2026-10-15 04:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोर्चुगलमा नेपाली दम्पतिको बिचल्ली: श्रीमानलाई पक्षाघात, श्रीमतीको मिर्गौला फेल

भरत प्रधान/चैत २५ लिस्बन,पोर्चुगल। वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएको एक नेपाली दम्पती ठूला रोगले समातेपछि बिचल्लीमा परेका छन् । 

आठ वर्षदेखि पोर्चुगल बस्दै आएका भक्तपुर, सूर्यविनायक नगरपालिका–९, सिपाडोलका ४८ वर्षीय चन्द्रकिशोर पराजुली र उनकी श्रीमती ४६ वर्षीया शर्मिला शाक्य रोगले ग्रसित छन् । चन्द्रकिशोर एक्कासि पक्षाघात भई देब्रेतर्फको पूरै हर नचल्ने भएपछि दुई महिनादेखि ओछ्यानमै थलिएका छन् । उनकी श्रीमती शर्मिलाको दुवै मिर्गौला बिग्रेपछि दुई महिनादेखि ओछ्यानमै छिन् । 

गत माघ २६ गते बिहान उठ्न खोज्दा देब्रेतर्फको शरीरको एक हर नचल्ने, मुखबाट र्याल मात्र बग्ने र बोल्नसमेत नसक्ने भएपछि श्रीमतीले उपचारका लागि तत्काल अस्पताल पु¥याएकी थिइन् । उच्च रक्तचापका कारण पक्षाघात भएका चन्द्रकिशोरलाई १० दिनको उपचारपछि घर फर्काइएको भए पनि ओछ्यानमै थलिनुपरेको छ । चिकित्सकको सल्लाहअनुसार चन्द्रकिशोरले दैनिक व्यायाम गर्नुपर्ने र नियमित औषधि सेवन गर्नुपर्ने भएको छ । उपचारपछि बोल्न सक्ने भए पनि उठ्न, बस्न र चल्नसक्ने स्थिति भने छैन । 

यता श्रीमान्को औषधोपचार, रेखदेख र स्याहार गरिरहेकी शर्मिलाको श्रीमान्लाई अस्पतालबाट ल्याएको केही दिनमै एक्कासि खुट्टा सुनियो । स्वयं ओछ्यानमै थला परेका चन्द्रकिशोरले श्रीमतीको उपचारका लागि अस्पताल पुर्याए । सामान्य खुट्टा सुन्निएकी शर्मिलाको उपचार गर्न अस्पताल लैजाँदा दुवै मिर्गौला बिग्रिएको चिकित्सकले बताए । 

शर्मिलाले भनिन्, “दुवै मिर्गाैला फेल भइसकेको कुरा सुन्दा बूढाबूढी नै रोइकराइ गरयौ तर हाम्रो रोइकराइ सुनिदिने कसले ? दुवै जना थलिएपछि हाम्रा दिन रोएर नै बित्ने गरेका छन्”, गहभरी आँशु निकाल्दै शर्मिलाले आफ्नो पीडा रासससँग सुनाइन्, “हामी त बेसहारा भयौ, सहारा दिने कोही छैन । जीवन र मृत्युको दोसाँधमा छौंँ हजुर । परदेशको बसाइ, त्यसमाथि श्रीमान् श्रीमती दुवै जना ओछ्यानमा थलिनुपर्दा हाम्रो त बिजोक नै भएको छ ।” कागजपत्र मिलाएर दुई वर्ष अगाडि मात्र पोर्चुगल आएकी शर्मिलाले छ महिनादेखि सानोतिनो कामसमेत गर्दै आएकी थिइन् । 

अहिले शर्मिलाको दुवै मिगौलाको डायलासिस भइरहेको छ भने चन्द्रकिशाोरको उपचार भइरहेको छ । चन्द्रकिशोर दम्पती ओछ्यानमै थला परे पनि पानीसम्म दिने मान्छे साथमा छैनन् । बिरामीको रेखदेख र स्याहार त कता हो कता, बिहान बेलुकीको खानाको जोहोसम्म गरिदिने कोही छैनन् । पराजुली दम्पती राजधानी लिस्बनस्थित आरोइसको एउटा घरको सानो कोठा भाडामा लिएर बस्दै आएको छ । 

दुई छुट्टाछुट्टै ओछ्यानमा थलिएका दम्पतीको दैनिकी एकार्कालाई टुलुटुलु हेरेर बित्ने गरेको छ । आफूहरु दुवै थला परेपछि औषधोपचार र दैनिक छाक टार्न समेत धौधौ भएको चन्द्रकिशोरले बताए । मृत्युसँग लडिरहेको चन्द्रकिशोर दम्पतीले सहयोगका लागि याचना गरेको छ । युरोप आउँदा लिएको ऋण चुक्ता गरी धनसम्पत्ति जोड्ने सुनौलो सपना बुनेको दम्पत्तीका एक छोरा छन् । 

बिरामी भई थला परेपछि काममा जान सकिएन, पैसा आउने बाटो छैन, घरभाडा, बिजुली पानी, बिहान बेलुकीको छाक टार्न समेत समस्या भएको उनले सुनाए । “खाना पकाइदिने मान्छे छैन, पानी दिने कोही छैन”, रासससँगको कुराकानीका क्रममा भक्कानिँदै चन्द्रकिशोरले भने, शौचालय जान पनि सक्दिन, दुवै जना थलिएका छौंँ, यस्तो वज्रपात त कसैलाई पनि नपरोस् ।” 

“के गर्नू हजुर हाम्रो त रोएर नै दिन बित्ने गरेका छन्, न उपचार गर्न पैसा छ, न त छाक टार्न नै ” चन्द्रकिशोर दम्पतीले बिलौना गर्दै भन्यो, “लौ न हजुर हाम्रो समस्याका विषयमा समाचार लेखिदिनुपर्यो । विश्वभर रहेका नेपाली दाजुभाइको सानो सानो सहयोग पाइयो भने पनि बाँच्न सकिन्छ कि भन्ने आशा छ ।” मिर्गौला प्रत्यारोपणका लागि सहयोग जुटाउन सकियो भने श्रीमतीलाई बचाउन सकिन्छ भन्ने आशा व्यक्त गर्दै चन्द्रकिशोरले भने । श्रीमान्श्रीमती दुवै थलिएपछि औषधोपचारका लागि सहयोग संकलन अभियान शुरु गरिएको चितवन समाज पोर्चुगलका अध्यक्ष तुलसीराम थपलियाले राससलाई जानकारी दिनुभयो । 

चन्द्रकिशोर दम्पतीको जीवनरक्षाका लागि विश्वभर रहेका सबै नेपालीलाई आर्थिक सहयोगका लागि आह्वान गरिएको थपलियाले बताउनुभयो । उनीहरुको औषधोपचार र सहयोगका लागि आफूहरु संस्थागत रुपमा लागिपरेको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष कुबेर कार्कीले बताउनुभयो । यहाँको सरकारीस्तरबाट पाउनसक्ने सेवा सुविधा र औषधि उपचारका लागि पनि पहल भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव