Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

विदेशमा बस्नेहरु कलाकार बन्दै कि ‘मुर्गा’ बनेर ठगिदै ?

By साझासवाल 12 मिनेट पढाइ

पढ्न करिब 5 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार | वैशाख १५, गुल्मी । हालै साउदी अरवमा मृत्यु भएका गुल्मीका एक युवाका परिवारजनको विचल्ली देख्दा  विदेशमा जानेहरु कलाकार बन्ने नाममा  स्वदेशका स्थापित कलाकाहरुबाट नै ठगिने गरेको  रहश्य खुलेको  छ ।

साउदी अरवमा बैशाख ११ गते विहान मृत्यु भएका धुर्कोट गाउँपालिका ३ हाडहाडे वर्दवासका ३१ व्र्षिय अमर जिसीका परिवारजनबाट यस्तो रहस्य खुलेको हो ।  विशेष गरी लोक गायन  र मोडलिङ्ग क्षेत्रमा  चर्चित कलाकार  बनाई दिन्छु भन्ने प्रलोभनमा पारेर  विदेशमा रहेका नेपाली युवाहरुलाई लगानी गर्न  उत्साउदै मुर्गा बनाउने र यता उनिहरुका परिवारजनमा पैसा नपठाउने गरेको मृतक जिसीको परिवारवाट खुलासा भएको हो ।

कतारबाट फर्र्केपश्चात  सउँदी अरव गएको पनि जिसी ८ वर्ष  नाघेको रहेछ ।  तीन वर्ष अघि कलाकारको भुत नचढ्ने बेला सम्म जिसीले परिवारजनलाई विदेशको कमाई पठाएको, घर बनाएको  र परिवारलाई खुशी नै राखेको तर उनी तीन बर्षयता  गायक , मोडलिङ्ग क्षेत्रमा स्थापित कलाकार बनाउँ छौं भन्दै स्वदेशका विभिन्न कलाकार र मोडलिङ्ग क्षेत्रका मानिसहरुले ‘मुर्गा’ बनाएर ठग्ने गरेको  स्वम नेपाली  लोकगायन क्षेत्रलाई नजिकबाट लामो सयम देखि चिहाएका गायक रामकुमार विष्टले  बताए ।

उनले भने–‘ विदेशमा जानेहरुलाई लामो समय देखि नेपाली लोक गायन  र म्युजिक भिडियो बनाएर जिविका चलाउनेहरुले लुट्दै आएका छन् जुन सन्देश छरेर त्यस्ता लुटेरबाट सजग गराई दिनु हुन म अनुरोध गर्दछु गायक विष्टले भने – ‘साँच्ची कै आफु भित्र प्रतिभा छ भने आफैले आफ्नो लागि लगानी लगाऔं, अरुलाई उभो लगाउने कुराबाट सचेत बनौं ।

विष्ट र स्थानीय अरु समाज सेवीहरुबाट बुझ्दा पनि  विदेशमा पुगेका तमाम नेपालीहरुको फेशवुक, ईमो लगायतका ईन्टनेटको माध्यमबाट नियमित सम्पर्कमा रहने , अलि आकर्षक जिउडाल भएका युवा युवतीहहरुलाई कलाकार बन्ने ठुलो अवसरको रुपमा चारो फाल्ने र उसको कलाकार बन्ने मनासाय बुझे पछि लगानीमा फसाएर ठग्ने गरेको बताउँ छन् ।

जिसी अमरका नामले गत तिन वर्ष यता केहि  कलाकारका रुपमा सामन्य चिनाउँदै आएका उनलाई विभिन्न कलाकार र  सस्ताखाले म्युजिक भिडियो बनाउनेहरुले मुर्गा बनाएर परिवारमा पैसा नपठाउने गरेको उनका दाजु कृष्ण जिसीले बताए ।

तिन वर्ष यता कलाकार बन्छु भन्ने लहडमा भाईले घरमा पैसा पठाउन छाडेको , विदेशबाट घर आउँदा पनि काठमाण्डौं तिरका केहि कलाकारहरुले म्युजिक भिडियोमा खेल भनेर उतै रोक्ने गरेका थिए दाजु जिसीले भने–‘ दुई महिने छुट्टीमा आएको भाई १० दिनपनि घर बसेन सुटिङ्ग छ भन्दै काठमाण्डौं तिर गएर बसेको थियो ।’ अहिले गायन  क्षेत्र छाडेर विदेश पुगेका एक युवाले भने–‘ यसो गायकका रुपमा परिचीत हुन्छ कि भनेर विदेशमा रहेका दुई चार जनालाई मुर्गा बनाएर गीत त निकाले तर चलेने , मैले कसैले मुर्गा बनाए पनि मैले बुझेकोले मलाई कसैले मुर्गा बनाउने चेष्टा नगरे हुन्छ । उनको अनुसार गीत निकालेल्ने तयारी भए पछि धेरै जसो कलाकारहरुले मुर्गा बनाउने अभियानमा जुटेका हुन्छन् ।  अरुहरुले लेखेको , लय सगित दिएको गीतमा समेत उसको नाम चढार लगानीकर्ता बनाउछन् ।  यसबाट के बुझ्न सकिन्छ भने पैसाले नाम किन्न र अनुहार देखाउन खोज्नेहरु नै स्वयम आफै ठगिएका हुन् । उनिहरुले आफुलाई भन्दा पनि परिवारका सदस्यलाई ठगेका छन् ।

उता जिसीको मृत्यु  । यता चार दिन देखि उनको परिवारमा नुन तेल अन्न–पानी छैन् स्थानिय महिला समुहका दिदी वहिनीहरुले भने–‘ पैसा कमाउन गएका अमरले  त्यहाँको कमाई कलाकार बन्ने लहडमा सके अहिले श्रीमती र दुई सन्तानको विचल्ली छ । ’

मृतक जिसीकी श्रीमति सरस्वता जिसीले भनिन  उहाँले  गए देखि पैसा नपठाए पनि  माया औधी दिनुहुन्थ्यो ,  चर्चित मोडल बन्छु र काठमाण्डौं मै राखेर सुख पुराउला भन्दै  आउनु भएको थियो, अव मलाई त्यो कसले भन्ला  र ? भन्दै डाको छाडिन । श्रीमानको  सपना पुरा गराउन मैले उहाँको कमाईको आश गरिन , वरु उल्टो  ऋण काढ्दै घर चलाउँदै गर्दा पाँच लाख ऋणको भारी छ त्यो कसरी तिरु मैले ?

उनले थप डाको छाड्दै भनिन–‘  अव मैले यी लालवाला कसरी पालुँ ? सानै देखि गीत गाउनमा शौखिन जिसी स्वयमको मनमस्तिकमा  गीत र मोडलिङ्गको भुत चढेकोले पनि उनि सस्तो लोकप्रियताको पछाडी लागेर ठगिन पुगेको पाईएको छ । एउटै कम्पनीमा ७/८ वर्ष पुराना उनलाई कम्पनीले तलब पनि राम्रै दिने गरेको र उनले कलाकारिता क्षेत्रमा कमाई नछरेको भए यस अवधीमा कम्तीमा पनि दश लाख वचत गर्न सकिने देखिन्छ ।

उनलाई अलि ठुला भनिएका कलाकारमात्र ठगेनन सामान्य कला क्षेत्र क समेत थाहा नभएका मान्छेहरुले ठगेको गायक विष्टको भनाई छ । धुर्कोट  ३ का वडाध्यक्ष विष्णुबहादुर थापा श्रीस् र वडा सदस्य काशिनाथ पन्थलिे जिसी कलाकारिता क्षेत्रको लहडबाट विल्लीवाँठ भएकाले उनको किरियाक्रमको खर्च समेत चन्दा संकलनको अवस्थामा पुगिएकोले सवै संग सहयोगको अपिल गरे ।

हाडहाडेवासी एवं नेकपा एमालेका जिल्ला सदस्य चन्द्रबहादुर सुनारले पनि सवै संग सहयोगको अपिल गरेका छन् ।  यसरी विदेशमा वसरे कलाकारका रुपमा  आफुलाई चिनाउने र अनुहार देखाउने लहडमा लाग्ने अन्य थुप्रै युवाहरु पनि कलाकार बन्ने नाममा मुर्गा हुने गरेको बताईन्छ । स्वदेश मै पनि  प्रतिभा देखाउनका लागि भन्दा पनि अनुहार देखाउनका लागि लाखौ रकम खर्चिनेहरु त्यस्ता गिरोहहरुको ‘लैनो गाई’ बन्दै आएको बुझ्नमा आएको छ ।

हिजो जिसी घर आउँदा एअरपोर्ट देखि पछि लाग्ने , होटल–रेष्टुरेण्टहरुमा पार्टी गर्न लगाएर हजारौं रुपैयाँको विल पुराई दिनेहरुले अहिले उनको मृत्यु हुँदा फेशवुकमा समेत शोक व्यक्त नगरेको गुनासो जिसी परिवारले गरे । ‘हिजो मेरो भाई पैसाको प्यारो थियो र पो, के के न कलाकार बन्दै छ भन्दै फुर्काए, घर सम्म समेत पछ्याए दाजु जिसीले भने–‘ अहिले यो विपद्मा फोन समेत उठाएका छैनन् । ’

युवाहरु त पैसा ठगिको शिकार मात्रै बनेका छन् । तर अलि आकर्षक युवतीहरुलाई भने  मोडल बनाई दिन्छु  भन्दै यौन वास्नको निशाना बनाउने  गरेको समेत  पाईएको छ । त्यस्ता गिरोहहरुले सञ्चार माध्म वा सम्वन्धितको फाने  ईमो , भ्यावर लगायतका माध्याम मार्फत  बाँढ्ने  सपनाहरु   देखि आ–आफ्ना छोरी बुहारीहरुलाई  टाढै रहन अभिभाकहरुले सुझाउनु पर्ने आबश्यकता  देखिएको छ । कसैबाट नठगिई, आफ्नै स्वस्र्फुत प्रतिभा मार्फत विदेश मै कलाकारिता क्षेत्रको विकासमा लाग्ने र  स्वयम पनि स्थापित हुने कलाकाहरु भने धेरै छन् ।

तस्वीरः पतिवियोगको पिडाले थला परेकी मृतककी पत्नी