2026-10-15 06:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाले अवैधानिक कामदार घरफिर्तीका लागी समय थप गर्यो

वैशाख २१ काठमाडौं | मलेसियाले अवैधानिक कामदारलाई घरफिर्तीका लागि ६ महिना समय थप गरेको छ । नयाँ व्यवस्था अनुसार आउँदो जुन ३० अर्थात असार १६ गतेसम्म अवैध आप्रवासी कामदारहरुलाई घरफिर्तीका लागि समय तोकिएको छ । उक्त अवधिसम्म आप्रवासी कामदारले घर फिर्र्तीका लागि आवेदन दिन सक्नेछन् । यसअघि डिसेम्बरको ३१ सम्मको समय दिइएको थियो ।

मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रेमराज गौतमका अनुसार उक्त अवधिमा मलेसिया मै पुनः वैधानिक हुन तथा स्वेच्छिक घरफिर्ती कार्यक्रममा सहभागी हुन पाइनेछ । 

मलेसियामा हाल करिब १ लाखको हाराहारीमा नेपाली कामदार अवैधानिक रूपमा रहेको हुनसक्ने अनुमान छ । गत वर्ष अवैधानिक रुपमा रहेका १५ हजार ८ सय ५५ जना नेपाल घरफिर्ती कार्यक्रममा सहभागी भएका थिए । अवैधानिक कामदारलाई स्वेच्छिक घरफिर्तीका लागि सहयोग गर्न मलेसिया सरकारले ८ वटा कम्पनी तोकेको छ । त्यसमा केरिकम, पीएमएफ कन्सोर्टियम, फारफेस रिसोर्स, ईन्टरनेशनल माकेर्टिङ एण्ड नेट (आईएमएएन) रिसोर्स, बुक्ति मेघा, प्रोफाउण्ड रोडियन्स्, पेरुन्डिङ जोन जेर्निही र दुक्ति महिला गाइरहेका छन् । ती संस्थाबाट सहयोग लिई स्वदेश फर्कन सक्ने दूतावासले उल्लेख गरको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि