३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीको श्रम स्वीकृति स्थानीय तहबाटै

१४ बैशाख २०७५, शुक्रबार १९:०८

वैशाख १५, काठमाडौँ (रासस) | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले श्रम स्वीकृतिलाई विकेन्द्रीकृत गर्ने सरकारको योजना रहेको बताउनुभएको छ । 

रोजगारका लागि श्रम बसाइँसराइ नामक संस्थाले आज आयोजना गरेको कार्यक्रममा मन्त्री विष्टले सबै स्थानीय तहमा श्रम स्वीकृति दिने व्यवस्था मिलाइने बताउनुभयो । 

“रेमिट्यान्सलाई आयमूलक क्षेत्रमा लगाउने उद्देश्य पनि छ”, उहाँले भन्नुभयो । मन्त्रालयले छिमेकी मुलुकमा वैदेशिक रोजगारमा जाने र स्वीकृति लिएर जाने सबैको तथ्यांक राख्ने र विदेशबाट आउने रकम बैंकमार्फत मात्र पठाउने नियम बनाउने सरकारको योजना रहेको जानकारी उहाँले दिनुभयो । 

कार्यक्रममा विभिन्न सरोकारवाला व्यक्तिले विदेशबाट नेपालमा फर्कने कामदारको सीपको सदुपयोग हुनुपर्ने र उनीहरुको पुनस्र्थापना गर्नुपर्ने बताए । उनीहरुले निःशुल्क प्रवेशाज्ञा र फ्रि टिकटको व्यवस्था कार्यान्वयन नभएकामा आपत्तिसमेत जनाए । 

श्रमिकको अधिकार सुनिश्चित गर्न माग 

अखिल नेपाल ट्रेड युनियन महासंघका पदाधिकारीले श्रमिकको अधिकार सुनिश्चित गर्न माग गर्दै रोजगारमन्त्री विष्टको ध्यानाकर्षण गराएका छन् । महासंघका अध्यक्ष गणेश रेग्मीसहितको टोलीले मन्त्री विष्टलाई सामाजिक सुरक्षा कोष र श्रम ऐन कार्यान्वयन गर्नुपर्ने, मजदुरको तलब रु पाँच हजार वृद्धि गर्नुपर्ने, बेरोजगार युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने, वैदेशिक रोजगारलाई व्यवस्थित गर्नुपर्ने लगायत माग गरेको छ । 

ध्यानकर्षणपत्र ग्रहण गर्दै मन्त्री विष्टले कामअनुसार देशैभरिका श्रमिकले समान सुविधा र अवसर पाउने गरी केही दिनमै ठोस निर्णय ल्याउनका लागि बहुआयामिक ढंगबाट अध्ययन र छलफल भइरहेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चलचित्र ‘कार्साङ’ले गर्यो ६ दिनमा एक करोड ४५ लाख ग्रसकलेक्सन आज चारवटा संसदीय समितिको बैठक बस्दै कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु यस्तो छ, बिहीबारको विदेशी मुद्राको विनिमय दर कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्दै आयल निगमले बढ्यो पेट्रोलियम पदार्थको मूल्य आजको मौसमः देशका केही प्रदेशमा वर्षाको सम्भावना रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले दियो आदेश अदालत परिसरमै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयास समाजवादी मोर्चाले काठमाडौंमा माघ १६ गते कार्यक्रम गर्ने गर्यो निर्णय रविको थुनछेक सम्बन्धी सुनुवाइ सकियो, आजै आदेश आउने देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली आशिका तामाङ पक्राउ ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि पक्षका वकिलको बहस सकियो ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल ओलीको कार्यशैलीविरुद्ध आलोचना गर्दै स्टाटस लेखेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको बलात्कारपछि आमाकै अगाडि हत्या, एक जना पक्राउ महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ