२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा गएका ३ भाइको मृत्यु: बुढी आमा अचेत

२०७४, १५ चैत्र बिहीबार ०२:१३

चैत १५, म्याग्दी | म्याग्दीको दुर्गम मालिका गाउँपालिकाको रुम गाउँ अहिले शोकमग्न छ । कारण, वैदेशिक रोजगारीमा गएका जवान युवा धर्मलाल रोकामगर गाउँले गुमाएको छ । २८ वर्षीय छोरो गुमाएका ७५ वर्षीया लीलामती र ८० वर्षीय धनबहादुर झन् मर्माहत छन् । आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

धर्मलाल लालमती र धनबहादुरका कान्छा छोरा थिए । बुढा बाआमाको गुजारा चलाउनकै लागि अविवाहित उनी मलेसिया पुगेका थिए । आगामी दसैँमा घर फर्किने र बिहे गर्ने योजना थियो उनको । तर, उनको सपना मलेसियामै समाप्त भयो ।

रोकामगर परिवारका लागि यो पहिलो प्रहार होइन । त्यसअघिको पीडा पनि खपिनसक्नु छ । लीलामती र धनबहादुरले अरू दुई छोरा यसअघि नै गुमाइसकेका थिए, त्यो पनि वैदेशिक रोजगारीकै क्रममा । १२ वर्षअघि माइला छोरा भक्तबहादुरको कतारमा र जेठा छोरा तमबहादुरको १० वर्षअघि मलेसियामा मृत्यु भएको थियो । १८ महिनाको अन्तरमा भएका दुई निर्मम घटनाबाट बिछिप्त बुढा बाआमालाई कान्छा धर्मलालले सम्हाल्दै आएका थिए ।

तर, झण्डै एक साताअघि धर्मलालले पनि संसार छाडे । अब रोका दम्पतीको सहारा साइँला छोरा थमबहादुरमात्रै छन् । रोजगारीकै लागि मलेसिया रहेका उनी पनि एक साताअघिमात्रै नेपाल फर्किएका थिए । मलेसियाबाट छुट्ने बेला उनले भाई धर्मलाललाई भेटेका थिए । आम्दानी राम्रो नभएपछि जागिर छाडेर घर फर्किएका उनी भाइ गुमाउँदाको पिडाले विछिप्त छन् । ‘सम्पती कमाउन गएको परिवारको सदस्य नै गुमेपछि अब के नै आशा बाँकी रहयो र !’ थमबहादुरले भने, ‘दुई दाइको निधन भएपछि भाइ र मैले नै जेनतेन घरपरिवार सम्हाल्दै आएका थियौँ, भाइले पनि संसार छोडेर गयो ।’

तश्विर: नयाँ पत्रिका 

थमबहादुरसँगको अन्तिम भेटमा धर्मलालले भनेका थिए रे, दशैँमा घर आउँछु र विहे गर्छु । भाईको बचन सुनाईदिँदा बुढी आमा बुहारी पाउने आशले उद्देलित भएको थमबहादुरले स्मरण गरे । तर, अहिले यी सब उनलाई सपनाझैँ लागिरहेछ । ‘हप्ता दिनअघि हाँसी हाँसी विदा भएको भाईलाई बन्द बाकसमा भेट्दा सपनाझैँ लागेको छ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव बुझ्दै गर्दा उनले भने ।

पहिले दुई छोराको शव पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो । त्यतिबेला मृत छोराका मुहार हेर्न लिलामति र धनबहादुर काठमाडौं नै आएका थिए । तर, अहिले उनीहरु दुवै काठमाडौं आउने अवस्था छैन । त्यसैले बाबुआमाको आग्रहमा थमबहादुर भाईको शव लिएर म्याग्दीतिर हिँडिसकेका छन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले शव लैजान गाडीको व्यवस्था मिलाइदिएको छ ।

तीनै भाईको सुतेकै अवस्थामा मृत्यु

१२ वर्षअघि माइला छोरा भक्तबहादुर मृत्यु हुँदा २४ वर्षका थिए । कतारमा सुतेकै अवस्थामा उनको मृत्यु भएको थियो । भाईको मृत्यु भएको १८ महिनापछि जेठा तमबहादुर पनि मलेसियामा सुतेकोसुत्यै भए । अहिले मलेसियामै धर्मलालको उही हालत भयो । वैदेशिक रोजगारीका क्रममा एकै परिवारको तीन सदस्यको निधन भएको खबरले रोका परिवारमात्रै होइन, म्याग्दीको दुर्गम गाउँ रुम शोकमा छ ।

जब साथीले धर्मलाललाई कुर्सीमै मृत भेटे

मलेशियाको कोतरिया भन्ने स्थानमा धर्मलाल एउटा अपार्टमेण्टमा सुरक्षा गार्ड थिए । श्रम स्वीकृतीको अवधि समाप्त भइसकेका उनी म्याद थप गरी उतै बसेका थिए । नेपालकै राजु गुरुङ र उनी दुई सिफ्टमा आलोपालो काममा खटिन्थे । तर, गत शनिबार गुरुङको ड्युटी रातिको समयमा थियो । जिम्मेवारी हस्तान्तरण गर्न बिहान उनी धर्मलालाई पर्खिरहेका थिए । तर, अबेरसम्म पनि धर्मलाल ड्युटीमा पुगेनन् । गुरुङ अपार्टमेन्टभित्रै धर्मलाल सुतेको ठाउँमा पुगे । त्यहाँ पुग्दा उनी कुर्सीमा सुतिरहेको अवस्थामै मृत भेटिए ।

बिदेश गए, हण्डर खाए, अन्ततः ज्यानै गुमाए

घरमा बुढेसकालले छोइसकेका बाबुआमा बिरामी हुन थालेपछि खर्च जुटाउनु धर्मलालको धर्म र बाध्यता दुवै बन्यो । उनी १० कक्षाको पढाई बिचैमा छोडेर सात वर्षअघि पहिलोपटक विदेशिएका थिए । दुई वर्ष मलेसिया बसेर फर्किएका उनी डेढ वर्षपछि पुनः उतै हानिए । त्यसयता उनले चार पाँच लाख रुपैयाँ पठाएको दाई थमबहादुर बताउँछन् । ‘त्यो पैसा बाबुआमाको औषधोपचार र घरव्यवहारमै सकियो,’ उनले भने ।

पाँच–सात महिनाअघि धर्मलाल दलाल चंगुलमा समेत परेका रहेछन् । क्यानडा जाने आशमा पाँच लाख रुपैयाँ दलाललाई बुझाएका उनी मलेसियाबाट थाइल्याण्डसम्म पुगेछन् । तर, दलालले फसाएको थाहा पाएपछि उनी मलेसिया नै फर्किएका थिए । दलालले सबै पैसा खाएर भागेपछि एक रात एक दिनमा मलेसिया फर्केको कुरा भाइले सुनाएको थियो,’ थमबहादुरले सम्झिए, ‘त्यतिखेर मैले नजा भनेकै थिएँ । टुरिष्ट भिषामा जाँदा कुनै समस्या हुँदैन भनेर हिँडेको थियो ।’

छोराको मृत्युमा अचेत बुढीआमा

दुई भाई छोरा गुमाएको एक दशक भइसकेको थियो । फेरि कान्छो छोरो गुमाउनुपर्यो‍ लिलामतीले । सुरुमा त साइला छोरा थमबहादुरले भाईको मृत्युको खबर आमाको कानसम्म नपुगोस् भन्ने चाहेका थिए । तर, धर्मलालको मृत्युको खबर सामाजिक सञ्जालहुँदै गाउँमा फैलियो, बुढी आमाको कानसम्म पुग्यो । त्यसपछि उनलाई सम्हालिन गाह्रो भयो । ‘भाईको घटना सुनेपछि आमाले बरु म मर्नुपर्नेमा छोरो मर्यो‍ भन्दै टाउकोमा दाउराले हिर्काउनु भयो,’ थमबहादुरले भने, ‘छोराको मृत्युको पीडा र टाउकोमा लागेको चोटले आमा अचेत हुनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली