काठमाडौँ | बैदेशिक रोजगारी तथा बिभिन्न शिलशिलामा नेपालीहरु संसारभर यत्रतत्र छन् । त्यसोत नेपालीहरुलाई मात्र नभई संसारमा हरेक मानिसको इच्छा हुन्छ कि उसलाई आफ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौँ | बैदेशिक रोजगारी तथा बिभिन्न शिलशिलामा नेपालीहरु संसारभर यत्रतत्र छन् । त्यसोत नेपालीहरुलाई मात्र नभई संसारमा हरेक मानिसको इच्छा हुन्छ कि उसलाई आफ"/>
2026-10-15 06:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी ९ देशमा नेपालीहरुले पनि सहजै नागरिकता पाउन सक्छन्, यस्तो छ प्रक्रिया

काठमाडौँ | बैदेशिक रोजगारी तथा बिभिन्न शिलशिलामा नेपालीहरु संसारभर यत्रतत्र छन् । त्यसोत नेपालीहरुलाई मात्र नभई संसारमा हरेक मानिसको इच्छा हुन्छ कि उसलाई आफ्नो मनले चाहेको ठाउँमा सजिलै जान पाइयोस्, तर आफू गएको देशमा बस्ने आफुले चाहेको समयसम्म बस्न तथा उक्त देशले सजिलै नागरिकता नदिने हुँदा मानिसको सपना त्यसै तुहिन्छ  ।

कतिपय यस्ता उदाहरण पनि छन् कि कतिपय देशमा बस्न मन लागेका हरुले सो देशमा बिबाह गरेर पनि नागरिकता लिने गर्छन । यस्तै आज हामी तपाईलाई ९ यस्तो देशको बारेमा बताउन गई रहेका छौं जहाँ बिदेसीलाई पनि सजिलै नागरिकता दिने गरिएको छ । ति देशहरुमा परिक्षा पास गरेपछि सजिलै नागरिकता पाउन सकिन्छ… कुन-कुन हुन् त ति देश.. बिस्तारमा जानकारी लिनुहोस् :- 

१. रूस

रूसलाई विश्वकै शक्तिशाली देश मध्ये एक मान्ने गरिन्छ । यदी तपाइँ रुसमा बस्न चाहनुहुन्छ भने यसको लागि तपाइले एउटा परिक्षा दिनुपर्ने हुन्छ साथै केहि नीतिहरु पास गर्नुपर्ने हुन्छ । रूसमा नागरिकतालिनको लागि पहिले तपाइले कर भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसपछी रशियन भाषा सिकाई र भाषा टेस्ट पास गर्नुपर्ने हुन्छ । यति भएपछी तपाइ जुन देशको नागरिक भए पनि तपाइले रुसमा नागरिकता प्राप्त गर्न सक्नु हुनेछ ।

२. बेलीज

उत्तरी अमेरिकी देश बेलीजमा नागरिकता पाउन पनि निकै सजिलो छ । यहाँको नागरिकता पाउनको लागि यो देशमा पाँच बर्ष भने बिताउनुपर्छ । त्यसको साथै तपाईको मासिक कमाई दुई हजार डलर हुनुपर्छ । यो देशमा सामान्य स्तरका नागरिकले पनि २ हजार भन्दा बढी कमाउन सक्छन ।

 

३. डोमेनिकन रिपब्लिक

यदी तपाई डोमेनिक रिपब्लिकको नागरिकता लिन चाहनुहुन्छ भने तपाई त्यहाँको रियल स्टेट वा कुनैपनि बिजनेसमा २ डलर सेएर हाल्नुपर्ने हुन्छ । साथै तपाइँलाई आफ्नो नियमित कमाईको पनि प्रमाण देखाउनुपर्ने हुन्छ । यहाँको जुनसुकै ब्यबसायको बजार अमेरिका तथा युरोप भएकाले यहाँ लगानी गर्दा घाटा हुँदैन । त्यसैले बिदेशी लगानीकर्ताहरु पनि यहाँको नागरिकता लिनको लागि यस्तै बाटो अपनाउने गर्छन ।

४. इक्वेडर

तपाइँसँग एक हजार डलर छ भने र तपाइको कुनै आपराधिक कृयाकलापमा संलग्न नभएको हुनुहुन्छ भने तपाइले यो देशको नागरिकता लिन सक्नुहुन्छ । यसै साथै तपाइको आम्दानी हरेक महिना आठ समय डलर हुनुपर्छ साथै यहाँको बैंक वा रियल स्टेटमा २५ हजार डलर इन्भेस्ट हुनुपर्छ । 

५. हंगेरी

हंगेरीमा पनि नागरिकता पाउन सहज छ । यसको लागि तपाईले हंगेरी सरकारलाई लगानी गर्नको लागि ३ लाख डलर दिनुपर्ने हुन्छ । एक पटक यो लगानी गरेपछि तपाईले २ महीना भित्र यहाँको नागरिकता दिइन्छ ।

६. मेसेडोनिया

मेसेडोनियाको नागिरकताको लागि सहज मानिन्छ । यदि तपाइँ यो देशमा व्यवसाय गर्नुहुन्छ र लगानी ४ लाख यूरो छ भने तपाइले एक बर्ष भित्रै यहाँको नागरिकता पाउन सक्नुहुन्छ ।

७. पनामा

एक मेडिकल टेस्ट पास गरेपछी र पाँच बर्षसम्म पनामामा बसेपछी तपाइँले यहाँको नागरिकता पाउन सक्नुहुन्छ । यसको साथै यदि तपाई कुनैपनि पनामाको नागरिकता भएको महिला वा पुरुषसँग बिबाह गर्नुभएको अवस्थामा पनि यहाँको नागरिकता तत्काल पाउन सक्नुहुन्छ । 

८. पाराग्वे

पाराग्वेको नागरिकता पाउनको लागि तपाइँले ५ हजार २ सय डलर पाराग्वियन बैंकमा जम्मा गर्नुपर्ने हुन्छ । यसको तीन बर्षपछी तपाई यहाँको स्थाई नागरिक बन्न सक्नुहुन्छ ।

९. सेशेल्स

समुद्र र पहाडले घेरिएको सेशेल्स बस्नको लागि निकै रमाइलो र शुन्दर देश हो । यहाँको नागरिकता पनि सजिलै पाउन सकिन्छ, यसको लागि तपाइँसँग जम्मा डेढ लाख सेशेल्स करेन्सी हुनुपर्छ । यसको साथै यहाँको आर्थिक, समाजिक र सांस्कृतिक जीवनमा तपाइले योगदान दिएको हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि