2026-10-15 04:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कसरी ठग्यो- बजाज ओभरसिज म्यानपावरले तीन सय नेपाली ? (भिडियो हेर्नुहोस्)

अनिल अधिकारी |

चैत ७, काठमाडौँ | बैदेशिक रोजगारमा कुवेत पुर्याउने भन्दै बजाज ओभरसिस म्यानपावरले झन्डै तीन सय भन्दा बढी युवालाई ठगि गरेको खुलेसंगै नेपालमा हुने बैदेशिक रोजगारीको ठगि प्रकरण र यस भित्रको समस्या छताछुल्ल भएको छ । कुवेतको ग्लोबल एक्सल र गल्फ कष्ट कम्पनीमा पठाउने भन्दै न्यु ब्लु स्टार ओभरसिसमा आएको डिमाण्डलाई आधार बनाई उक्त म्यानपावरले सयौं युवालाई ठगि गरेको हो ।

पिडितहरुले तीन सय भन्दा बढीको माग भएको दुई कम्पनिको छुट्टाछुट्टै डिमाण्ड अनुसार सोहि अनुपातमा कामदारसँग प्रतिव्यक्ति ६० हजारदेखि १ लाख ६० हजारसम्म असुली गरेर संचालक उमेश कटुवाल भएका छन् भने त्यसै म्यानपावरमा म्यानेजर सर्लाहीका रामेश्वर सिङ पक्राउ परेका छन् । 

कुवेतका दुई कम्पनीमा ड्राइभर, सेक्युरिटी गार्ड, मेसन र जेनरल वर्कर पदमा पठाईदिने भन्दै झन्डै डेढ करोड भन्दा बढी रकम अशुल गरेको पाइएको छ । बैदेशिक रोजगारीको क्रममा ठगिएपछी अब आफ्नो पैसा फिर्ता नआउने हो कि भन्नेमा उनीहरुको चिन्ता छ ।

बैदेशिक रोजगार बिभागमा यस अघि आफूहरु ठगिएको भन्दै पुगेका उनीहरुलाई बिभागले ठगहरुको तीन पुस्ते ल्याउन भनेपछि पिडितहरुकै सहयोगमा दुई ठग मध्ये एक सर्लाहीका रामेश्वर सिङ पक्राउ परेका छन् भने मुख्य ठग फरार छन् । पक्राउ परेका सिङले आफुलाई मासिक पाँच हजार बढी तलब दिएकोले म्यानेजर बनेको भन्दै आफुले ठगि नगरेको बताए । उनले साझा सबालसँग भने – ‘म त्यो म्यानपावरको कामदार मात्र हो, ५ हजार बढी दिएको भएर म्यानेजर भएको हुँ, उसले यस्तो धन्दा चलाईरहेको बारे मलाई थाहा छैन ।’ युवाहरुबाट पैसा अशुली गर्ने त तपाईं हो रे नि त भन्ने प्रश्नमा पक्राउ परेका सिङले भने -‘मैले लिएको हुँ । उसको अफिसमा काम गरेपछि जे भन्यो मैले गर्न बाध्य भएको हुँ ।’ 

माथिको तश्विरमा: पक्राउ परेका म्यानेजर सिङ (बायाँ), ठगि गरेर फरार मुख्य आरोपी उमेश कटुवाल (रातो एरोले देखाइएका व्यक्ति)

ठगीमा परेका पीडितहरु अधिकांश ड्राइभर हुन् भने केहि सेक्युरिटी गार्ड पदमा बजाज ओभरसिज मार्फत कुवेत जान तयार भएर काठमाडौँ आएका थिए । पिडितहरुले बताए अनुसार हरेक महिना जस्तो कर्मचारी फेरिने उक्त म्यानपावर १० बर्ष अघि नै ब्याण्ड भईसकेको तर अहिलेसम्म बोर्ड राखेर ठगी धन्दा चलाईरहेको बताएका छन् । यस बिषयमा पक्राउ पर्ने सिङले आफुलाई केहि थाहा नभएको बताए । 

यस सम्बन्धि घटनाको भिडियो हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव