2026-10-15 06:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विभागको निर्देशन नमान्ने म्यानपावर कम्पनीको लिष्ट तयार हुँदै

बैशाख ६ काठमाडौँ। बैदेशिक रोजगार विभागले दिएको निर्देशन नमान्ने म्यानपावर कम्पनीलाई कारवाही गर्न म्यानपावर कम्पनीको लिष्ट तयार गर्ने जनाएको छ । म्यानपावर कम्पनीहरुले विज्ञापन प्रकाशन गर्दा विभागले दिने सूचनालाई कामदारले स्पष्ट रुपमा पढ्न सकिने गरि प्रकाशन नगरेपछि यस्तो लिष्ट तयार गर्न लागेको हो ।

विभागले  बैशाख ६ गते  बैदेशिक रोजगारीका लागि इजाजत प्राप्त संस्थाले निकालेका पूर्व स्विकृति सम्बन्धि विज्ञापनहरु स्पष्ट पढ्न सकिने गरि प्रकाशन गर्न म्यानपावर कम्पनीलाई निर्देशन दिएको थियो  ।  विभागले दिएको निर्देशनको म्यानपावर कम्पनीले पालाना नगरेपछि कारवाही गर्नको लागि अटेर गर्ने म्यानपावर कम्पनीको  लिष्ट तयार गर्ने तयारी गरिएको विभागका निर्देशक शशीकुमार लम्सालले जानकारी दिए । अब विभागले दिएको निर्देशन पालना नगर्ने म्यानपावर कम्पनीले प्रकाशन गरेका विज्ञापनको लिष्ट संकलन गरि कारवाही प्रक्रिया शुरु हुन्छ उनले भने ”अटेर गर्ने म्यानपावरलाई विभागले यहि सूचनाका आधारमा कारवाहीको दायरामा ल्याउँछ।”

सूचना तथा डिमाण्डमा  उल्लेख गरिनुपर्ने  “बैदेशिक रोजगार विभागबाट गराइएको जानकारी” स्पष्ट रुपमा पढ्न नसक्ने गरि प्रकाशन नगरिएको पाइएको भन्दै अब उप्रान्त उक्त व्यहोरा  स्पष्ट रुपमा पढ्न सकिने गरि प्रकाशन गर्न इजाजत प्राप्त सस्थालाई विभागले निर्देशन दिएको थियो । तर  विभागले दिएको निर्देशन पछि पनि म्यानपावर कम्पनीले प्रकाशन गरेका विज्ञापन पहिलेकै तरिकाले प्रकाशन गर्दै आएका छन् ।   

कामदारले थाहा पाउनुपर्ने जानकारीलाई सूचना प्रकाशन गर्दा महत्व नदिएपछि इजाजत प्राप्त संस्थालाई  बैशाख ५ गतेको निर्णय अनुसार विभागले निर्देशन दिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि