2026-10-15 04:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर व्यवसायीसंग मिलापत्र तर व्यक्तिलाई ठगी मुद्दा, ६७ करोड ६८ लाख ठगि

चैत्र ११,काठमाडौँ । बैदेशिक रोजगारीमा जाने कामदारमाथि हुने ठगि नियन्त्रणमा हुनुको सट्टा बढ्दै गएको देखिएको छ । नियामक निकायको रुपमा रहेको बैदेशिक रोजगार विभागको भूमिका कमजोर हुँदा ठगिका घटना झन् बढ्दै गएको विभागकै रेकर्डले पुष्टी गर्दछ ।

विभागमा हाल ५२ करोड रुपैयाँभन्दा बढी वैदेशिक रोजगार ठगीको उजुरी फछ्र्योट हुन बाँकी रहेको छ । विभागले सार्वजनिक गरेको फागुन मसान्तसम्मको ठगी उजुरीको  विवरण अनुसार संस्थागत तथा व्यक्तिगत गरी १ हजार ३ सय ८३ उजुरीमा ६७ करोड ६८ लाखको माग दावी देखिएको हो ।

जसअनुसार  फागुन मसान्तसम्म दुबै तर्फगरी १५ करोड ३७ लाख ९२ हजार रुपैयाँ फछ्र्योट भई ५२ करोड रुपैयाँ बिगो असुल हुन बाँकी रहेको छ । गत माघ महिनासम्म सो  बिगो रकम ४४ करोड रहेको थियो । विभागले २० करोड ५८ लाख रुपैयाँ बराबरको बिगो दाबी गरी वैदेशिक रोजगार न्यायाधीकरणमा १ सय ५७ वटा वैदेशिक रोजगार ठगी मुद्दा दायर गरेको छ । विभागले दायर गरेको यो व्यक्तिगत परेका उजुरी मात्र हुन् ।

बाँकी ३० करोड बराबरको बिगोका ठगी मुद्दा वैदेशिक रोजगार न्यायाधीकरण जान नसकेको विभाग स्रोतको भनाइ छ । फागुन महिनासम्म म्यानपावर र व्यक्तिगततर्फ गरी १ हजार ३ सय ८३ वटा उजुरी परेकोमा ८ सय ९ वटा फछ्र्योट भएका छन् । त्यसमा व्यक्तिगत तर्फ १ सय ४२ र संस्थागत अर्थात् म्यानपावरतर्फ ६ सय ६७ वटा उजुरीहरु रहेका छन् ।विभागको तथ्यांक अनुसार त्यसमा व्यक्तिगत ठगीतर्फ ३५ करोड र संस्थागत अर्थात् म्यानपावर कम्पनीतर्फ करीब १६ रुपैयाँ बिगो फछ्र्योट हुन बाँकी देखिन्छ ।  

हाल संस्थागत अर्थात् म्यानपावर कम्पनीको तुलनामा व्यक्तिगत उजुरी बढेका छन् । फागुनमा संस्थागततर्फ ८३ वटा उजुरी पर्दा व्यक्तिगत ८६ वटा उजुरी परेका छन् ।  फागुनमा व्यक्तिगततर्फ वैदेशिक रोजगार न्यायाधीकरणमा १४ उजुरी ठगी मुद्दा दायर भएको छ भने त्यस अवधिमा विभागले कुनैपनि म्यानपावर कम्पनीविरुद्ध न्यायाधीकरणमा मुद्दा दायर गरिएको छैन । विभागमा उजुरी परेपछि म्यानपावर कम्पनीका सञ्चालक वा प्रतिनिधि विभाग गई मिलापत्रका आधारमा कामदारको रकम फिर्ता गर्दै आएका विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव