2026-10-15 06:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा नयाँ सरकार गठनसँगै यस्ता तीन प्रक्रिया खारेज हुने, नेपालीलाई यस्तो राहत

जेठ १, काठमाडौं । वैदेशिक रोजगारीका क्रममा मलेसिया जाने कामदारहरूले भिएलएन, ओएससी, बायोमेट्रिक, आइएससी गर्नुपर्छ।

यी सबैमा नाममा स्वास्थ्य परीक्षण गरिन्छ भने मलेसियन इमिग्रेसन सिक्युरिटी क्लियरेन्समा पनि कामदारको विवरण राखिन्छ। एक जना कामदारले म्यानपावरले तोकेको शुल्क बुझाएपछि बाँकी ७५ सय रुपैयाँ थप तिर्नुपर्छ।

यसरी कामदारलाई थप आर्थिक भार पारिरहेको भन्दै म्यानपावर व्यवसायीहरूले लामो समयदेखि आवाज उठाए पनि सुनुवाइ हुन सकेको छैन। श्रम मन्त्रीमा गोकर्ण विष्ट नियुक्त भएर आएपछि उनले वैदेशिक रोजगारका नाममा हुने सिन्डिकेट तोड्ने प्रतिबद्धता जनाएपछि उनले केही पहल गरेका छैनन्।

श्रम मन्त्रालयमा सूचीकृत रहेका करिब २ सय ५० वटा भन्दा बढी स्वास्थ्य संस्थाहरूले कामदारबाट चर्को रकम असुली गरिरहेका छन् । खाडीका केही मुलुकहरु साउदी अरब, बहराइन र ओमन तथा मलेशिया मुलुकमा जाने श्रमिकहरूले स्वास्थ्य परीक्षण गर्न चर्को शुल्क तिर्नु परेता पनि सरोकारवाला निकायहरूले अनुमगन गर्न सकेका छैनन्।

बार्षिक मलेशिया मुलुकमा रोजगारीमा जाने श्रमिकहरुबाट सिण्डिकेट गर्ने संस्थाहरु मार्फत हाल करिब २५ करोड रकम बाहिरी रहेको हुदाँ सो रकम नेपाल भित्र नै रहने नेपाल बैदेशिक रोजगार ब्यवसायी संघको दाबी छ।

मलेशिया जाने श्रमिकहरुबाट ४५ सय लिई रहेकोमा २५ सयदेखि ३ हजार शुल्कमा मेडिकल गर्न सकिने हुदाँ प्रति श्रमिक करिब १५ सयदेखि २ हजार कम हुदाँ कामदारलाई आर्थिक भार कम पर्ने संघका अध्यक्ष रोहन गुरुङ्ग बताउँछन्।

नेपाल सरकारले पहल नगरेपनि मलेसिया जाने कामदारका नाममा अहिले नेपालमा भइरहेका भिएलएन, ओएससी, बायोमेट्रिक, आइएससी खारेज हुने सम्भावना बढेको छ। मलेसियामा नयाँ सरकार गठन भएपछि त्यसलाई खारेज गर्ने प्रक्रिया अघि बढेको हो ।

नयाँ सरकारले पुरानो सरकारले गरेकाे अधिकांश निर्णयहरु खारेज गर्ने सम्भावना बढेको मलेसियन संचारमाध्यमहरुले बताएकाे त्यहाँ रहेका नेपाली ब्यबसायीहरुले बताएका छन्। त्यस अन्तर्गत भिएलएन, ओएससी, बायोमेट्रिक, आइएससी पनि खारेजमा पर्ने सम्भावना रहेको छ।

नेपालमा स्वास्थ्य परीक्षणका नाममा सिन्डिकेट खडा गर्ने प्रमुख ब्यक्ति अमिन अहिले मलेसियाबाट भागेर दुबइ पुगेका छन् । नयाँ सरकारले उनीमाथि पनि भ्रष्टाचारको मुद्दा चलाउने तयारी गरेको छ।

अमिनले पुरानो सरकारका मन्त्रीहरुलाई आर्थिक प्रलोभनमा पारेर भिएलएन, ओएससी, बायोमेट्रिक, आइएससी लागु गरेको बताइएको छ। मलेसिया सरकारले मलेसिया जानु अघि भिएलएन, ओएससी, बायोमेट्रिक, आइएससी गर्नुपर्ने नयाँ नियम ल्याएता पनि म्यान्मार र इन्डोनेसियाले भने त्यसलाई स्वीकार गरेनन्।

नेपाल, बंगलादेश लगायतका देशहरुमा भने सरकारले भिएलएन, ओएससी, बायोमेट्रिक, आइएससी गर्नुपर्ने मलेसियन सरकारको निर्णय सहजै स्वीकार गरेको थियो।

नेपालमा रामप्रसाद श्रेष्ठ, कैलाश खड्कासहितका ब्यक्तिहरुले भिएलएन,ओएससी, बायोमेट्रिक, आइएससी संचालन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि