वैशाख २५, काठमाडौँ | बैदेशिक रोजगारीमा गएका लाखौँ नेपालीहरुलाई फाइदा पुग्ने गरि श्रममन्त्री गोकर्ण विष्टले तयारी थालेका छन् । मन्त्री विष्टले वैदेशिक रोजगारीमा रहेका कामदाहरुले विदेशमै श्रम स्वीकृति नवीकरण गर्न सकिने व्यवस्थाका लागि तयारी थालेका हुन् ।
विष्टका अनुसार यस कामको लागि पहिलो चरणमा वैदेशिक रोजगार नियमावली संशोधन गरिने भएको छ । नेपाली कामदारले एकपटक निश्चित अवधिको लागि बैदेशिक रोजगारीमा गएपछि सो अवधि सकिएपछी भिषा अवधि थपी विदेशमै रहेको नेपाली दुतावास वा कुटनीतिक नियोगहरुमा गई पुन: थप अवधिको लागि बढीमा एकपटक श्रमस्वीकृति लिन सक्नेछन् । यसअघि अवधि सकिएपछि नेपालमा आई श्रम गर्नुपर्ने बाध्यता थियो ।
श्रम मन्त्रालयले विदेशमा गएका नेपालीहरुलाई बिदेशमा थप अवधि काम गर्न चाहेको खण्डमा यस्तो बेवस्था १ पटक पाउँछन् तर अर्को पटक फेरी पाउने छैनन् । यसरी सरकारले पटक-पटक सुविधा दिँदा विदेश गएको कामदार नेपाल नफर्कन सक्ने कुरालाई ध्यान दिएर श्रम मन्त्रालयले १ पटक मात्र विदेशमा अवधिको लागि निवेदन दिन पाउनेगरि नियामावली संसोधनको तयारी गरेको जनाएको छ ।
यससँगै बैदेशिक रोजगारीमा भएका बेथितिहरुलाई हटाउने गरि बिभिन्न नियमावलीहरु संशोधन गृहकार्य सुरु गरिएको मन्त्री विष्टले बताएका छन् ।