2026-10-15 04:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश उड्न लगेज बोकेर म्यानपावर पुगेका युवाहरुको बिचल्ली, बजाज ओभरसिज करोडौं उठाएर फरार !

अनिल अधिकारी / मनोज पराजुली | चैत ६, काठमाडौँ | बैदेशिक रोजगारमा कुवेत पुर्याउने भन्दै बजाज ओभरसिस म्यानपावरले झन्डै तीन सय भन्दा बढी युवालाई ठगि गरेको छ । कुवेतको ग्लोबल एक्सल र गल्फ कष्ट कम्पनीमा पठाउने भन्दै न्यु ब्लु स्टार ओभरसिसमा आएको डिमाण्डलाई आधार बनाई उक्त म्यानपावरले सयौं युवालाई ठगि गरेको हो ।

माथिको तश्विरमा: कुवेतको ग्लोबल एक्सल कम्पनीको डिमाण्ड, यही डिमाण्ड देखी बजाज ओभरसिजले युवाहरुलाई ठगि गरेको हो ।

पिडितहरुले तीन सय भन्दा बढीको माग भएको दुई कम्पनिको छुट्टाछुट्टै डिमाण्ड अनुसार सोहि अनुपातमा कामदारसँग प्रतिव्यक्ति ६० हजारदेखि १ लाख ६० हजारसम्म असुली गरेर संचालक फरार भएको बताएका छन् । 

कुवेतका दुई कम्पनीमा ड्राइभर, सेक्युरिटी गार्ड, मेसन र जेनरल वर्कर पदमा पठाईदिने भन्दै झन्डै डेढ करोड भन्दा बढी रकम अशुल गरि बजाज ओभरसिजका संचालक बताउने सर्लाहीका उमेश कटुवाल फरार भएका हुन् ।

कटुवाल फरार भएपछि म्यानपावर छाडेर भागेका म्यानपावरका म्यानेजर बताउने सर्लाही वरहथवाका रामेश्वर सिङलाई पिडितहरुले दिएको सूचनाको आधारमा प्रहरीले पक्राउ गरि बैदेशिक रोजगार बिभागमा आज करिव ५ बजे उपस्थित गराएको छ ।  पक्राउ परेका रामेश्वरले विदेश जाने कामदारलाई भने प्रेम नाम बताउने गरेको पिडितहरुले साझा सबाललाई बताएका छन् । 

माथिको तश्विरमा: पक्राउ परेका म्यानेजर रामेश्वर सिङ – म्यानेजर (बायाँ), संचालक बताउने फरार उमेश कटुवाल (रातो एरोले देखाएको व्यक्ति)

माथिको तश्विरमा: ठगिमा परेका युवाहरु ।

टिकट ल्याउछु, भनेर गएका संचालक फरार 

पीडित मध्येका अनिल विश्वकर्माले लगेज शनिबारदेखि म्यानपावरको कार्यालय भित्रै थुनिएको बताए । विदेश जान शुक्रबार घरबाट बिदा मागेर आएका उनलाई म्यानपावरले ठगि गरेको कुरा त्यसबेला मात्र थाहा भयो जति बेला एयरपोर्ट पुगिसक्नु पर्ने दिन म्यानपावरमै बास बस्नुपर्यो । शुक्रबार बेलुका ७ बजे एयरपोर्टभित्र पुगिसक्नुपर्ने भनेर तयार भई म्यानपावर पुगेका उनी सहित २५ जनालाई म्यानपावरमै कुर्न लगाई टिकट ल्याउछु भन्दै गएका संचालक कटुवाल प्लेन उड्नेबेला सम्म पनि म्यानपावर नफर्कंदा ठगिएको थाहा पाए । उनले भने -‘त्यस दिन मसहित २५ जनालाई उडाउने भन्दै घरबाट बोलाइएको थियो । तर टिकट लिन भनेर गएका संचालक नौ बज्दासम्म फर्किएनन् ।’ उनले आफु सहित झन्डै तीन सय जनालाई उक्त म्यानपावरले ठगि गरेको दावी गरे ।

माथिको तश्विरमा: पीडितहरुसँग ठगले अशुली गरेको पैसाको भरपाई तथा फिर्ता दिईएको ब्ल्यांक चेक ।

त्यस्तै अर्का पीडित बिशाल सुनुवारले ठगिएको भन्ने थाहा पाएपछी सबैतिर बुझ्दा म्यानपावरले सबै काम नक्कली गरेको भन्ने थाहा पाएको बताए । उनले भने – ‘म्यानपावर छ, बोर्ड टागेर कार्यालय चलाएको छ, हामीले विश्वास नगर्ने कुरै भएन, तर अहिले आएर सपना जस्तो लाग्दैछ । उसले म सहित ३ सय जनालाई ६ महिनादेखि पटक-पटक पैसा अशुली गर्दै ठगेको पो रहेछ ।’

यस बिषयमा पडितहरुले आज बैदेशिक रोजगार बिभागमै उपस्थित भई आफ्नो समस्या पोखेका छन् । झन्डै ५० जनाको संख्यामा बिभाग पुगेका पिडितहरुले आफु ठगिएको भन्दै बिभाग समक्ष न्याय मागेका हुन् । पिडितहरु मध्ये एक जनाले आक्रोशित हुँदै आफुहरुलाई ठग्ने म्यानपावरको बारे यस अघि बैदेशिक रोजगार बिभागमा उजुरी गर्दा बिभागले ठगको तीन पुस्ते ल्याउन आग्रह गरेको आरोप लगाए । उनले भने ‘बकाइदा बोर्ड राखेर चलेको म्यानपावर सहि हो वा गलत हामीलाई के थाहा ? डिमाण्डदेखि श्रम गर्दा समेत सबै कुरा सहि हो जस्तै लाग्यो तर अहिले ठगिएपछी सबै कुरा हेर्दा त नक्कली पो रहेछ ।’ 

माथिको तश्विरमा: नक्कली श्रमस्वीकृति । 

पीडितहरुले दिएको जानकारीको आधारमा साझा सबालले म्यानपावरबारे जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन । त्यस्तै डिमाण्ड ल्याउने न्यु ब्लु स्टार ओभरसिजसँग बुझ्न सम्पर्क गर्दा वेबसाइटमै रङ्ग नम्बर राखिएको पत्ता लागेको छ । घटनापछी बैदेशिक रोजगार बिभागका महानिर्देशक भुवन आचार्यले दोषीलाई बिभागमा मंगलबार ढिला उपस्थित गराइएको कारण बुधबार थप जानकारी गराउने बताए । 

श्रममन्त्री बिष्टको ध्यानाकर्षण 

यसै बिषयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले दोषी उपर कडा कारवाही गर्ने साझा सबालसँग प्रतिबद्दता व्यक्त गरेका छन् । उनले ठगिमा मुछिने जो कोहिलाई पनि आफुले नछाड्ने भन्दै यस घटनामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले भने – ‘म यस बिषयमा भोलीनै जानकारी लिएर दोषीलाई कडा कारवाही गर्न निर्देशन दिन्छु ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव