बैशाख ६ काठमाडौँ । बैदेशिक रोजगार विभागलाई चुनौती दिंदै पावर इम्प्लोइमेन्ट प्रा ली ले विज्ञापन प्रकाशन गर्दै आएको पाइएको छ । विगत केहि दिन यता लगातार एक राष्ट्रिय दैनिकमा विज्ञापन प्रकाशन गर्दै आएको हो  । उक्त म्यानपावरले  बैदेशिक रोजगार ऐन र  न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ६ काठमाडौँ । बैदेशिक रोजगार विभागलाई चुनौती दिंदै पावर इम्प्लोइमेन्ट प्रा ली ले विज्ञापन प्रकाशन गर्दै आएको पाइएको छ । विगत केहि दिन यता लगातार एक राष्ट्रिय दैनिकमा विज्ञापन प्रकाशन गर्दै आएको हो  । उक्त म्यानपावरले  बैदेशिक रोजगार ऐन र  न"/>
2026-10-15 06:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरका एजेन्ट भन्छन्: ‘३ लाख तिर्ने भए आउनुस नत्र…’

बैशाख ६ काठमाडौँ । बैदेशिक रोजगार विभागलाई चुनौती दिंदै पावर इम्प्लोइमेन्ट प्रा.लिले विज्ञापन प्रकाशन गर्दै आएको पाइएको छ । विगत केहि दिन यता लगातार एक राष्ट्रिय दैनिकमा विज्ञापन प्रकाशन गर्दै आएको हो । उक्त म्यानपावरले बैदेशिक रोजगार ऐन र  नियामावली विपरित पत्रिकामा विज्ञापन गरेको छ ।

हरेक म्यानपावरले बैदेशिक रोजगार विभागबाट पुर्व स्विकृति लिएपछि कुनै एक राष्ट्रिय दैनिक पत्रिकामा एक हप्ताको म्याद राखेर विज्ञापन प्रकाशन गर्नुपर्ने हुन्छ, सोहि प्रक्रिया अनुसार विज्ञापन त प्रकाशन गरिएको त छ तर उक्त विज्ञापनमा म्यानपावर कम्पनीको सम्बन्धित टेलिफोन नम्बर बाहेक विभागबाट अनुमति समेत नलिएका एजेन्टहरुको मोबाइल नम्बर राखिएको छ ।

साझासबालले उक्त म्यानपावर कम्पनीको विज्ञापनमा राखिएका केहि नम्बरहरुमा कामदारको रुपमा सम्पर्क गर्दा उनीहरुले बिभिन्न म्यानपावरको समेत नाम लिन भ्याए । सोहि मध्येका एक एजेन्टले त सुरुमा आफु सो कम्पनीको नभएको समेत बताए । तर ड्राइभरको डिमाण्ड आएको रहेछ नि ? के कति शुल्क लाग्ने हो ? भन्दा महँगो छ हजुर भन्दै ३ लाख तिर्ने भए आउनुस नत्र सो भन्दा कममा पठाउन नसकिने जवाफ दिए । यसरि एजेन्टको नम्बर विज्ञापनमा किन प्रकाशित गर्नुभएको भन्ने साझासबालाको जिज्ञासामा उक्त कम्पनीका एक कर्मचारीले चिनजानका व्यक्तिहरु भएकोले उनीहरुको नम्बर राखिएको बताए । उनले भने ‘नम्बर राखिएको सबैको घर समेत चिनेका छौं त्यहि भएर सम्बन्धित ठाउँमा सम्पर्क गर्न भन्दै नम्बर राखिएको हो ।’ 

तर बैदेशिक रोजगार विभागले एजेन्ट विवरण अध्यावधिक गर्न सूचना प्रकाशन गरिरहँदा पावर इम्प्लोइमेन्ट प्रा.लिले उल्टै विना इजाजतका १९ जना एजेन्टका मोबाइल तथा ल्याण्डलाइन नम्बर राखेर विज्ञापन प्रकाशन गर्दै आएको छ ।  एजेन्टका नम्बर राखेर विज्ञापन प्रकाशन गर्न मिल्छ ? भन्ने हाम्रो प्रश्नमा बैदेशिक रोजगार विभागका निर्देशक शशी कुमार लम्सालले कानूनत: नमिल्ने बत्ताए । उनले भने ”हामीले एजेन्ट अध्याधिक गर्न भनिरहँदा उल्टै यसरी विज्ञापन प्रकाशन गरिनु गलत हो, यस म्यानपावरलाई हामी छानबिनको दायरामा ल्याउछौं । लगत्तै बिभागले घटनाबारे अनुसन्धान गर्न एक अनुसन्धान अधिकारी तोकिएको र सोको प्रतिवेदन पश्चात थप जानकारी दिने बताएको छ । 

म्यानपावरमा चर्को शुल्क तिर्नुपर्ने मुख्य कारण नै एजेन्ट 

साझा सबालले माथिको रिपोर्ट तयार गरिराख्दा अर्को महत्वपूर्ण कुरालाई इंगित गर्नुपर्ने हुन्छ । अधिकांश म्यानपावर संचालकहरुले म्यानपावरमा चर्को शुल्क तिर्नुपर्ने मुख्य कारण नै एजेन्ट भएको कुरा स्विकार्छन् तर अधिकांश म्यानपावरलाई आधिकारिक रुपमा एजेन्टको व्यवस्था गरेर वा दोहोरो सम्झौता गरेर मात्र एजेन्ट राख्दा कामदार केहि हदसम्म सुरक्षित हुन्छन् र चर्को शुल्क तिर्नबाट बच्छन् भन्ने हेक्का छैन ।

आधिकारिकता नदिई चिनजानको भरमा डिमाण्ड पूर्ति गर्ने कुरामा मात्र ध्यान दिएर एजेन्ट तोक्दा र पत्रिकामै त्यस्ता अनाधिकृत एजेन्टको नम्बर प्रकाशन गर्दा कतिपय एजेन्ट र म्यानपावर बीचनै कुरा मिल्दैन । म्यानपावरले कुनै कामदार विदेश जाँदा ५० हजार उठाएको छ भने एजेन्ट मार्फत बैदेशिक रोजगारीमा जाँदा १ लाख भन्दा बढी तिर्नु परेको पनि बाध्यता छ । जुन कुरा व्यवसायीहरुनै स्वीकारेको कुरा हो ।

यस बिषयमा एक व्यवसायीले भनेको कुरालाई राख्ने हो भने यस बिषयमा थप स्पष्ट हुन सकिन्छ – ‘कमिसन बापत १०/१५ हजार भन्दा बढी पैसा नउठा भन्दा अर्को म्यानपावरतिर कामदार देलान भन्ने डर हुन्छ, त्यसैले जति उठाएपनि ध्यानै दिइन्न । उही डिमाण्डमा कोहि ६० हजारमा जान्छन् त कोहि १ लाख पनि तिर्छन ।’ यी व्यावसायीको भनाईबाट पनि के स्पष्ट हुन्छ भने कमिसन बापत एजेन्टले कतिसम्म उठाउने भन्ने कुरामै म्यानपावर र एजेन्टबिच सम्झौता छैन । कतिपय एजेन्टले कामदारको सयौं पासपोर्ट आफुसंग राख्ने र एकै एजेन्टमार्फत पनि चर्को अशुली गर्दै जसले बढी कमिसन दियो वा जुन डिमाण्डमा बढी उठाउन सकियो त्यसैलाई प्राथमिकता दिने गरेका छन् । 

त्यसो त सबै म्यानपावरको अनाधिकृत एजेन्ट छैन, केहि म्यानपावरले बिज्ञापनमा अन्तर्वार्ताको मिति उल्लेख गरेर आफै सम्बन्धित सहरमा पुगी अन्तर्वार्ता लिएर कामदार परिपूर्ति गर्ने गरेका पनि छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि