2026-09-24 03:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर व्यवसायीलाई विभागको निर्देशन

बैशाख ६ काठमाडौँ। बैदेशिक रोजगार विभागले बैदेशिक रोजगारीका लागि इजाजत प्राप्त संस्थाले निकालेका पूर्व स्विकृति सम्बन्धि विज्ञापन तथा सूचनाहरु स्पष्ट पढ्न सकिने गरि प्रकाशन गर्न म्यानपावर कम्पनीलाई निर्देशन दिएको छ । हाल इजाजत प्राप्त संस्थाले निकालेका पूर्व  स्विकृति सम्बन्धि विज्ञापन तथा सूचनाहरु कामदारहरुले पढ्न नसकिने गरि प्रकाशन भएको भन्दै विभागले यस्तो निर्देशन दिएको हो ।

सूचना तथा डिमाण्डमा  उल्लेख गरिनुपर्ने  “बैदेशिक रोजगार विभागबाट गराइएको जानकारी” स्पष्ट रुपमा पढ्न नसक्ने गरि प्रकाशन नगरिएको पाइएको भन्दै अब उप्रान्त उक्त व्यहोरा  स्पष्ट रुपमा पढ्न सकिने गरि प्रकाशन गर्न इजाजत प्राप्त सस्थालाई विभागले निर्देशन दिएको हो  ।

हाल कामदारले थाहा पाउनुपर्ने जानकारीलाई सूचना प्रकाशन गर्दा महत्व नदिएपछि इजाजत प्राप्त संस्थालाई  बैशाख ५ गतेको निर्णय अनुसार विभागले निर्देशन गरेको हो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट