन्त्री बनेका श्रममन्त्री गोकर्ण विष्टले ठगि गर्ने म्यानपावरहरुको सुची मागेको कुरा बैदेशिक रोजगार बिभाग स्रोतले जनाएको छ ।  यस अघि ठगीको मुद्दा परेका भनिएका म्यानपावरलाई के-कस्तो कारवाही गरिएको छ, त्यस्ता म्यानपावरविरुद्ध के कस्तो कारवाही भएको छ, सोको बारेमा समेत श्रममन्त्रीले चासो देखाएका थिए।  श्रममन्त्री गोकर्ण विष्टले पटक-पटक म्यानवापरले पुनः ठगी गरेको तथा त्यस्तो हुन नदिन र आवश्यक परे कारबाही समेत गर्नको लागि ठगिको उजुरी परेका म्यानपावरको सुची पेस गर्न यस अघि नै वैदेशिक रोजगार विभागलाई निर्देशन दिइसकेका छन्  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव