2026-10-15 06:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५ सयभन्दा बढी नेपाली विदेशका जेलमा, कुन देशमा कति छन् (विवरणसहित)

जेठ १ काठमाडौं । बैदेशिक रोजगारीमा गएका नेपालीहरुमध्ये ५ सयभन्दा बढी बिभिन्न देशका जेलमा छन् |  

उनीहरु मध्ये कतिपयलाई मृत्युदण्ड सुनाइएका छन् भने कतिपयले जन्मकैदको सजाय भोगिरहेको सरकारले भर्खरै सार्वजनिक गरेको तथ्याङ्क उल्लेख रहेको छ |

बैदेशिक रोजगारीमा गएका करिव ५ सय नेपाली फरक, फरक अभियोगमा बिभिन्न देशका जेलमा सजाय भोगिरहेका छन् ।

सबैभन्दा बढी साउदी अरेवियाको जेलमा २ सय २० जना, मलेसियामा १ सय ७१, कुवेतमा ७०, कतारमा ५२, ओमानमा २२ र बहराइनमा ३ जना रहेका छन् ।

परराष्ट्र मन्त्रालयले उपलब्ध गराएको पछिल्लो जानकारी अनुसार करिब पाँचसय नेपाली श्रमिकहरुले कैदीको जीवन बिताइरहेका छन्।  

भाषा तथा कानुन सम्बधि अज्ञानताको कारण सानातिना गल्तीले गर्दा पनि उनीहरु परदेशी भूमिमा जेल जीवन जिउन बाध्य बनेका छन् |

उनीहरुलाई सरकार तर्फबाट दिइने सहयोग तथा कानुनी परामर्श प्रभावकारी बन्न सकिराखेको छैन्  ।

तर अब बैदेशिक रोजगार नियमावली परिवर्तन भएपछि भने उनीहरुको उद्धार तथा सहयोगमा सजिलो भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ । 

रोजगारीका लागि विभिन्न देशमा रहेका १९ जना नेपालीलाई गतवर्ष मृत्युदण्डको सजाय सुनाइएको थियो ।

मृत्युदण्ड सुनाईएका मध्ये सबैलाई नेपाल झिकाउन ब्लडमनि बापत् २१ करोड ४५ लाख ३५ हजार २ सय ५० रुपैयाँ तिर्नु पर्ने देखिएको छ ।

बैदेशिक रोजगार नियमावली परिवर्तन भएसँगै विभिन्न देशमा रहेका नेपाली दूतावासमा कानूनी सेवाका लागि वकिल राख्ने काम अघि बढेको छ ।

सँगसँगै नेपाली कामदारलाई वैदेशिक रोजगारी सम्बन्धि शिक्षा र सम्बन्धित देशको नियम कानुनको बारेमा पनि अनिवार्य जानकारी गराउनु आवश्यक हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि