2026-06-16 08:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार व्यवसायी फोरमले भन्यो- ‘सरकार एक पक्षीय, संघ असक्षम’

बैशाख ३१ काठमाडौँ । नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार व्यवसायी फोरमले आयोजना गरेको बैदेशिक रोजगार व्यवसायी भेलामा बोल्दै अधिकांश म्यानपावर व्यवसायीहरुले सरकार एक पक्षीय रुपमा अगाडी बढेको भन्दै आपत्ति जनाएका छन् । उनीहरुले सरकारले मागपत्र प्रमाणीकरणको काम दुतावासबाट गरिने निर्णय हतारमा गरेको भन्दै त्यसको कार्यन्वयनमा ध्यान दिन पनि आग्रह गरे । कार्यक्रममा बोल्ने अधिकांश व्यवसायीहरुले सरकार एकपक्षीय रुपमा अगाडी बढ्दा समेत व्यवसायी संघले सरकारसंग गम्भीर रुपमा छलफल गर्न नसकेकोमा संघको नेतृत्व प्रति आलोचना गरेका छन् ।

कार्यक्रममा बोल्दै लोकतान्त्रिक फोरमका अध्यक्ष बिष्णु गैरेले नेपाल बैदेशिक रोजगार व्यवसायी संघले सरकारसंग आवश्यक छलफल गरि बैदेशिक रोजगारका समस्या समाधान गर्नतर्फ पहल कदम लिन नसकेको धारणा व्यक्त गरे । सरकारले हाल म्यानपावरको धरौटी रकम बढाउन लागेकोमा व्यवसायी संघले खासै प्रभाबकारी भूमिका नखेलेको भन्दै उनले आपत्ति जनाए । उनले व्यवसायी संघको कार्यशैली प्रति पटक पटक ध्यानाकर्षण गराउंदा समेत व्यवहारमा सुधार नआएको टिप्पणी गरे । संघले  बिना नक्सा पास संघको भवन बनाउने नाममा व्यवसायीसंग  रकम माग गरिएको भन्दै संघको कार्यशैली उचित नभएको धारणा व्यक्त गरे ।


नेपाल बैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष बिमल ढकालले हालको व्यवसायी संघले आफु अनुकुल समय हुँदा समेत सुधारका काम गर्न नसकेको भन्दै संघको कार्यशैली प्रति टिप्पणी गरे ।  विगतको चुनाबमा उठाएका विषय के कति पुरा भए जानकारी माग गर्दा समेत संघले दिन नसकेको भन्दै उनले संघको हालको नेतृत्व राजनीतिक रुपमा असक्षम, आर्थिक रुपले भ्रष्ट र व्यावसायिक रुपमा इमान्दार नरहेको भन्दै कडा आलोचना गरे । देशमा एकातिर सरकार बैदेशिक रोजगार मागपत्र दुतावासबाट अनिवार्य गर्ने, अनि अर्कोतर्फ संघका अध्यक्ष स्वयं बिदेशमा रहेका नेपाली दुतावास भ्रमण गर्नुको औचित्य के को ? व्यवसायीलाई जानकारी किन नदिएको भन्दै उनले संघको कार्यशैली प्रति प्रश्न चिन्ह उठाए ।

संघका पुर्व अध्यक्ष हंशराज वाग्लेले सरकारले यस अघि सरकारले ल्याएको फ्री भिषा र फ्री टिकट रोकेर राख्ने अनि धरौटी बढाउने तिर सरकार लाग्नु तर्कसंगत नभएको जिकिर गरे ।

लोकतान्त्रिक फोरमका सल्लाहकार समेत रहेका किरण किशोर घिमिरेले सरकार  म्यानपावरको धरौटी बढाउने र बर्गिकरण गर्ने प्रक्रियामा लागेको भन्दै सचेत रहन व्यवसायीलाई आग्रह गरे । उनले केहि म्यानपावर कम्पनी नै सिन्डिकेटको पक्षमा लागेको भन्दै व्यवसायीको पनि चरित्र परिवर्तन हुनुपर्ने तर्क गरे  ।  उनले नेपाल बैदेशिक रोजगार व्यवसायी संघलाई व्यवसायीका पक्षमा संवेदनशील रुपमा तर्क र बहस गर्न आग्रह गरे ।


फोरमका सल्लाहकार समेत रहेका व्यवसायी तिलक रानाभाटले व्यवसायी भित्र पनि कमि कमजोरी रहेको भन्दै सुधार गर्नुपर्नेमा जोड दिए ।  हाल एकै व्यवसायीको नाममा ५/७ वटा म्यानपावर संचालन गर्नुपर्नाको  कारण व्यवसायीले नै उत्तर दिनुपर्नेमा उनले जोड दिए । साथै उनले हाल सरकारले दुतावासबाट मागपत्र प्रमाणीकरण गर्ने काम ठिक भएपनि ३ महिना म्यानपावर व्यवसायीले जिम्मा लिने तर त्यसपछि कुनै समस्या आए सरकारले जिम्मा लिनुपर्ने धारणा व्यक्त गरे । 

कार्यक्रममा बोल्दै  बैदेशिक रोजगार प्रवद्द्न बोर्ड सदस्य सिता देवकोटाले केहि ठुला म्यानपावर व्यवसायी नै धरौटी रकम बढाएर एकलौटी तरिकाले  व्यवसाय गर्नतर्फ लागेको आरोप लगाइन् ।  उनले सरकारले धरौटी रकम बढाए हाल सानो  रकममा म्यानपावर व्यवसाय गर्नेहरु व्यवसायबाट पलाएन हुने अवस्था आउने र ठुला व्यवसायी घरानाको प्रभुत्व रहने दावी गरिन् । 

 व्यवसायी भेलामा उठेका विषय समेटेर लोकतान्त्रिक फोरमले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि गोकर्णराज विष्ट र सरकारले बैदेशिक रोजगारमा देखिएका समस्या समाधान गर्न गठित बिभिन्न समितिको ध्यानाकर्षण गर्ने जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ