2026-10-15 04:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार व्यवसायीहरुकै अगाडी मन्त्री विष्टको यस्तो चेतावनी (फोटो/भिडियो सहित)

चैत ७, काठमाडौँ | श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले बैदेशिक रोजगारीमा हुने बेथिति रोक्न कडा कदम चाल्ने उद्घोष गरेका छन् | उनले बैदेशिक रोजगारीमा भएको बेथिति नियन्त्रणको लागि नाताको नाममा, चिनेको साथीको नाममा वा कोहि पार्टीको नाममा कहि-कतै क्षेमा नहुने बताएका हुन् | 

मंगलबार बेलुका नेपाल बैदेशिक रोजगार व्यवसायी संघले काठमाडौँको नयाँ बानेस्वर स्थित अल्फाविटा हाउसमा आयोजना गरेको बधाई तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बिष्टले सरकार आफैले रोजगारीको वातावरण बनाउन आगामी पाँच बर्षमा सक्दो काम गर्ने बताए | उनले आर्थिक संरचना निर्माण गर्न सरकार गम्भीर भएको भन्दै चरणबद्ध बिभिन्न बिज्ञहरुसँग छलफल तथा समन्वय गर्ने र नीति तथा योजनाका साथ अघि बढ्ने बताए | 

मन्त्री विष्टले नेपालको श्रम बजारले नेपालीलाई नेपालमै रोजगारी दिन नसक्दासम्म बैदेशिक रोजगारी कायम रहने भन्दै यसलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे | उनले भने – ‘बैदेशिक रोजगारीमा समस्याहरु छन्, जटिलताहरु छन्, यसलाई सच्याएर अगाडी बढ्नुपर्नेछ | बैदेशिक रोजगारीलाई सरल, शुलभ, पारदर्शी, भरपर्दो, जवाफदेही र गुणस्तरीय बनाउन सरकारले खुट्टा कमाउने छैन |’  

नेपाल बैदेशिक रोजगार व्यवसायी संघकै आयोजनामा सय भन्दा बढी म्यानपावर व्यवसायीको उपस्थितिमा भएको उक्त कार्यक्रममा बोल्दै मन्त्री बिष्टले म्यानपावर व्यावसायीहरुलाई सरकारले लिएका नीतिहरुलाई टेकेर व्यवसायीहरुले आफ्नो व्यवसायलाई थप मर्यादित पारदर्शी, भरपर्दो र जवाफदेही बनाउन आग्रझ समेत गरे | 

बैदेशिक रोजगारीको क्रममा हुने बिभिन्न सिन्डिकेटले म्यानपावर व्यवसायीहरु मारमा परेको भन्ने नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको भनाईलाई इंगित गर्दै मन्त्री बिष्टले कुनै पनि बहानामा खडा गरिएको सिन्डिकेटलाई हटाउने बताए | मन्त्री बिष्टले यसो भन्दै गर्दा व्यवसायीहरुले जोडदार ताली बजाएका थिए | 

मन्त्री बिष्टले रेमिट्यान्सले देशको अर्थतन्त्रमा ठूलो भूमिका खेलेको भन्दै त्यसमा बैदेशिक रोजगार व्यावसायीको ठूलो हात रहेको तर पनि पनि यो व्यवसाय किन अनेक प्रकारको प्रश्न उठेका छन् भन्दै प्रतिप्रश्न गरे | उनले भने ‘राज्यको कारणले केहि कमिहरु भएका कारणले छन् भने ठिक छ छलफल गरौँ तर कानुन लागु हुने सन्दर्भमा व्यवसायीहरुबाट कहिकतै कानुनलाई अवज्ञा गर्ने, झंजट थप्ने र बैदेशिक रोजगारीको बिषयलाई एउटा बदनामीको बिषय बनाउने काम गरेमा सरकार कुनै पनि कडा कदम लिन पछी पर्ने छैन |’ उनले चेतावनीका साथ भने – ‘मैले घोषणा गरिसकेको छु, कहिँ नजिकको नाताको नाममा, चिनेको साथीको नाममा, कोहि पार्टीको नाममा कहिकतै क्षेमा हुने छैन |’ 

मन्त्री विष्टको अभिव्यक्तिलाई तलको भिडियोमा हेर्न तथा सुन्न सक्नुहुनेछ | 

नेपाल बैदेशिक रोजगार व्यावसायी संघका महासचिव नरेश गेलानले संचालन गरेको कार्यक्रममा प्रमुख अथितिको रुपमा श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट सहित एमाले नेता तथा कर्णाली प्रदेशका मन्त्री प्रकाश ज्वाला, पुर्व श्रममन्त्री तथा माओवादी नेता लेखराज भट्ट लगायत बैदेशिक रोजगार व्यावसायी संघका पदाधिकारी लगायत बिभिन्न म्यानपावर व्यवसायीहरुको उपस्थिति रहेको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव