2026-09-19 10:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा जोर्डन पुगेकी धनमाया भन्छिन -‘होसमा आउँदा सडकमा थिएँ’

वैशाख ६ काँकडभिट्टा | वैदेशिक रोजगारबाट घर फर्किएकी बिर्तामोड–२ की ३० वर्षीया धनमाया बस्नेतलाई परिवारले घरबाट निकालिदिएको छ । 

पन्ध्र महिनाअघि वैदेशिक रोजगारका क्रममा खाडी मुलुक जोर्डन गएकी बस्नेत गर्भवती भएर घर फर्किएपछि उहाँको परिवारले घरबाट निकालेको हो । उहाँलाई श्रीमान किरण बस्नेतसहित परिवारका सदस्यले नै वैदेशिक रोजगारका लागि जोर्डन पठाएका थिए । जोर्डन जानका लागि बस्नेतलाई साउदी अरबमा रहेका श्रीमानले नै सहयोग गरेका थिए । 

दुई वर्षकी छोरी छाडेर रोजगारीको सिलसिलामा जोर्डन पुगेकी बस्नेतलाई सँगै काम गर्ने भारतीय नागरिकले बलात्कार गरेका थिए । उहाँ काठमाडौँको एसिसी मेनपावर कम्पनीमार्फत जोर्डन जानुभएको हो । जोर्डनको एउटा गलैँचा उद्योगमा काम गर्नेक्रममा आठ महिना अघि यस्तो घटना घटेको हो । 

उहाँ भन्नुहुन्छ, “साथीसँग समूहमा थिएँ । हाम्रो पछिपछि आउँदै रहेछ, थाहा भएन । म सबैभन्दा पछाडि थिएँ । उसले मेरो अनुहारमा रुमालले छोपेको याद छ । अरु मलाई केही थाहा छैन । होसमा आउँदा सडकमा थिएँ ।” 

श्रीमान् र परिवारका सदस्यलाई घटनाबारे जानकारी नगराएको बताउनुभयो । “परिवारलाई यस्तो घटना सुनाउँदा पीडा हुन्छ भनेर कुरा लुकाए,” उहाँले पीडा सुनाउनुभयो । बलात्कारपछि उहाँ गर्भवती बनेपछि जोर्डनस्थित उद्योगले बस्नेतलाई घर फर्काइदियो । हाल उहाँ आठ महिनाकी गर्भवती हुनुहुन्छ । सात दिनअघि मात्र घर फर्किनुभएकी बस्नेतलाई उहाँका श्रीमान् किरण बस्नेतले गर्भवती भएको थाहा पाएपछि कचनकवल–२ स्थित माइतीको जिम्मा लगाएका छन् । 

बस्नेतका दुई छोरी र एक छोरा छन् । पन्ध्र वर्षकै उमेरमा बिर्तामोड नगरपालिका–२ किरण बस्नेतसँग उहाँको मागी विवाह भएको हो ।

 बुधबार बुबा र स्थानीय महिलासहित आफ्नो जीविकोपार्जनको व्यवस्था मिलाइदिनका लागि श्रीमान भेटन आउनुभएकी धनमायालाई उहाँको परिवारले स्विकार्न तयार भएन । श्रीमानले धनमायासँगको आफ्नो सम्बन्ध सकिएको बताउँदै उहाँलाई कुनै सहयोग गर्न नसक्ने बताएका छन् । 

श्रीमतीले आफूलाई समयमै साँचो कुरा नबताएका कारण यस्तो अवस्था आएको किरणको भनाइ छ । धनमायाका बुबा उदयबहादुर कार्की छोरीलाई ज्वाइँको परिवारले नै विदेश पठाएकाले यस्तो अवस्था सिर्जना भएको हुँदा जीविकोपार्जनका लागि व्यवस्था गर्नुपर्ने बताउनुभयो । “छोरीको बसोबासको व्यवस्था ज्वाइँले नै गर्नुपर्छ,” कार्कीले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई